Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षारोचकउडिरहेको विमानभित्र जब पाइलटले आफ्नो सीटमुनि गोमन सर्प देखे

उडिरहेको विमानभित्र जब पाइलटले आफ्नो सीटमुनि गोमन सर्प देखे


काठमाडौं,दक्षिण अफ्रिकामा विमानचालक रुडोल्फ एरास्मसका लागि त्यो नियमित उडान थियो। तर आकाशमा ११,००० फिटको उचाइमा उनले विमानभित्र थप एक यात्रु पनि रहेको भेउ पाए।

तर उक्त यात्रु मानव नभई गोमन सर्प थियो जुन उनको सीटमुनि आफ्नै चालमा हिँडिरहेको थियोएरास्मसले बीबीसीलाई भने, “साँच्चै भन्ने हो भने त्यस बेला के भइरहेको थियो भनेर मेरो मस्तिष्कले ठम्याउनै सकेन।”“त्यो ज्यादै डरलाग्दो क्षण थियो,” उनले भने।

उनले त्यसअघि आफ्नो ढाडमा चिसोपन महसुस भएको र पानीको बोतलका कारण त्यसो भएको होला भन्ने लागेर आफूले वास्ता नगरेको बताए।“मैले चिसो महसुस गरेँ, केही चिज मेरो कमिजभित्र सलबलाइरहे जस्तो लाग्यो,” उनले भने।पानीको बोतल राम्रोसँग बन्द भएन होला र त्यसैले पानी चुहिएर कमिजभित्र पस्यो होला भन्ने आफूलाई लागेको उनले बताए।

“बायाँतिर फर्किएर भुइँमा हेर्दा मैले गोपन साँप देखेँ। सीटमुनि ऊ टाउको पछाडितिर फर्काउँदै थियो।”ब्लूम्फोन्टेनबाट प्रेटोरियाका लागि उडेको उक्त विमानलाई उनले आकस्मिक अवतरण गराउने निर्णय गरे।उक्त निजी ‘बीचक्राफ्ट ब्यारो ५८’ विमानमा चार यात्रु थिए।

आतङ्क
गोमन सर्पलाई खतरनाक मानिन्छ। त्यसले टोकेको ३० मिनेटभित्रै मानिसको ज्यान जान सक्छ।धेरै मानिस उक्त सर्प सम्झनेबित्तिकै आत्तिन्छन्।

त्यसैले अरू व्यक्ति नआत्तिऊन् भनेर एरास्मसले विचारपूर्वक यात्रुहरूलाई विमानभित्र “एक अतिरिक्त यात्रु पनि रहेको” जानकारी दिए।

उक्त सर्पपछाडि गएको र त्यसबाट अरूहरू आतङ्कित भइसकेका छन् कि भन्ने डर उनलाई लागेको थियो।त्यही भएर अन्ततः पाइटलले यात्रुहरूलाई विमानभित्र सर्प रहेको जानकारी दिए।

“मैले यात्रुहरूलाई भनेँ – सुन्नुहोस्, विमानभित्र एउटा सर्प छ। त्यो मेरो सीटमुनि छ। त्यही भएर सकेसम्म चाँडो अवतरण गरौँ र हामी विमानबाहिर निस्कौँ।”

त्यस बेला यात्रुहरूको प्रतिक्रिया के थियो त?

एरास्मसका अनुसार केही क्षण सबै जना स्तब्ध भएका थिए।“सियो खसेको पनि सुनिन सक्ने अवस्था थियो। मलाई लाग्छ सबै जना एक वा दुई पलका लागि हलचल नगरी बसेका थिए।”

विमानचालकहरूलाई कैयौँ सम्भावित परिस्थितिबारे तालिम दिइएको हुन्छ। तर ककपिटमा सर्प देखियो भने के गर्ने भन्नेमा उनीहरूलाई खासै भनिएको नहुने उनले बताए।

आफू अत्तालिएको भए अवस्था थप बिग्रिन सक्थ्यो भन्ने उनलाई लाग्छ।उक्त विमानले वेल्कम सहरमा आपत्कालीन अवतरण गरेको थियो।
पाइलटको प्रशंसा
उक्त विमान वुस्टर फ्लाइङ क्लबबाट उडेको थियो।त्यहाँ काम गर्ने दुई व्यक्तिहरूले आफूले विमानको मुन्तिर एउटा सर्प बसिरहेको देखेको जनाएका छन्। त्यो सर्पलाई ‘समात्ने’ आफ्नो प्रयास विफल भएको उनीहरूले बताए।

एरास्मसले आफूले यात्रुसहित विमान चढ्नुअघि पनि उक्त सर्प कहाँ गयो भनेर खोज्ने प्रयास गरेको बताए। “दुभार्ग्यवश त्यो त्यहाँ थिएन र हामीले राति वा बिहानै सर्प त्यहाँबाट अन्यत्र गयो भन्ठान्यौँ, उनले भने।अझै पनि उक्त विमानभित्र देखा परेको सर्प फेला परिसकेको छैन।

एरास्मसलाई नायकसरह सम्मान गरिएको छ र दक्षिण अफ्रिकाका नागरिक उड्डयन आयुक्त पोपी खोसाले उनले ‘उत्कृष्ट उडान कौशल प्रस्तुत गरी सबै यात्रुहरूको जीवनरक्षा गरेको’ टिप्पणी गरेको न्यूज२४ वेबसाइटले जनाएको छ।

तर ती विमानचालक आफूले गरेको काम विशेष भएको ठान्दैनन्।“त्यो अतिशयोक्ति हुन्छ। मेरा यात्रुहरू शान्त रहेकाले पनि त्यो सम्भव भएको हो,” उनले भने।(बीबीसी)


क्याटेगोरी : रोचक

तपाईको प्रतिक्रिया