Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीटाट पल्टिएपछि सर्वाङ्ग अस्पताल बन्द

टाट पल्टिएपछि सर्वाङ्ग अस्पताल बन्द


काठमाडौं । कुपण्डोलको सर्वाङ्ग स्वास्थ्य सदन प्रालिको सेवा बन्द भएको छ । आर्थिक संकटका कारण टाट पल्टिएपछि स्थापनाको ३१ वर्षपछि अस्पताल बन्द भएको हो ।

तत्कालीन समयमा दली परिवारको आर्थिक सहयोगमा खुलेको अस्पताल पछिल्लो समय डा सानुमाया दली र डा विश्वराज दलीको नेतृत्वमा सञ्चालनमा थियो ।

स्थापनाकालमा नर्सिङ्ग होमको रूपमा खुलेको अस्पतालमा चौबीसै घण्टा आकस्मिक उपचारका साथै आईभीएफलगायत सम्पूर्ण सेवाहरू सञ्चालन हुँदै आएको थियो । एक सय बेडको सुविधासहित सञ्चालित अस्पतालले सन् २०१७ मा सरकारलाई कर तिर्न समस्या भएको समाचार बाहिरिएकोे थिए ।

निजी अस्पतालमध्येकै पुरानो सर्वाङ्ग अस्पताल देशमा बढ्दै गएको आर्थिक मन्दीको मारमा परेपछि नियमित सञ्चालनमा समस्या भएको थियो । सञ्चालकहरूले अस्पतालको सम्पूर्ण सामान घरमा राख्ने भन्दै कार्यालयबाट लगेपछि विनासूचना अस्पताल बन्द गरिएको अस्पताल प्रशासनका एक कर्मचारीले जानकारी दिए ।

अन्य निजी अस्पतालको तुलनामा गरिबमुखी सुविधा दिएर सेवा गर्दै आएको यो अस्पताल आधुनिक उपकरणसहित खुलेका नयाँ अस्पतालसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएको कर्मचारीहरू बताउँछन् ।

२०७२ को महाभूकम्प, त्यसपछिको नाकाबन्दी कोरोना र अहिलेको आर्थिक मन्दी नै अस्पताल बन्द हुनुको प्रमुख कारण रहेको अस्पताल स्रोतको भनाइ छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया