जुम्ला र कालिकोटका दुई सय १० जना मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया
काठमाडौं । जुम्ला र कालिकोटका दुई सय १० जना मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा जुम्ला र कालिकोट जिल्ला आयोजना गरिएको विभिन्न आँखा शिविरमार्फत उनीहरूको निःशुल्क शल्यक्रिया गरिएको हो ।
विभिन्न पालिकाका नौ सय ८६ जना बिरामीको आँखा परीक्षण गर्दा दुई सय १० जनामा मोतियाविन्दुको समस्या देखिएको थियो । मोतियाविन्दु देखिएका सबै बिरामीहरूको नेपाल नेत्रज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली, आई केयर फाउन्डेसन र रिड्ली फाउन्डेसनको आर्थिक सहयोगमा निःशुल्क शल्यक्रिया गरिएको हो । असोज ११ गतेदेखि १४ गतेसम्म नेपाल नेत्रज्योति संघ जिल्ला शाखा जुम्लाको आयोजनामा जुम्लाको खलङ्गामा सञ्चालन गरिएको शिविरमा ९० जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने चार सय ११ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो । त्यस्तै असोज १५ गतेदेखि १७ गतेसम्म जुम्लाको हिमा गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा ४३ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने तीन सय ५० जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।
त्यसैगरी असोज २० र २१ गते कालिकोटको पलाँता गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा ७७ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने दुई सय २५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो । नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कोही पनि अन्धोपनमा जीवन बिताउन नपरोस् भन्ने हेतुले पछिल्लो समय हुनेसँग लिने र नहुँनेलाई सेवा दिने उद्देश्यले स्थानीय सरकारसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8
ताजा अपडेट
- पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छ : अध्यक्ष ओली
- पत्रकार महिला क्षमता अभिवृद्धि तालिमको उद्घाटन
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया