Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाकोभेन्ट्री युनभिर्सिटीमा १० नेपाली विद्यार्थीले लिए बेलायती शिक्षाको अनुभव

कोभेन्ट्री युनभिर्सिटीमा १० नेपाली विद्यार्थीले लिए बेलायती शिक्षाको अनुभव


काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आयोजना गरेको कोभेन्ट्री युनिभर्सिटीसंगको सहकार्यमा कोभेन्ट्री इमर्सन कार्यक्रमको लागि १० जना नेपाली विद्यार्थीहरुले भाग लिने अवसर पाएका छन् । सफ्टवारिका कलेजद्वारा आयोजित यस वार्षिक कार्यक्रमले विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा प्रणालीसँग प्रत्यक्ष अनुभव गर्ने र बेलायतको संस्कृतिमा डुब्न सुनौलो अवसर प्रदान गरेको थियो ।

यसै बीच, विद्यार्थीहरूले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण, त्यहाँको कक्षाहरूमा संलग्न र विभिन्न गतिविधिमा भाग लिने मौका पाएका थिए । साथै, सफ्टवारिका कलेजको व्यवस्थापन टोलीको पनि सक्रिय सहभागिता थियो । भ्रमणको क्रममा विद्यार्थीहरूले लन्डन र स्कटल्याण्डको रोचक र प्राकृतिक सौन्दर्यले भरिएको स्थानहरु घुम्ने मौका पाएका थिए । भ्रमणको समयमा विद्यार्थीहरूलाई हवाई भाडा र आवास खर्चलगायत खानेबस्ने सुविधा उपलब्ध गराइएको थियो ।

सफ्टवारिका कलेजका क्याम्पस प्रमुख प्रमोद पौडेलका अनुसार आफ्ना विद्यार्थीहरूलाई यस्तो विश्वव्यापी प्रदर्शन दिने कार्यक्रम उनीहरुको बुद्धि विकासको लागि निकै महत्त्वपूर्ण रहेको र यस कार्यक्रममा सहभागी जनाएका विद्यार्थीहरू प्रतिभाशाली मात्र नभएर प्रस्तुतिकरण सीप र पारस्परिक सिकाइ सीप भएको जानकारी गराए ।

पौडेलका अनुसार सफ्टवारिका कलेज अब आउने वर्षहरुमा पनि यस्ता विश्वव्यापी कार्यक्रम आयोजना गरिरहने छ, जसले सफ्टवारिका कलेजको विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने छ ।

कलेजका अनुसार यस कोभेन्ट्री इमर्सन कार्यक्रमले सफ्टवारिका कलेजका विद्यार्थीहरुलाई बदलिदै गईरहेको आईटी संसारमा उत्कृष्ट हुनका लागि उपकरण र ज्ञान प्रदान गर्दछ । सफ्टवारिका कलेजले हरेक वर्ष कोभेन्ट्री युनिभर्सिटीसंगको सहकार्यमा कोभेन्ट्री इमर्सन कार्यक्रम आयोजना गर्दै आएको छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा

तपाईको प्रतिक्रिया