‘आँखा उपचारमा नेत्रज्योति संघको भूमिका महत्वपूर्ण’
काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले नेपालको आँखा उपचार प्रणालीको विकासमा नेत्रज्योति संघको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल नेत्रज्योति संघ र दातृ निकाय सीबीएम ग्लोबलका बीचमा सहकार्यको ४० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा उनले संघले नेपालको आँखा उपचार सेवालाई विश्वमा नै चिनाउन सफल भएको बताए ।
संघले सर्वसुलभ मूल्यमा देशभर गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गरेको उल्लेख गर्दै उनले आगामी दिनमा सरकारका तर्फबाट हुन सक्ने सहयोग र सहकार्यका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य आरपी विच्छाले नेत्रज्योति संघले नेपालको आँखा उचार सेवाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । संघका अध्यक्ष प्राडा चेतराज पन्तले सीबीएमजस्ता दातृ निकायको सहयोग र सहकार्यले नै संघले यो उपलब्धि हासिल गर्न सम्भव भएको उल्लेख गरे । संघले अब नेपाललाई आँखा उपचारको पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ आफ्ना कार्यक्रमहरू अगाडि बढाइरहेको जानकारी दिए ।
कार्यक्रममा सीबीएम ग्लोबलका अन्तर्राष्ट्रिय निर्देशक रोब डोनेल्लीले नेपालको आँखा तथा कान उपचार क्षेत्रमा नेत्रज्योति संघसंगको सहकार्य जारी रहने प्रतिबद्धता जनाए । यस्तै, पूर्वमन्त्री पद्मनारायण चौधरीले जनताले सहजरूपमा आँखा उपचार सेवा प्राप्त गरून् भन्ने उद्देश्यले आफ्नो परिवारले अस्पतालको लागि जग्गा दान गरेको बताए । सन् १९८२ सालमा नेत्रज्योति संघको आग्रहमा सीबीएमले जर्मनबाट डा अल्बर्ट हेनिङ र उनकी श्रीमतीलाई नेपालमा आँखा स्वास्थ्य सेवाको विकास र विस्तारका लागि नेपाल पठाएसँगै दुई संस्थाका बीचमा औपचारिक सहकार्यको प्रारम्भ भएको थियो ।
सीबीएमबाट खटाइएका डा हेनिङको अनवरत प्रयास र मेहनतमा स्थापना भएको नेपाल नेत्रज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल र विराटनगर आँखा अस्पताल अहिले विश्वमै सबैभन्दा सर्वसुलभ मूल्यमा गुणस्तरीय आँखा उचार सेवा प्रवाह गर्दै आइरहेका छन् । अहिले संघ लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गत दुई वटा विशिष्टिकृत सेवासहितका आँखा अस्पताल र ३१ वटा आँखा उपचार केन्द्रहरू सञ्चालनमा छन् । हालसम्म लहान आँखा तथा कान उपचार प्रणाली अन्तर्गतका आँखा अस्पताल तथा आँखा उपचार केन्द्रमार्फत एक करोड २० लाख मानिसले आँखा उपचार सेवासहित २० लाखभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया गरिएको लहान आँखा तथा कान उपचार प्रणालीका प्रमुख प्रशासक सुधीरकुमार ठाकुरले बताए ।
सीबीएमको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले कर्णाली प्रदेशमा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट हालसम्म पाँच हजारभन्दा बढी मानिसका आँखाको निःशुल्क शल्यक्रिया गरी ज्योति प्रदान गरिसकिएको छ । उक्त कार्यक्रमा सीबीएमको सहयोगमा सञ्चालित कार्यक्रममार्फत अन्धोपन तथा बहिरोपन न्यूनीकरणमा योगदान गर्ने प्राडा रामप्रसाद पोख्रेल, डा अल्बर्ट हेनिङ, मधुसूदन ढकाल, चौधरी दाता परिवार स्व.सरोवरलाल चौधरी, स्व छविलाल चौधरी र श्री रवीन्द्रलाल चौधरी, सुधीरकुमार ठाकुर, डा सञ्जय कुमार सिंह र विन्देश्वर महतोलाई सम्मानित समेत गरिएको थियो । त्यस्तै, नेपालको अन्धोपन र बहिरोपन न्यूनीकरणमा महत्वपूर्ण सहयोग गरेकोमा सीबीएम ग्लोबल र सीबीएम इन्टरनेसनललाई समेत सम्मानित गरेको छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- बझाङमा आजै दुईचोटी गएको भूकम्पले क्षति
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया