Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषठमेन युथ क्लवको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

ठमेन युथ क्लवको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


काठमाडौं : ठमेन युथ क्लवको आयोजनामा ठमेल क्षेत्र भित्र बसोवास तथा व्यवसायी, स्थानीयको निशुल्क मधुमेह परिक्षण कार्यक्रम सम्पन्न भएको छ। ठमेल त्रिदेवी मन्दिर परिसरमा डि Healing Kathmandu र k-lab को संयुक्त प्रयासमा भएको कार्यक्रममा करिव १५० भन्दा माथीले स्वास्थ्य परिक्षण गराएको थिए सो क्रममा मधुमेह परीक्षण गराएकाहरुले लाई लिभर, थाइराइड, लिपिड प्रोफाइल तथा अन्य विशेष परीक्षणमा ५०५ छुट उपलब्ध गराइएको आयोजकले जनाएका छ ।

मधुमेह परिक्षण कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने ठमेल रात्रीकालिन व्यवसाय संघका अध्यक्ष रुपेश गुरुङ, कर्मा गुरुङ, सबु तामाङ, ज्याठा टोल सुधार उपसमिती श्रीकृष्ण अपलिया तथा व्यवसायीहरु अंजीरमान प्रधान, राजु श्रेष्ठ, अक्वा हिमशिखर, ज्ञानेन्द्र के। सी। राजिव पाणे, प्रसद राज भण्डारी, छाया देवी सेन्टर लगाएत ठमेल ट्राफिक, र महानगरीय प्रहरी वृत्त दरवार मार्ग, वडा अध्यक्षहरुलाई ठमेल युथ क्लबका अध्यक्षले धन्यवाद दिदैं भावी दिनमा समेत यस्तै सहयोग हुने अपेक्षा व्यक्त गरे ।

उनले ठमेलमा हुने विकृती विसंगति निर्मुल पार्दै ठमेलमा आइपरेका समस्याहरुलाई आफ्नो बलबुताले भ्याएसम्म समाभान गर्दै जाने बताए ।


क्याटेगोरी : बिशेष, स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया