डेङ्गु नियन्त्रणका लागि विद्यालयमा सचेतना
डुम्रे (तनहुँ) । मनसुन सक्रिय हुँदै जाँदा डेङ्गुको प्रकोप बढ्दै जाने गर्दछ । मनसुन सकिन लाग्दासम्म तनहुँको सदरमुकाम दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा रहेको छ ।
दमौली अस्पताललगायत जिल्लाका अस्पताल तथा क्लिनिकमा डेङ्गुका बिरामी बढेपछि व्यास नगरपालिकाले विद्यालय विद्यालयमा स्वास्थ्यकर्मीमार्फत सचेतना प्रदान गर्न थालेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेले दैनिक रुपमा डेङ्गुका बिरामी बढेपछि पाँच स्वास्थ्यकर्मी परिचालन गरी विद्यालय विद्यालयमा सचेतना जगाउन थालिएको राससलाई बताए ।
उनले भने, “अहिले दिनानुदिन डेङ्गुका बिरामीले अस्पतालमा भरिन थालेको छ, दैनिक बिरामीको सङ्ख्या बढेको छ, अस्पतालमा जनशक्तिले धान्न नसक्ने अवस्था हुँदै गएकाले तत्कालका लागि हामीले नगर तथा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी अस्पतालमा खटाएका छौँ ।” नगरपालिकाले एक डाक्टर, दुई ल्याबका कर्मचारी र दुई जनालाई इमर्जेन्सीमा परिचालन गरिएको उनले जानकारी दिए ।
उनले भने, “डेङ्गु सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मी खटाउनुका साथै बालबालिकालाई सचेत गराउने उद्देश्यले प्रत्येक विद्यालयमा पुगेर सचेतनाका कार्यक्रम फैलाउन थालिएको छ ।” बालबालिकालाई सचेत बनाउन सके रोगको सङ्क्रमण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षासहित स्वास्थ्यकर्मी खटाइएको उनले बताए ।
त्यस्तै नगरपालिकाले विद्यालयमै पुगेर विद्यार्थीहरुलाई डेङ्गु सम्बन्धी सचेतना कार्यक्रम गर्न सुरु गरेको छ । पछिल्लो समय डेङ्गुको प्रकोप बढ्दै गएपछि नगरपालिकाले विद्यालयमै गएर डेङ्गुको संक्रमण नियन्त्रण र रोकथाम अभियानलाई तीव्रता दिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
उनले डेङ्गु नियन्त्रण रोकथामका लागि विषादी छर्कने गर्दा मानव स्वास्थ्यमा हानी गर्ने भएपछि स्वास्थ्य सम्बन्धि विभिन्न सचेतना मूलक कार्यक्रमलाई जोड दिइएको बताए । उनले भने, “रोग नियन्त्रणलाई विभिन्न विषादी छर्कदा मानव स्वास्थ्यलाई असर पर्ने देखियो, त्यसैले हामीले सचेतना मुलक कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ ।”
जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीसहित विद्यालयमै पुगेर डेङ्गु सम्बन्धि रोकथाम तथा नियन्त्रण, खोज र नष्ट गर्ने तरिकाका विषयमा विद्यार्थीलाई सचेत गराउने गरिएको उनले बताए । स्वास्थ्य शाखा प्रमुख सोतीले टायर, जार, नाली लगायतमा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सरसफाइमा ध्यान दिनसमेत आग्रह गरेका छन् ।
स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्कर अधिकारीले जिल्लामा हालसम्म एक हजार आठ सयमा डेङ्गुको सङ्क्रमण भएको जानकारी दिए । उनले भने, “सबैभन्दा बढी डेङ्गुको सङ्क्रमण व्यासका वडा नं २ र ३ मा रहेको छ, हालसम्म तीन जनाको डेङ्गु सङ्क्रमणकै कारण ज्यान गएको छ ।”
उनका अनुसार डेङ्गुको सङ्क्रमण घट्नुपर्ने अवस्थामा पनि बढिरहेको छ । जिल्लाकै मुख्य बजार क्षेत्र भएकाले पनि यहाँ बढी सङ्क्रमण फैलिएको उनको भनाइ छ । जिल्लाका दमौली अस्पताल, समाधान अस्पताल, रत्नहरी अस्पताल, व्यास सिटी अस्पताललगायत शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा बिरामीको उपचार भइरहेको छ भने केही बिरामीलाई पोखरा सिफारिस गरिएको अवस्था रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया