एरी नेपालको साधारणसभा
काठमाडौँ । ‘एसोसिएसन अफ अस्ट्रेलियन एजुकेसन रिप्रेजेन्टेटिभ्स इन नेपाल’ (एरी नेपाल) को पाँचौंं वार्षिक साधारणसभा काठमाडौंको म्यारिअट होटलमा सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमका बीच एरीका सम्पूर्ण सदस्यको सहभागितामा पाँचौँ वार्षिक साधारणसभा सम्पन्न गरिएको हो । कार्यक्रममा एरी नेपालका अध्यक्ष महेशबाबु तिमिल्सिनाले एरी नेपालले नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको उच्च तथा उत्कृष्ट शिक्षाको जानकारी गराउने सेवामा निरन्तर लागेको बताए । कार्यक्रममा अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले नेपाल र अस्ट्रेलियाबीचको सुमधुर सम्बन्ध र अस्ट्रेलियन एजुकेसनको नेपाल र नेपालीलाई पारेको सकारात्मक प्रभावको बारेमा जानकारी गराउँदै अस्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई अस्ट्रेलिया सरकारले सदैव सहयोग गर्ने बताइन् ।
कार्यक्रममा जुममार्फत जोडिँदै एरी इन्डियाका अध्यक्ष निशी बोर्राले नेपालीले अस्ट्रेलियामा गई उच्च शिक्षा लिएर त्यसलाई नेपालमा समेत प्रयोग गरिरहेको बताए । अस्ट्रेलियन हाई कमिसन न्यू दिल्लीका मिनिस्टर काउन्सलर म्याथ्उ जोनस्टनले शैक्षिक उन्नति र द्विपक्षीय सम्बन्धका बारेमा प्रकाश पार्दै एरी नेपालको कार्यको प्रशंसा गरे । कार्यक्रममा अस्ट्रेलियाली शैक्षिक प्रणाली, यसको नेपाली अर्थतन्त्रमा परेको सकारात्मक प्रभाव र नेपाली विद्यार्थीका लागि मार्ग निर्देशन विषयमा समूहगत छलफल अयाोजना गरिएको थियो ।
समूहगत छलफलमा सहभागीको रूपमा उज्ज्वल श्रेष्ठ, सम्वृद्धि ज्ञवाली, अनन्त पौड्याल र खेम लकाईले अस्ट्रेलिया उच्च शिक्षाका लागि ऐरीले गरेको कामको बारेमा आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिलाई मायाको चिनो प्रदान गर्नुका साथै एरी नेपालका नयाँ सदस्यलाई सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- मूल्यवृद्धिविरुद्ध सांसदद्वारा सरकारको ध्यानाकर्षण
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया