बिष्ट र आचार्य अब नर्भिक अस्पतालमा
काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा थप दुई विशेषज्ञ चिकित्सकले ओपीडी सेवा थालेका छन् । वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्राडा मीरा बिष्ट र मधुमेह विशेषज्ञ डा किरण आचार्यले नर्भिक हस्पिटलमा ओपीडी सेवा थालेका हुन् ।
डा बिष्ट नर्भिकमा अब हरेक साताको आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि १०ः३० बजेसम्म ओपीडीमा उपलब्ध हुनेछिन् । यस्तै, डा आचार्य प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म हरेक दिन बिहान साढे आठदेखि साढे १० बजेसम्म नर्भिक अस्पतालमा रहनेछन् । डा बिष्ट प्रोफेसर पनि हुन् । उनीसँग आफ्नो क्षेत्रको निकै लामो अनुभव रहेको अस्पतालले जनाएको छ । यस्तै, बिष्ट पछिल्लो समय रुचाइएका मधुमेह विशेषज्ञमध्येका एक हुन् । दुवै चिकित्सकको आगमनले नर्भिकको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया