नेपाल आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण
काठमाडौँ । काठमाडौँ महागरपालिकासँगको सहकार्यमा महानगरपालिका र मातहतका जनप्रतिनिधि तथा वडा कार्यालयका चार सय २१ कर्मचारीको नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नेत्र परीक्षण गरेको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँले काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित दुईदिने निःशुल्क आँखा शिविरमा उनीहरूको आँखा जाँच गरिएको जानकारी दिए । शिविरमा दुई सय जनालाई निःशुल्क पढ्न, लेख्न सहयोग हुने चश्मासमेत उपलब्ध गराइएको थियो । उनले आगामी दिनमा यस्ता नेत्र परीक्षण कार्यक्रमलाई निरन्तरता दिने बताए ।
यस वर्षको विश्व दृष्टि दिवसका अवसर पारेर ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नाराका साथ अस्पतालले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँगको सहकार्यका बालाजु औद्योगिक क्षेत्रमा आयोजित शिविरमा पनि एक सय ६६ जनाको आँखा परीक्षण गरिएको थियो ।
विश्व दृष्टि दिवसकै अवसरमा बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकासँगको सहकार्यमा जितपुरको औराहास्थित आँखा उपचार केन्द्रमा शल्यक्रियासहितको शिविर सञ्चालन गरिएकामा त्यहाँ पाँच सय २१ जनाको आँखा जाँच गरिएको पनि अस्पतालका प्रशासन प्रमुख रमेश अधिकारीले बताए । त्यहाँ एक सय चार जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।
बाराकै जितपुर–सिमरा औराहा र कागेश्वरी नगरपालिकाका दुईवटा सामुदायिक विद्यालयमा आँखा अस्पालले विद्यार्थीका लागि विद्यालय आँखा स्वास्थ्य कार्यक्रमसमेत सञ्चालन गरी नौ सय ९३ विद्यार्थीको नेत्र परीक्षणका साथै चश्मासमेत उपलब्ध गराएको उनले जानकारी दिए ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- पत्रकार महिला क्षमता अभिवृद्धि तालिमको उद्घाटन
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया