साइबर सुरक्षाबारे अभिमुखीकरण
ढोरपाटन । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण प्रतिदिन बढ्दै गएका साइबर अपराधसम्बन्धी घटनाको न्यूनीकरणका लागि ग्रामीण क्षेत्रसम्म नै जनचेतना जगाउने कार्यक्रम सुरु गरिएको छ ।
सुनौलो नेपाल अनलाइन र नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा बरेङ गाउँपालिकामा साइबर अपराध र साइबर सुरक्षासम्बन्धी यस्तै एकदिने सचेतनामूलक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
सामाजिक सञ्जालको बढी प्रयोग गर्ने समूहलाई लक्षित गरी सञ्चालित सो कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, शिक्षक गरी दुई सयभन्दा बढीको सहभागिता थियो । उक्त कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले इन्टरनेटको जमानामा हुर्के बढेका बालबालिका, पढ्दै गरेका विद्यार्थीलगायत अभिभावकले साइबर सुरक्षामा विशेष ध्यान दिनुपर्ने राससलाई बताए ।
“साइबर असुरक्षाको जोखिम हाम्रा बालबालिकामा बढी परेको छ”, उनले भने “जोखिम कम गर्ने एउटै उपाय सचेतना हो ।” कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का लगायतले साइबर सुरक्षा र साइबर अपराधका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, सुरक्षा अपराध
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया