नेत्रज्योति संघ र आईकेयर फाउन्डेसनबीच सम्झौता
काठमाडौं । नेपाल नेत्रज्योति संघअन्तर्गत कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लामा सञ्चालित आँखा उपचार केन्द्रहरूको स्तरोन्नतिका लागि नेत्रज्योति संघ र आईकेयर फाउन्डेसनका बीचमा सम्झौता भएको छ ।
नेत्रज्योति भवनमा बुधबार भएको सम्झौतापत्रमा संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र तथा आईकेयर फाउन्डेसनको तर्फबाट फाउन्डेसनका सीईओ वियोन स्टेनभर्स र नेपालका कन्ट्री डाइरेक्टर अनिल गोर्खालीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा संघका उपाध्यक्ष एवम् कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्लले भौगोलिकरूपमा पछाडि परेको कर्णाली प्रदेशका विकट जिल्लाहरूमा आँखा उपचार सेवा विस्तारका लागि सहयोग गरेकोमा आईकेयर फाउन्डेसनलाई धन्यवाद दिए । संघ र आईकेयर फाउन्डेसनका बीचमा विगत ३९ वर्षदेखि नेपाली जनाताहरूलाई सहज तथा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्न निरन्तर सहकार्य भइरहेको छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया