जापानिज इन्सेफलाइटिसबाट एक जनाको मृत्यु
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफलाइटिस’बाट एक जनाको मृत्यु भएको छ ।
देवचुली नगरपालिका–१७ निवासी ६६ वर्षीया महिलाको जापानिज इन्सेफलाइटिसबाट निधन भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले राससलाई जानकारी दिए । “जिल्लामा चालु आर्थिक वर्षमा दुईजना महिलामा जापानिज इन्सेफलाइटिस पुष्टि भएकोमध्ये एक जनाको निधन भएको छ”, उनले भने, “एक जनाको भरतपुरमा उपचार भइरहेको छ ।”
गत आव २०७९/८० मा जिल्लामा पाँच जनाको जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ । गत आवमा सात जनामा सङ्क्रमण पुष्टि भएको मध्य पाँच जनाको मृत्यु भएको हो । जिल्लामा गत आवबाट जापानिज इन्सेफलाइटिस फेला परेको प्रमुख चापागाईंले बताए । जिल्लामा रोग देखिएपछि स्थानीय तहमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्न थालिएको उनले बताए ।
“जापानिज इन्सेफलाइटिस क्युलेक्स भन्ने लामखुट्टेबाट सर्ने रोग हो, यी लामखुट्टेहरु मध्यम आकारका, खैरो रङ्गको र पेटतिर भने सेतो चिह्नहरु भएका हुन्छन्, तिनले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछन्”, उनले भने, “विशेषगरी धानबालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान हो, साउन, भदौ र असोजमा जापानिज इन्सेफलाइटिस बढी देखिने गर्दछ ।”
यस रोगबाट धेरै व्यक्तिहरु गम्भीर बिरामी नहुने गरे पनि केहीको गम्भीर अवस्था सृजना भई दिमागलाई नै असर गरी मृत्यु हुने गरेको चापागाईंले बताए ।
“यस रोग लाग्दा धेरैजसोलाई ज्वरो, झाडापखाला, बान्ता, थकित हुने, गर्धन दुख्ने, घाँटी दरो हुने, टाउको दुखाइ वा कमजोरी देखिन्छन्”, उनले भने, “यस रोगका खतराका लक्षणहरु छारेरोग, प्यारालाइसिस र अचेत हुनु पनि रहेको छ ।”
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया