ॐ हस्पिटलमा वैद्य अर्गनाइजेसनका कर्मचारीलाई छुट
काठमाडौं । राजधानीको चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर र धुम्बाराहीस्थित बैद्य अर्गनाइजेसनबीच सम्झौता भएको छ । सम्झौताअनुसार अस्पतालमा वैद्यका कर्मचारीलाई उपचारमा विशेष छुट हुने भएको छ ।
वैद्य अर्गनाइजेसनको कार्यलयमा आयोजित कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत तथा अर्गनाइजेसनका निर्देशक वेदबहादुर श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । अर्गनाइजेसनका सदस्य र कर्मचारीको लागि आवश्यक स्वास्थ्य उपचार सेवा सुलभ र सहजरूपमा पु¥याउने उद्देश्यले सम्झौता गरेको बताइएको छ । सम्झौताअनुसार अर्गनाइजेसनसँग सम्बन्धित कर्मचारी तथा उनीहरूकोे परिवारका सदस्यले अस्पतालबाट ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’अन्तर्गत पूर्णकालीन आवश्यक सेवा विशेष छुटमा सहजरूपमा लिन सक्ने कम्पनीले जनाएको छ ।
सम्झौतामा चिकित्सकसँगको परामर्श, विशेषज्ञ उपचार सेवा, नर्सिङ केयर, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, विभिन्न खोपको लागि व्यवस्था, रगत परीक्षण तथा प्रि–हेल्थ चेकअप सेवालगायतका सुविधाहरू उपलब्ध हुने जनाइएको छ । अस्पतालले कर्पोरेट डेस्कमार्फत वैद्य अर्गनाइजेसनको संस्थागत सिफारिसमा उपचार तथा परीक्षणका लागि आउने सेवाग्राहीका लागि सम्पर्कव्यक्तिको समेत व्यवस्था गरेको छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया