Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाकक्षा १२का विद्यार्थीलाई निशुल्क कोचिङ कक्षा

कक्षा १२का विद्यार्थीलाई निशुल्क कोचिङ कक्षा


दोलखा । जि.पि. कोइराला फाउण्डेशन दोलखाको आयोजनामा कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुको लागि सञ्चालित निशुल्क तयारी कोचिङ कक्षा सम्पन्न भएको छ ।

फाउण्डेशनले स्व गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसको अवसरमा गरिब, जेहेन्दार विद्यार्थीहरुको लागी ‘स्व. भीम बहादुर तमाङ स्मृति प्लस टु परिक्षा तयारी निशुल्क कक्षा–२०७९’ सञ्चालन गरेको हो । नेपाली काँग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आथित्यतामा मंगलबार एक कार्यक्रमको आयोजना गरि कोचिङ कक्षा समापन गरिएको छ ।

विद्यार्थीहरुले प्लस टुमा राम्रो नतिजा ल्याउन् भन्ने उद्देश्यले एक महिनासम्म कोचिङ कक्षा सञ्चालन गरिएको जि.पि. कोइराला फाउण्डेशनका अध्यक्ष राकेश श्रेष्ठले बताए । विद्यालयमा अध्ययन गरेका कुरालाई पुनःताजगी गराई उत्कृष्ट नतिजा हासिल गर्न कोचिङ कक्षाले सहयोग गर्ने उनको भनाई थियो ।

आर्थिक स्थिति कमजोर, गरिव जेहेन्दार विद्यार्थीहरुका लागि लक्षित सो कक्षा विषय विज्ञ शिक्षकहरुबाट सञ्चालन गरिएको थियो । अध्यक्ष श्रेष्ठका अनुसार कक्षामा दुई सय बढी विद्यार्थीको सहभागिता रहेको थियो । कक्षामा अनिवार्य अंग्रेजी, एकाउन्ट, कम्प्युटर, ऐच्छिक गणित विषयको पठनपाठन गरिएको थियो ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया