Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीसरकारले ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने

सरकारले ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने


काठमाडौं । सरकारले ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मंगलबार पत्रकार सम्मेलन गरि बुधबारदेखि फागुन ३० गतेसम्म तीन महिना अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।

केन्द्रकी निर्देशक डा. राधिका थपलियाले मानसिक स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताइन् । ‘जेन–जी’ प्रदर्शनपछि सबै वर्गमा तनाव थपिएको भन्दै अभियानले थोरै भएपनि त्यसमा सकारात्मक भूमिका खेल्ने उनको भनाइ छ । उनले भनिन्, ‘पछिल्लो समय सबै वर्गमा तनाव थपिएको छ । त्यसैले मानसिक स्वास्थ्यमा सकारात्मक योगदान दिने उद्देश्यसहित अभियान सुरु गर्दैछौँ । मानसिक स्वास्थ्यबारे सबैले खुलेर कुरा गरौँ । अभियानबाट लाभान्वित होऔँ ।’ केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानाले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न हिस्साको रूपमा जनचेतना बढाउने उद्देश्यले अभियान थालिएको बताउँदै हरेक महिना फरक खालका विषयमा सचेतनाका कार्यक्रम गरिने जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनका मनोचिकित्सक डा केदार मरहट्टाले मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्नुपर्ने बताए । उनले नेपालमा १० मध्ये एक जनामा मानसिक स्वास्थ्य समस्या रहने बताउँदै यो जनस्वास्थ्यमाथिको गम्भीर चुनौती भएको उल्लेख गरे । नेपाल प्रहरीको तथ्याड्ढअनुसार आव २०८१/८२ मा सात हजार ५५ जनाले मानसिक समस्याका कारण आत्महत्या गरेका छन् ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x