Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षारिएल कन्सल्टेन्सीको इर्न्फमेसन सेसन सञ्चालन

रिएल कन्सल्टेन्सीको इर्न्फमेसन सेसन सञ्चालन


काठमाडौं । रिएल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीले बेलायती उच्च शिक्षालाई लिएर ‘इर्न्फमेसन सेसन’ सञ्चालन गरेको छ । कन्सल्टेन्सीले नेपाली विद्यार्थीलाई बेलायतको उच्च शिक्षा लिनको लागि सो कार्यक्रम सञ्चालन गरेको हो । सोमबार आयोजित पत्रकार सम्मेलनमा कन्सल्टेन्सीका निर्देशक बसन्त नेपालले नेपाली विद्यार्थीको बेलायत पढ्न जान चाहने इच्छालाई कन्सल्टेन्सीले सहजीकरण गर्ने बताए । बेलायतका विश्वविद्यालयमा अध्ययन अध्यापन गराउने विषय तथा प्रवृत्तिको विषयमा विद्यार्थीलाई ज्ञान नहुने भन्दै सो विषयमा जानकारी गराउने उद्देश्य कन्सल्टेन्सीको रहेको उनले बताए ।

निर्देशक नेपालले बेलायतको शिक्षा प्राणलीमा आएको परिवर्तन, भिजा प्रोसेसीङ, बेलायतका उत्कृष्ट विश्वविद्यालयहरूको बारेमा युनिभर्सिटीकै प्रतिनीधीलाई बिद्यार्थीहरू र च्यानल पाट्नरहरूसँग साक्षात्कार गराउने उदेश्यका साथ आफु नेपाल आई सप्ताह ब्यापी इन्फर्मेसन सेसन आयोजना गरेको बताए ।

कार्यक्रममा युनिभर्सिटी अफ इष्ट लन्डनका स्टुडेन्ट्स रिक्रूटमेंट एड्भाइजर प्रतीक गुप्ताले बेलायतको एजुकेशन प्रणाली नेपालको तुलनामा बढी प्रयोगात्मक र उत्कृष्ट पाठ्यक्रमहरु समावेश भएको बताए । बेलायती उच्च शिक्षाको विषयमा जानकारी गराउन यो साता भरि ‘इन्र्फमेसन सेसन’ सञ्चालन गरिने भएको छ । जसमा युनिभर्सिटी अफ बेष्ट लण्डन, युनिभर्सिटी अफ इष्ट लन्डन, बर्मिङ्घम सिटी युनिभर्सिटी, युनिभर्सिटी अफ वेर्केष्टर र सेन्ट जोन युनिभर्सिटीका बारेमा रीएल कन्सल्टेन्सीले साताव्यापी सो कार्यक्रम गर्न लागेको हो ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया