Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषट्रम्पले आफूमाथिको अभियोजनलाई चुनावी हतियार बनाउन सक्छन्?

ट्रम्पले आफूमाथिको अभियोजनलाई चुनावी हतियार बनाउन सक्छन्?


काठमाडौं,डोनल्ड ट्रम्पले हरेक प्रचार राम्रोका लागि हुन्छ भन्ने मान्यता प्रमाणित गर्न आफ्नो जीवनभर प्रयत्न गरिरहेका छन्। फौजदारी मुद्दाको प्रतिवादीको रूपमा मङ्गलवार अदालतमा उनको उपस्थितिले यो मान्यतालाई थप परीक्षण गर्दैछ।

यो मुद्दाले ट्रम्पलाई फेरि चर्चामा ल्याएको छ। फ्लोरिड स्थित उनको घर ‘मर-आ-लागो’ देखि न्यूयोर्कसम्म उनको यात्रा कैयौँ अमेरिकी टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

अदालती प्रक्रियामा मुस्कुराउने, उदास देखिने वा गम्भीर, कस्तो देखिने भनेर उनले आफ्ना सल्लाहकारहरूसँग छलफल गरेजस्तो देखिन्छ।

अदालतमा उनको उपस्थिति आफैँमा एउटा चुनावी अभियान जस्तो देखिनेछ। तर सबैभन्दा ठूलो प्रश्न चाहिँ ट्रम्पले फौजदारी अभियोजनलाई चुनावी सम्पत्तिको रूपमा बदल्न सक्छन् वा सक्दैनन् भन्ने हो।

अन्य प्रतिस्पर्धी भन्दा ट्रम्प अघि
गत साता उनी माथि अभियोग लगाउने घोषणा भएसँगै उनको चुनावी अभियानले सङ्कलन गरेको चन्दाबारे उनका समर्थकहरूले चर्चा सुरु गरेका छन्। उनीहरूका अनुसार ८० लाख अमेरिकी डलर सङ्कलन भइसकेको छ।

राष्ट्रपतीय चुनावका लागि आकाङ्क्षीहरू अघि सर्दै गर्दा मत सर्वेक्षणहरूले रिपब्लिकन पार्टीका अन्य प्रतिस्पर्धीहरू भन्दा उनी अघि रहेको देखाएका छन्।

ट्रम्प जस्ता सार्वजनिक व्यक्तित्वले ‘मगशट’ (अनुहार मात्र देखिने तस्बिर) खिचाउनु पर्छ वा पर्दैन निश्चित छैन तर उनका पूर्व ह्वाइट हाउस प्रवक्ताले ठट्टा गर्दै भनेका छन्, “यो सबैभन्दा पुरुषार्थ झल्किने र सुन्दर तस्बिर हुनेछ।”ट्रम्पका पक्षबाट यस्तै खाले साहस देखाउने गतिविधि मानिसहरूले अपेक्षा गर्नसक्छन्।

विश्वलाई ‘डरलाग्दो सन्देश’
सबैभन्दा रोचक के छ भने रिपब्लिकन पार्टीभित्र रहेका ट्रम्पका विरोधीहरू पनि उनको प्रतिरक्षामा बोल्न बाध्य भएका छन्।फ्लोरिडाका गभर्नर रन डिसान्टिस भन्छन् “कानुनी प्रणालीलाई हतियार बनाएर राजनीतिक मुद्दालाई सहयोग गर्न खोज्दा कानुनी शासनले उल्टो परिणाम दिनसक्छ।”

उनले ट्रम्पलाई फ्लोरिडाबाट न्यूयोर्क पठाउन माग गरिए आफूले त्यस्तो आग्रहमा सहयोग नगर्ने बताए।ट्रम्पका पूर्व उपराष्ट्रपति माइक पेन्सले ट्रम्पमाथि अभियोग लगाउने कार्यले अमेरिकी न्यायबारे विश्वलाई “डरलाग्दो सन्देश” दिएको बताएका थिए।

उनीहरूका मतदाताले सुन्न चाहेको विषय पनि यही हो।त्यसकारण ट्रम्पले खेपिरहेको फौजदारी सुनुवाइलाई प्राइमरी चुनावमा अवसरको रूपमा पनि प्रयोग गर्नसक्छन्। किनभने यस्तो मतदानमा वफादार रिपब्लिकनहरू मतदाता हुन्छन्।तर यो रणनीति आम निर्वाचनमा उनका लागि प्रत्युत्पादक पनि हुनसक्छ।

ट्रम्पले लिएका नीतिहरूबारे मतदाता
हामीसँग कुरा गरेका अमेरिकाका धेरै स्थानका स्वतन्त्र र मत फेरिरहने मतदाताहरूले उनी राष्ट्रपति हुँदा लिएका नीतिहरू आफूहरूलाई मन परेको बताए। अहिले उनलाई ‘घेराबन्दीमा पारेको भद्रगोल र नाटकीय घटनाक्रमहरू’ देखेर उनीहरू दिक्क छन्।

आफूमाथिको अभियोजनलाई राजनीतिक आवरण दिएर सन् २०२४ को नोभेम्बरमा आफू ह्वाइट हाउस फर्कनका निम्ति चाहिने मतदाताहरूलाई उनले चिढ्याउन सक्ने जोखिम रहन्छ।

सोमवार न्यूयोर्कको म्यानहटनस्थित ट्रम्प टावर बाहिर भेटिएका उनका कट्टर समर्थक जोन म्याकगुइगनले अदालतको यो मुद्दाले ट्रम्पको राष्ट्रपतीय चुनावी अभियानलाई सहयोग नै पुग्न सक्ने बताए।(बीबीसी)


क्याटेगोरी : बिशेष

तपाईको प्रतिक्रिया