Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाप्रिमियर इन्टरनेसनल स्कुलको आयोजनामा डिप्लोमाथन विश्व संगोष्ठी

प्रिमियर इन्टरनेसनल स्कुलको आयोजनामा डिप्लोमाथन विश्व संगोष्ठी


काठमाडौ । प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलले नेपालको पहिलो डिप्लोमाथन विश्व संगोष्ठी आयोजना गर्दै शैक्षिक इतिहासमा नयाँ कीर्तिमान राखेको छ । विश्वस्तरीय कूटनीतिक बहस, नीतिनिर्माण अभ्यास र नेतृत्व क्षमताको प्रदर्शनका लागि आयोजित दुईदिने कार्यक्रममा १० भन्दा बढी विद्यालयका एक सय ५० भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले जलवायु परिवर्तन, डिजिटल व्यापार, सार्वजनिक स्वास्थ्य, भविष्यको शिक्षाको तयारी, फुटबल पर्यटनजस्ता समसामयिक विषयमा बहस, प्रस्ताव प्रस्तुति र संकट समाधान अभ्यासमा संलग्न भएका थिए । उनीहरूले विश्वका राजदूत, नीतिनिर्माताहरू र नेताहरूको भूमिकामा उत्रिँदै आफ्नो सिर्जनात्मकता, सोच र नेतृत्व क्षमताको प्रदर्शन समेत गरे ।

दुई चरणमा सम्पन्न भएको यस विशेष कार्यक्रममा पहिलो चरणमा विद्यार्थीहरूले विश्वभरिका सहपाठीहरूसँग कूटनीति तथा नेतृत्व तालिममा भाग लिए भने दोस्रो चरणमा सिकेका सीपहरूलाई प्रिमियरको क्याम्पसमा प्रत्यक्ष प्रयोग गर्दै नीतिनिर्माण र बहसमा प्रस्तुत गरेका थिए । कार्यक्रमको समापनमा प्रिमियर इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले सबै तहमा उत्कृष्ट प्रदर्शन गर्दै ओभरल बेस्ट डेलिगेसनको उपाधि जित्न सफल भएका थिए । अब प्रिमियरका विद्यार्थीहरूले डिप्लोमाथन विश्व संगोष्ठी ग्लोबल राउन्ड जापान २०२६ मा नेपालको प्रतिनिधित्व गर्नेछन्, जहाँ उनीहरूले विश्वका अग्रणी यवा राजदूतहरूसँग बहस र छलफल गर्ने अवसर पाउनेछन् ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x