Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधपाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जना पक्राउ

पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जना पक्राउ


काठमाडौं । । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पाँच लाख १४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्ने ४७ वर्षीया तारादेवी डङ्गोल र काठमाडौं नागार्जुन नगरपालिका–५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार काठमाडौ कलंकीस्थित सेतो खरायो रेस्टुराँ नजिक नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

परिसरबाट खटिएको विशेष प्रहरी टोलीले तारादेवीलाई शनिबार राति कंलकीबाट पक्राउ गरेको थियो  । प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार्यमा निलिमा श्रेष्ठको समेत सङ्लग्नता देखिएपछि उनलाई नागार्जुन–५ स्थित पद्मा कोलनीबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।


क्याटेगोरी : सुरक्षा अपराध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x