काठमाडौं ,आपसी मिलेमतोमा भागबण्डा गरी खाने गरी नाङ्लो समूहसँग लिज एग्रिमेन्ट खारेज गरेर तरुण निर्माण सेवासँग नयाँ लिज एग्रिमेन्ट गरेका जेपी स्कुलका अधिकारीबीच त्यसमाथि छानबिन सुरु भएपछि एकअर्काबीच पोल खोलाखोल भएको छ ।
क्षेत्रपाटी ठमेलमा रहेको जेपी स्कुलको जग्गा नाङ्लो समूहका श्याम कक्षपतिलाई लिजमा दिएको सझौता गायब पारेको विषयमा स्कुलका पूर्वप्रधानाध्यापक सूर्यराज शाक्य र हालका प्रधानाध्यापक लक्ष्मणराज पौडेलबीच बैठकमै एकले अर्कोलाई पोलापोल गर्दै चर्काचर्की भएको हो ।
नाङ्लो समूहलाई दिएको लिज सम्झौता खारेज गरेर विद्यालय व्यवस्थापनले २०६५ सालमा मनोज मिश्रको तरुण निर्माण सेवालाई लिजमा दिएको थियो र लिजमा दिएको १४ वर्ष बितिसक्दा पनि त्यसको कार्यान्वयन नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायमा त्यहाँ भएको अनियमिततामाथि छानबिन गरी कारबाही गर्न माग गर्दै उजुरी परेपछि सतकर्ता केन्द्रले छानबिन सुरु गरेको छ ।
छानबिनका क्रममा केन्द्रले प्रधानाध्यापक पौडेलसँग निरन्तर बयान लिइरहेको छ । बयानकै क्रममा केन्द्रले नाङ्लो समूहलाई लिजमा दिने भनी गरेको सम्झौता मागेपछि शुक्रबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा पूर्वप्रधानाध्यापक शाक्यलाई समेत बोलाएर केरकार गरिएको थियो ।
पूर्वप्रअ शाक्यले उक्त सम्झौता नयाँ प्रअलाई बुझाएको छु भन्ने र नयाँ प्रअ लक्ष्मणराज पौडेलले पुरानो प्रअ शाक्यले आफूलाई उक्त लिज एग्रिमेन्ट हस्तान्तरण नै नगरेको भन्ने विवाद भएर बैठकमा उनीहरु बीच चर्काचर्की भएको हो ।
उक्त बैठकमा विनि तारापति खरेलचाहिँ उपस्थित भएका थिएनन् । सञ्चालक समितिका पूर्वअध्यक्षलगायत पदेन सदस्य सबैले पानीमाथिको ओभानो बन्ने प्रयास गरेका थिए । यसअघिको व्यवस्थापनसँगको मिलेमतोमा जेपी स्कूल तरुण निर्माण सेवालाई दिइएको थियो र अहिले छानबिन सुरु भएपछि उनीहरुबीच पोलापोल हुनथालेको हो ।
क्याटेगोरी : सुलसुले
ट्याग : #Page 1
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया