आर्यन इन्जिनियरिङका विद्यार्थी नेपाल इको प्यानलमा
काठमाडौं । आर्यन स्कुल अफ इन्जिनियरिङमा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीले नेपाल इको प्यानलको अध्ययन भ्रमण गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले सोमबार भक्तपुरस्थित चाँंगुनारायण झौखेलमा रहेको इको प्यानलको कारखानामा पुगेर अध्ययन भ्रमण गरेको प्यानलले जनाएको छ ।
सन् २०१० देखि ब्याच्लर इन इन्जिनियरिङको पढाइ सुरु गरेको कलेजका इन्जिनियर विद्यार्थीहरू पाठ्यक्रमअनुसार सिभिल इन्जिनियरिङ म्याटिरिअल्स विषयमा जानकारी लिन कारखाना पुगेका थिए । कारखानामा पुगेका विद्यार्थी इन्जिनियरलाई नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले नेपाल इको प्यानल निर्माणको विविध पक्षका बारेमा जानकारी गराएका थिए । नेपाल इको प्यानल पछिल्ला वर्षहरूमा देशभर लोकप्रिय निर्माण सामग्रीको रूपमा आएको छ ।
विद्यार्थीलाई इको प्यानल अग्नि प्रतिरोधी निर्माण सामग्री भएको प्रयोगात्मकरूपमा गरेर देखाइएको थियो । इको प्यानलमा मट्टितेल लगाएर आगो लगाउँंदा पनि नजल्ने निर्माण सामग्री भएको भन्दै इको प्यानलमा आगो लगाएर पनि नबलेको स–प्रमाण देखाइएको थियो । नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो । हलुका, भूकम्प प्रतिरोधी, तीव्र निर्माण सम्पन्न हुने, ढुवानीमा सहजता हुनेलगायतका कारण पछिल्ला वर्ष नेपाल इको प्यानल देशभर विभिन्न ठाउँंमा डिलरमार्फत् बिक्री गरिएको छ । भ्रमणले विद्यार्थीमा प्रयोगात्मक ज्ञान बढेको विश्वास कलेजले गरेको छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया