चार भारतीय नागरिक ३२ थान मोबाइलसहित पक्राउ
नेपालगञ्ज । ३२ थान मोबाइलसहित चार भारतीय नागरिक बाँकेको नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका छन् ।
भारतको मध्यप्रदेशका उनीहरु जहाजमा काठमाडौँ जाने तयारीमा रहेका बखत ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन् ।
प्रहरीले चोरीको मोबाइल काठमाडौँमा बेच्न लैजान लागेको शङ्का गरेको छ । उनीहरुले सेकेन्ड हेण्ड मोबाइल बनाउन काठमाडौँ जान लागेको प्रहरीलाई बताएका छन् । भिभो, अपो, रेडमी, सामसुङ लगायतका कम्पनीको मोबाइल प्रहरीले बरामद गरेको हो । उनीहरु सबैलाई भन्सार पठाउने तयारी गरिएको प्रनाउ डाँगीले बताएका छन् ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- अमेरिकी सेनाका इण्डो प्यासिफिक कमाण्डका उप कमाण्डर जर्नेल काठमाडौंमा
- प्राइम बैंकको डेपुटी जनरल म्यानेजरमा सुमितबाबु खत्री
- कुँवर असोसियोको उपाध्यक्ष निर्वाचित
- दराज ११.११ मा ८० प्रतिशतसम्म छुट पाइने
- हुन्डाई आयोनिक ५ ईभी अब एक सय किलोवाटमा
- काठमाडौंमा स्टार्टअप एन्ड आइडिया फेस्ट हुँदै
- समय सिमा सकिए पनि कुलमानले बुझाएनन् उर्जा मन्त्रालयलाई १५ बुदे विवरण
- अमेरिकी उपराष्ट्रपति ह्यारिसद्वारा हार स्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया