Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीअब छिट्टै धुलिखेल अस्पतालमा ट्रमा सेन्टर सुरु हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

अब छिट्टै धुलिखेल अस्पतालमा ट्रमा सेन्टर सुरु हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत


धुलिखेल (काभ्रेपलाञ्चोक) । धुलिखेल अस्पतालमा अब छिट्टै ट्रमा सेन्टर सुरु हुने स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । नेपाली र जर्मनीमा रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुबीच स्थापित संस्था (जिनेसोग)ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन बुधबार शुभारम्भ गर्दै उनले अरनिको र बिपी राजमार्गको छेउमा रहेको यस अस्पतालका लागि विदेशी दातृ संस्थाबाट प्राप्त रकम नेपाल सकारले स्वीकार गरिसकेकोले आवश्यक व्यवस्थाका लागि सहजीकरण गरी अब छिट्टै सेवा सुरु गरिने बताएका हुन् ।

मन्त्री बस्नेतले समुदायस्तरमा सञ्चालन भएको उक्त अस्पताल गुणस्तरीय हुनाका साथै गरिब, असाहाय र विपन्न नागरिकलाई सहज, सुलभ र राम्रो सेवा पु-याएकामा यसको प्रशंसा गरे । राज्यको सानो सहयोगमा पनि आफ्नो बुद्धि र विवेकले सामुदायिक अस्पताल सञ्चालन गर्न सफल भएको उल्लेख गरे । उनले सामुदायिक अस्पताल सञ्चालन गर्न चाहनेले एक पटक धुलिखेल अस्पतालमा गएर हेर्नुपर्ने सरकारले पनि यहाँ भएको राम्रो कुरा अन्य अस्पतालमा पनि लागू गर्नुपर्ने आवश्यकता औंल्याए ।

सो अवसरमा उनले धुलिखेल अस्पतालले यसअघि पनि महिलामा पिसाब चुहिने समस्याको राम्रो उपचार गर्न सफल भएको र अहिले पनि स्त्री तथा प्रसूति रोग विशेषज्ञबीच गरिएको सम्मेलनबाट थप तथा गुणस्तरीय सेवा प्रदान हुनेमा आफू विश्वस्त रहेको बताए ।

सर्वसुलभ रुपमा आम नागरिकको सेवाको लागि गुणस्तरीय सेवा प्रदान गर्नाका साथै समयुदायमा आधारित सेवाबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. राकमण्ठ माकजू श्रेष्ठले बताए । उक्त अस्पतालका गाइनोलोजिष्ट प्रो. डा. सुमनराज ताम्राकारले यस सम्मेलनले स्त्री तथा प्रसूति रोगको सेवमा हुने उपचारमा नयाँ फड्को मार्नाका साथै नेपाली महिलालाई स्वस्थ बनाउने अभियानमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

निःसन्तान, रजोवृत्ति, पाठेघरमा जन्मजात विकृति, गर्भवती बेलामा स्वास्थ्य समस्या, प्रसवपछिको अधिक रक्तस्राव, स्त्री रोगसम्बन्धी ल्याप्रोेस्कोपी शल्यक्रिया, इन्डोमेट्रिओसिस, पाठेघरमा मासु पलाउने, असामान्य महिनावारीबारे सम्मेलनमा छलफल भएको थियो।

नेपालभित्रका विभिन्न अस्पतालमा स्त्री रोगसम्बन्धी विभागमा काम गर्ने चिकित्सकलगायत करिब एकसय जनाको सहभागिता रहेको सो सम्मेलनमा नेपाल र जर्मनका गरी करिब एकदर्जन विशेषज्ञले आ–आफ्ना प्रस्तुति दिएको बताइएको थियो । सम्मेलनपछि सहभागीले आ–आफ्नो कार्य क्षेत्रमा गई महिला स्वास्थ्यसेवाको गुणस्तर वृद्धिमा सघाउ पुग्ने अपेक्षा राखिएको संस्थाले जनाएको छ । यसअघि सन् २०१७ मा सो सम्मेलन भएको थियो ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया