कान्तिपुर डेन्टल कलेज १९औँ वर्षमा प्रवेश

काठमाडौं । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले स्थापना भएको १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कलेजले शैक्षिक, चिकित्सकीय गतिविधि तथा सम्मान कार्यक्रमसहित वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ ।
कलेजका प्राचार्य प्राडा रविन्द्र मान श्रेष्ठले कलेजले दन्त शिक्षा र उपचार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै आधुनिक प्रविधि, अनुसन्धानमुखी शिक्षण र दक्ष जनशक्ति उत्पादनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे । अस्पतालकी निर्देशक डा. प्रतिक्षा श्रेष्ठले सेवा प्रभावकारिता बढाउन सम्पूर्ण सेवा डिजिटलाइजेसन गर्ने तयारी भइरहेको बताइन् । संस्थापक डा. बुद्धिमान श्रेष्ठका अनुसार स्वदेशमै गुणस्तरीय दन्त शिक्षा दिने उद्देश्यले कलेज स्थापना गरिएको हो । कलेज अन्तर्गत ओरल एण्ड मेक्सिलोफेसियल ट्रमा सेन्टर, स्पेशल निड्स ओरल हेल्थ सेन्टर, न्यूरोमस्कुलर डेन्टिस्ट्री र एस्थेटिक सेन्टर सञ्चालनमा छन् । वार्षिकोत्सवमा काठमाडौं विश्वविद्यालयका पदाधिकारीसहित विभिन्न विशिष्ट व्यक्तिहरूको सहभागिता थियो । सो अवसरमा दीर्घ योगदान पुर्याएका कर्मचारी र उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरिएको छ । कलेजले भविष्यमा सेवा, शिक्षा र अनुसन्धानलाई अझ सुदृढ बनाउँदै स्वास्थ्य क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।
सन् २००७ डिसेम्बर १६मा काठमाडौं विश्वविद्यालयको पहिलो दन्त कलेजका रूपमा स्थापना भएको यो कलेज धापासी–बसुन्धरामा अवस्थित छ । हाल कलेजमा ब्याचलर इन डेन्टल सर्जरी (बीडीएस), मास्टर इन डेन्टल सर्जरी (एमडीएस) र बीएस्सी इन ल्याबोरेटरी मेडिसिन कार्यक्रम सञ्चालनमा छन् । साथै २०६९ सालदेखि सीटीईभीटीको सम्बन्धनमा सर्टिफिकेट इन डेन्टल साइन्स र डिप्लोमा इन फार्मेसी कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । कलेज तथा अस्पतालमा हाल करिब ५० विभिन्न विधामा अध्ययन–अध्यापन भइरहेको छ भने दुई सय २५ जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । अस्पतालले हालसम्म एक लाख ५० हजारभन्दा बढी बिरामीलाई दन्त स्वास्थ्य सेवा दिएको छ भने पछिल्लो एक वर्षमै २० हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् । यस अवधिमा कलेजबाट बीडीएसतर्फ पाँच सय ७१, एमडीएसतर्फ ४१ जना विशेषज्ञ, सर्टिफिकेट इन डेन्टल साइन्सतर्फ ७६१ तथा डिप्लोमा इन फार्मेसीतर्फ तीन सय ३० जना जनशक्ति उत्पादन भएका छन् ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति
- भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु
- गरिब बस्तीको जनजीवन अत्यधिक चिसोले कष्टकर
- जापानले एसियामा ५ वर्षभित्र १९ अर्ब डलरका परियोजना सञ्चालन गर्ने
- श्रीलंकालाई आईएमएफको २ करोड डलर बढी सहायता
- लघुवित्त तथा मिटरब्याज पीडितले मागे गभर्नर पौडेलको राजिनामा
- सिद्धार्थ बैंक र नेपाल सोसल बिजनेसबीच युवा उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य
- नेपाल क्लियरिङ हाउसको १४औँ वार्षिक साधारणसभा
धेरैले पढेको
- भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोगदाताको आकर्षण देखिएन
- सीआईबीका इन्सपेक्टरको सूचनाले बिचौलिया भट्ट र प्रधानमन्त्री कार्कीबीच कुरा मिल्यो
- खराब कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण, बैंकिङ क्षेत्रको व्यापारसँगै नाफा पनि बढ्ने
- पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो सक्कल फाइल
- स्वर्गीय पीएल सिंहको प्रथम वार्षिक पुण्य तिथिमा समर्पित
- कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु

















तपाईको प्रतिक्रिया