ग्लोकल टिन हिरो नेपालको एक्टिभेसन कार्यक्रम
काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको सातै प्रदेशका विभिन्न सहरका विद्यालयहरूमा एक्टिभेसन कार्यक्रम सम्पन्न भएको छ । ग्लोकल टिन हिरो नेपाल २०२४ को दशौं संस्करणका लागि आवेदन खुलेकाले सो प्लेटफर्मको बारेमा जानकारी दिनका लागि एक्टिभेसकन कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमका क्रममा सामाजिक कार्य, उद्यमशीलता, नवप्रवर्तन, वातावरण संरक्षण र अन्य धेरै क्षेत्रमा महत्वपूर्ण प्रभाव पर्दै आएका धेरै प्रतिभाशाली किशोरकिशोरीहरू भेटिएको आयोजकले जनाएको छ । ग्लोकल टिमले पूर्वदेखि पश्चिमसम्म नेपालका ५० भन्दा बढी सहरका विभिन्न विद्यालय/कलेजहरूमा किशोरकिशोरीहरूसँग अन्तरक्रिया गरेका थिए । कार्यक्रम गर्दा विभिन्न स्थानीय तहहरूसँग पनि समन्वय गरिएको थियो । ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्रबाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै उनीहरूको समाजमा गरेको प्रभावकारी कार्य र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #Page 7
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया