गुण्डा नाईके चक्रे मिलनका सहयोगी ‘एके–४७’ हतियार सहित पक्राउ
काठमाडौं,अपराधिक पृष्ठभूमी भएका चक्रे मिलन भनेर चिनिने मिलन गुरुङका सहयोगी आधुनिक घातक हतियार ‘एके–४७’ सहित पक्राउ परेका छन् । पक्राउ पर्ने युवा बैजनाथ गाउँपालिका, नौवस्ताका गणेश बोगटी रहेका छन् । उनलाई बाँके प्रहरीले चिसापानीबाट सोमबार साझा नियन्त्रणमा लिएको हो ।
उनले शान्तिसुरक्षालाई चुनौति दिँदै दुई दिनअघि (आइतबार) नेपालगन्जको सिद्धार्थ होटलमा चक्रे मिलनको सुरक्षा घेरामा आधुनिक घातक हतियार‘एके–४७’ सहित सुरक्षा घेरामा देखिएका थिए।
टिकटकमा मिलनको बडिगार्डका रुपमा हतियार प्रदर्शन गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। अहिले उनी माथि अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया