नर्भिकमा अनुभवी चिकित्सकहरू भित्रिने क्रम बढ्यो
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरू भित्रिएका छन् । एक न्युरोलोजिस्ट, एक न्यूरो सर्जन र अर्का एक कार्डियोलोजिस्ट गरी थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरूलाई भित्र्याएको नर्भिकले जनाएको छ ।
नर्भिकमा पछिल्लो समय विभिन्न अनुभवी विशेषज्ञ चिकित्सकहरू भित्रिने क्रम बढिरहेको छ । सो क्रममा पछिल्लो समय कन्सल्ट्यान्ट न्युरोलोजिस्ट डा निरञ्जन आचार्य, कन्सल्ट्यान्ट न्युरोसर्जन डा पवनबहादुर भण्डारी र कन्सल्ट्यान्ट कार्डियोलोजिस्ट डा पराग कार्की भित्रिएका अस्पतालले जनाएको छ । डा आचार्यले नर्भिकमा प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान साढे सात बजेदेखि नौ बजेसम्म ओपीडी सेवा सञ्चालन गर्नेछन् ।
यस्तै, डा कार्कीको प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान साढे सात बजेदेखि पौने नौसम्म नर्भिकमा ओपीडी हुनेछ भने डा भण्डारी आइतबारदेखि शुक्रबारसम्म बिहान पौने सातदेखि पौने नौ बजेसम्म नर्भिकको ओपीडीमा उपलब्ध हुनेछन् । थप तीन चिकित्सकको आगमनले नर्भिकको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया