Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधमकाउ पठाईदिन्छु भन्दै लाखौं ठगी गर्ने व्यक्ति पक्राउ

मकाउ पठाईदिन्छु भन्दै लाखौं ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीको लागि राम्रो तलबमा मकाउ पठाईदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले उक्त ठगी कार्यमा संलग्न महाराजगंज बस्ने ५३ वर्षीय पृथ्वी राज सिग्देलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले मनिराम तिमल्सिना समेतलाई गरी नौ लाख रुपैयाँ खर्चमा मासिक एक लाख ८० हजार रुपैयाँ तलबमा मकाउमा सेक्युरिटी गार्डमा काम लगाइदिन्छु भन्दै रकम ठगी गरेका थिए । प्रतिव्यक्ति नौ लाख रुपैयाँ लाग्ने र मकाउ पुगेपछि प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डमा काम लगाइदिन्छु भन्दै विश्वास दिलाई पीडितहरुबाट पटकपटक गरी दुई लाख ७० हजार रुपैयाँ लिई सिग्देल सम्पर्कविहीन भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंबाट खटिएको प्रहरी टोलीले फरार सिग्देललाई खोजतलास गर्ने क्रममा दरबारमार्गबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया