Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाजयपुरमा डीएभी कलेजको प्रस्तुति

जयपुरमा डीएभी कलेजको प्रस्तुति


काठमाडौं । १८औँ अन्तर्राष्ट्रिय युवा मेला, ‘घुमर’मा सहभागी डीएभी कलेज, ललितपुरका १८ जना विद्यार्थीहरुले ११ विधाहरुमा प्रतिस्पर्धा गर्दै नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएका छन् ।

गत चैत २३ र २४ गते युनिभर्सिटी अफ राजस्थानले आयोजना गरेको १८औं अन्तर्राष्ट्रिय युवा मेला, ‘घुमर’ मा सहभागी भएका करिब ६० युनिभर्सिटीका विद्यार्थीहरुले आ–आफ्ना प्रतिभा र कला प्रदर्शन गरेका थिए ।

डीएभी कलेज, ललितपुरले सम्पूर्ण विधाहरुमा सहभागी जनाउँदै समग्रमा तृतीय स्थान हासिल गर्न सफल भएको थियो । तृतीय स्थान सुरक्षित गर्न सहभागी सबै विद्यार्थीहरुको उल्लेखनीय भूमिका रहेको थियो । डीएभी, बीबीएकी प्रमिला पोख्रेलले मिस घुमर टाइटल जित्न सफल भइन् भने बीबी एसकी प्रनिता श्रेष्ठले मिस ट्यालेन्ट अवार्ड हात पारिन् । त्यसैगरी बीबीएकी जुही अधिकारीले कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरिन् भने रितिक जयसवालले गीत गायन प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरे । पेन्टिङ प्रतियोगितामा निमिसा शाक्यले द्वितीय स्थान जित्न सफल भइन् ।

यसका अलावा डीएभी कलेजका विद्यार्थीहरुले सांस्कृतिक नृत्यमा तृतीय स्थान हात पारे । त्यसैगरी डीएभी कलेजका विद्यार्थीहरुले निबन्ध, वादविवाद, अन द स्पट पेन्टिङ्ग कार्टुनिङ्ग र मेहेन्दी कला प्रतियोगिताहरुमा सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गरे । विद्यार्थी टोलीहरुको साथमा शिक्षकद्वय माधव अधिकारी र विष्णु गिरी सहभागी थिए । डीएभी कलेज अफ म्यानेजमेन्टले जनाएअनुसार, विद्यार्थीहरुको यसखाले प्रदर्शनी अन्तर्राष्ट्रिय मञ्चमा लामो समयदेखि अपेक्षा गरिएको थियो । यस्तै विद्यार्थीहरु विभिन्न उपाधिहरु जित्न योग्य समेत रहेका थिए । साथै डीएभी कलेजले अठारौँ अन्तर्राष्ट्रिय युवा मेलामा सहभागी भई नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई प्राज्ञिक र जनस्तरमा थप प्रगाढ गर्न सफल भएको छ । युनिभर्सिटी अफ राजस्थानले हरेक वर्ष यसखाले अन्तर्राष्ट्रिय युवा मेला आयोजना गर्दै आएको छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया