इन्टरभेन्सनल रेडियोलोजीसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन, अस्पतालहरुमा रेडियोलोजी विस्तारबारे छलफल
काठमाडौं । देशभरबाट एक सयभन्दा बढि रेडियोलोजिस्टहरुको सहभागितामा अन्र्तराष्ट्रिय कार्डियोभास्कुलर तथा इन्र्टभेन्स्नल रेडियोलोजी सम्मेलन सम्पन्न भएको छ । रेडियोलोजिस्टहरुमा कार्डियाक इमेजिङको माध्ययमबाट विभिन्न रोगहरुको निदान गर्न अझ सबल बनाउन नेपाल मेडिसिटीले सो सम्मेलन शनिबार आयोजना गरेको थियो ।
रेडियोलोजी, चिकित्सा क्षेत्रको एउटा विद्या हो जसले रोग निदान र उपचार गर्न इमेजीङ प्रविधिको प्रयोग गर्दछ । यसमा पनि इन्र्टभेन्स्नल रेडियोलोजी पद्दतीले बिना शल्यक्रिया इमेजिङको माध्ययमबाट उपचार गर्ने गर्दछ ।
कार्यक्रममा नेपाल मेडिसिटीका अध्यक्ष डा.उपेन्द्र महतोले विरामीहरुलाई सहज तथा द्रुत रुपमा सेवा प्रदान गर्न नेपाल मेडिसिटीले नयाँ प्रविधि तथा पद्दतीहरुको अद्यावधिक गर्दै आएको बताए । उनले भने, “बिना शल्यक्रिया प्रविधिबाटै उपचार गर्न पाउने सुविधा नेपालमा हुनु आफैमा सफलता हो । विश्वको स्वास्थ्य प्रणालीको दाँजोमा नेपाल कुनैपनि प्रविधि तथा सुविधामा पछाडी पर्न नदिन अस्पतालले काम गर्दै आएको छ ।” उनले काठमाडौं केन्द्रित अस्पतालहरुमा मात्र नभई देशका सबै अस्पतालहरुमा यस्ता सुविधा हुनुपर्ने साथै नेपाललाई अन्तर्राष्ट्रिय केन्द्र बनाउने कुरामा जोड दिए ।
त्यस्तै, अस्पतालका प्रिन्सिपल कन्सल्टेन्ट तथा रेडियोलोजी विभागका प्रमुख डा.राम कुमार घिमिरेले देशमा दक्ष जनशक्ति विकास तथा रेडियोलोजी विद्याका विभिन्न पक्षहरुलाई सवल बनाउन यस्तो किसिमका कार्यक्रम र अन्र्तराष्ट्रिय सहकार्यले मद्दत गर्ने बतए । उनले भने, “यो कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालको उद्धेश्य अनुरुप शैक्षिक तथा व्यवहारिक तालिमको माध्यमबाट सहयोग गर्नेछ ।”
देशभरका रेडियोलोजिस्टहरुबाट रोगको पहिचान गर्ने पद्दती व्यापक अभ्यास भएतापनि इन्र्टभेन्स्नल रेडियोलोजीको अभ्यास भने कमै भएको पाइन्छ । रेडियोलोजिस्टहरुमा यसबारे अझ सबल र सक्षम गराउने आवश्यक सिप तथा ज्ञान बढाउन नेपाल मेडिसिटीले यो सम्मेलन आयोजना गरेको रेडियोलोजी तथा भास्कुलर इन्र्टभेन्स्नल रेडियोलोजी विशेषज्ञ डा.ओम विजु पन्तले बताए ।
यस सम्मेलनले रेडियोलोजिस्टहरुमा उपचारको नयाँ सिप विकास हुने अपेक्षा गरिएको छ । सम्मेलनमा हस्पिटल अफ द युनिर्भसिटी अफ पेन्सिलभेनियाका रेडियोलोजी विभागका सहायक प्राध्यापक स्टेफेन हन्ट, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स्)का डीन डा.आशेष ढुंगाना तथा रेडियोलोजिस्ट डा. हेन्सन खड्काले इन्र्टभेन्स्नल रेडियोलोजीबारे विस्तृत जानकारी दिएका थिए ।
पहिलो सेसनमा दैनिक जिवनमा कार्डियाक एमआरआई विषयमा डा.निर्मल प्रसाद न्यौपाने, र डा.सौरभ झा, कोरोनरी सिटी एन्जियोग्राम विषयमा डा.भुवन कायस्थाले प्रस्तुती दिएका थिए ।
त्यस्तै, दोस्रो सेसनमा ‘सिटी अफ कनजेनिटल हार्ट डिजिज’मा हस्पिटल अफ द युनिर्भसिटी अफ पेन्सिलभेनियाका हेल्थ इक्विटी लिडरसिप ट्रयाक रेडियोलोजी रेजिडेन्सिका डाइरेक्टर डा.अबास नुर र ‘एमआरआई आफ कार्डियाक मास’मा सहप्राध्यापक डा.शैरभ झाकोे प्रस्तुती रहेको थियो ।
यो सँगै अस्पतालले हस्पिटल अफ द युनिर्भसिटी अफ पेन्सिलभेनियासँग सहकार्य गर्ने योजना गरेको छ । पब्लिक–प्राइभेट पार्टनरशिप अन्र्तगत सम्झौता गरी देशका विभिन्न अस्पतालहरुमा इन्र्टरभन्स्नल रेडियोलोजी सेवा विस्तार गर्ने विषयमा छलफल गरिएको थियो ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- समसामयिक राजनीतिक व्यङ्ग्य
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
- कोरियाको निर्माण र सेवा क्षेत्रमा नेपालीलाई रोजगारी
- लाभांश घोषणामा ढिलाइ
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया