Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधनक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ


नक्कली भुटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट आज साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

नेकपा (एमाले)का नेता रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरी खोजीको सूचीमा राखेको थियो ।उपरीक्षक कार्कीले भने, “हाम्रो टोलीले उनलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिसकेको छ ।”

उनीविरुद्ध जिल्ला अदालत काठमाडौँले यही वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएदेखि नै रायमाझी फरार रहेको प्रहरीले जनाएको छ । सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो ।रासस


क्याटेगोरी : सुरक्षा अपराध


तपाईको प्रतिक्रिया