Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीस्वास्थ्य क्षेत्रमा ‘न्युओसफ्ट’को आतङ्क !

स्वास्थ्य क्षेत्रमा ‘न्युओसफ्ट’को आतङ्क !


काठमाडौं । स्वास्थ्य क्षेत्रका माफियाहरूको एउटा गिरोहले चिनियाँ कम्पनीले निर्माण गरेको गुणस्तरहीन ‘न्युओसफ्ट’ नामक सिटी स्क्यान मेसिन बिक्री गर्न कर्मचारी प्रशासन र अस्पतालमा आतङ्क नै मच्चाउन थालेको छ । अन्तर्राष्ट्रिय बजारमा गुणस्तरहीन भनेर परिचय बनाएको न्युओसफ्टले नेपालमा उक्त मेसिन बिक्री गर्न नीति निर्माणको तहमा रहेका कर्मचारीहरूलाई चारैतिर ‘सेटिङ’ गर्नेगरेको पाइएको छ ।

गरिब जनतालाई महँंगो मूल्य लिएर मानिसको शरीरमा लागेको रोग पत्ता लगाउने आधुनिक प्रविधियुक्त इमेजिङ (सिटी स्क्यान) मेसिन बिक्रीका लागि नेपालस्थित चिनियाँ कम्पनी न्युओसफ्टका एजेन्टले कर्मचारी प्रशासन, राजनीतिक नेतृत्व र अस्पतालमा प्रभाव पार्न सक्ने अन्य व्यक्तिहरूलाई प्रभावमा पार्नेगरेका छन् ।

न्युओसफ्टको नेपालस्थित सेल्स एजेन्ट चन्द्र बुढामार्फत विभिन्न स्थानीय निकायमा कार्यरत मेयर, अध्यक्ष, स्वास्थ्य मन्त्रालयका कर्मचारी तथा अर्थ मन्त्रालयका कर्मचारीहरूलाई घुस सेटिङ गर्नेगरेका छन् । न्युओसफ्टले उत्पादन गरेको न्युओविजको मेसिनमा फिचर घटाई प्रतिस्पर्धी कम्पनीभन्दा आधा मूल्यमा बिक्री गरी सोबापतको कमिसन घुस सेटिङमा खर्च गर्ने गरिएको हो ।

उक्त मेसिन बिक्री गर्न अनेकन सेटिङ गर्ने सो कम्पनीले कर्मचारीहरूलाई प्रभाव पार्न घुस खुवाउने, नमान्नेलाई धम्क्याउने, अप्ठ्यारो पार्नेजस्ता कामहरू गर्दै आएका छन् । जापानिज, अमेरिकी, युरोपेली सिटी स्क्यानजस्तै भनेर झुटा प्रचार गरी तुलनात्मकरूपमा केही सस्तो देखाएर उक्त सिटी स्क्यान मेसिन नेपाल भित्र्याएर सेटिङमा टेन्डरमार्फत बिक्री भइरहेको छ ।

काठमाडौंको लाजिम्पाटमा रहेको निदान मेडी सोलुसन्सका चन्द्र बुढाले न्युओसफ्टको नेपाल एजेन्ट भएर काम गर्दै आइरहेका छन् । उक्त कम्पनीले बुटवलस्थित अञ्चल अस्पताल, भेरी क्षेत्रीय अस्पताल, बीपी कोइराला अस्पताल इमरजेन्सी सेवा, पोखरास्थित पोखरा एमआरआई डाइग्नोसिस सेन्टरमा न्युओसफ्टको गुणस्तरहीन सिटी क्स्यान मेसिन बिक्री गर्न गरिएको छ । उल्लिखित स्थानमा बिक्री गरिएका एमआरआईले राम्रोसँग काम गरिरहेको छैन । ७० ग्यान्ट्री अपार्चर भएका सो मेसिनले बिरामीको स्क्यान गर्दा स्पष्टता नआउने र यसबाट रोगको सही पहिचान गर्न कठिन हुने चिकित्सकहरूको भनाइ छ । सरकारी रकम खर्च गरेर एउटै मेसिनका लागि चार करोड रुपैयाँदेखि सात करोड रुपैयाँसम्म तिरेर खरिद गर्ने गरिएको छ । यस्ता मेसिनले एकातिर सरकारी लगानी बालुवामा पानीसरह भइरहेको छ भने अर्कोतिर बिरामीले पनि सही उपचार पाउनबाट वञ्चित भएका छन् ।

कर्मचारी प्रशासन, राजनीतिक नेतृत्व तथा विभिन्न पदमा रहेका व्यक्तिहलाई घुस सेटिङमा न्युओसफ्टका मेसिनहरू बिक्री बढिरहे पनि पछिल्लो समय उक्त मेसिन गुणस्तरहीन भएको बारे मेडिकल क्षेत्रमा सर्वत्र चर्चा भइरहेको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया