भृकुटीमण्डप जग्गा प्रकरण: पूर्वमन्त्रीद्वय गुरुङ बाट बिगो र जरिवाना असुल,न्यौपानेलाई साढे नौ वर्ष कैद
काठमाडौं,भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रक्रियाविपरित किर्ते काम गरेको ठहर भएपछि विशेष अदालतले पूर्वमन्त्रीद्वय टेकबहादुर गुरुङ र बद्री न्यौपानेलाई सजाय सुनाएको छ ।
अदालतले पूर्वमन्त्री बद्री न्यौपानेलाई साढे नौ वर्ष कैद सजाय सुनाएको छ भने, कांग्रेसबाट निर्वाचित भई निलम्बनमा रहेका सांसद टेकबहादुर गुरुङलाई एक करोड २१ लाख ८४ हजार रुपैयाँभन्दा बढी जरिवाना र उति नै रकम बिगो असुलउपर गर्ने फैसला सुनाएको छ।
बिशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गैरकानुनी रुपमा भ्रष्टचारमा संलग्न रहेको भनि पूर्वमन्त्रीद्वय टेकबहादुर गुरुङ र बद्री न्यौपानेसहित नौजनालाई अदालतले दोषी ठहर गरेको थियो ।
समाज कल्याण परिषद्का तत्कालीन अध्यक्ष तथा समाज कल्याणमन्त्री बद्री न्यौपानेको नेतृत्वमा समाजकल्याण परिषद् कार्य सञ्चालन समितिको बैठकले २०६९ भदौ २० गते विनाप्रतिस्पर्धा पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङ सञ्चालक रहेको भृकुटीमण्डप फनपार्कलाई ६० रोपनी जग्गा प्रकृया नमिलाई भाडामा दिएर किर्ते गरेको थियो । गुरुङ नेपाली कांग्रेसका नेता र हालका निलम्बित सांसद रहेका छन् । उनीहरुले गैरकानुनि काम गरेर ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार गरेको पाईएको थियो ।
न्यौपाने नेतृत्वको टिममा रहेर उपाध्यक्ष प्रमोद मेहता,कोषध्यक्ष कञ्चबिहारी प्रसाद चौधरी,सदस्यहरु हरी न्यौपाने,मोहनराज शर्मा,मदनकुमारलाल कर्ण र सदस्यसचिव रवीन्द्रकुमार यादवसमेतको उपस्थितिमा मिलेमतो भई भ्रष्टचार भएको पत्र अख्तियारले अदालतमा पठाएको थियो ।
उक्त घोटालामा संलग्न रहेको रहेका १४ प्रतिवादीमध्ये पाँच जनाले भने सफाई पाएका छन् । सफाई पाउनेहरुमा समाज कल्याण परिषदका तत्कालीन कोषाध्यक्ष रत्नबहादुर गाहा,तत्कालीन निर्देशक मदनप्रसाद रिजाल उपनिर्देशक बलबहादुर स्वाँर, तत्कालीन कानुनी सल्लाहकारद्वय प्रेमसिंह धामी र जगदेव चौधरी रहेका छन् ।
क्याटेगोरी : सुलसुले
ताजा अपडेट
- उपराष्ट्रपति यादवलाई भारतीय समकक्षी धनखरको बधाई
- अर्थतन्त्र जटिल समस्यामा छैन : थपलिया
- राष्ट्रका सबै चुनौतीको सामना गर्न गठबन्धन सक्षम हुनेछ : अध्यक्ष नेपाल
- कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त प्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिऔँ : नेता यादव
- हामीलाई असफल हुने छुट छैन : उपसभापति अर्याल
- बजार परिसुचक १९ सय ४९ बिन्दुमा
- विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
तपाईको प्रतिक्रिया