मेडिसिटी अस्पतालमा काम गर्ने कर्मचारी ठगीको आरोपमा पक्राउ
काठमाडौं । अस्पतालको बिलिङ शाखामा काम गर्ने तीन जना कर्मचारीले ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताललाई ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
उनीहरुले विरामीको बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्ज कम लिएको देखाएर अस्पतालमा बिलिङका लागि प्रयोग हुँदै आएको शुक्र नामको एचएमआईएस सफ्ट्वेयरको दुरुपयोग गरी आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका हुन् ।
अस्पतालले दिएको जाहेरीका आधारमा घटनामा संलग्न एक्जुकेटिभ आईपी बिलिङका रुपमा कार्यरत ३४ वर्षीय राघव सापकोटा, ललितपुरका आशिष अर्याल र गोदावरीका २९ वर्षीय सनम देशार रहेको जिल्ला प्रहरी परिसर, लतिलपुरका एसपी नवराज कार्कीले बताए ।
उनीहरुलाई आपराधिक विश्वासघात सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, ललितपुरबाट ५ दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत सिइओ अलब्राइट काठमाडौंमा
- यही हो त प्रहरीको जनसेवा ?
- पशुपतिनाथ जलहरी प्रकरण सदस्यसचिव थापासहित तीन जनाविरुद्ध मुद्दा
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया