दश शश्याको अस्पताल निर्माण अन्तिम चरणमा
जाजरकोट । शिवालय गाउँपालिकामा १० शश्याको अस्पताल निर्माण अन्तिमचरणमा पुगेको छ । गाउँपालिकाको प्रशासकीय केन्द्रभित्र रु. नौ करोड ९२ लाखको लागतमा निर्माण गरिएको उक्त अस्पताल आर्थिक वर्ष २०७९/८० को असार मसान्तभित्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले राससलाई जानकारी दिए ।
गाउँपालिकाको केन्द्रमा पर्नेगरी वडा नं. ३ मा निर्माण भइरहेको यो अस्पताल पूरा भएपछि सर्वसाधारणले सामान्य उपचार गर्न बाहिर जानुपर्ने बाध्यता हट्ने गाउँपालिकाकी उपाध्यक्ष गीता शाहीले बताए । प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण जारी राखेको यस गाउँपालिकाले नौ वटा वडामै सडक सञ्जालले जोड्ने कामसमेत जारी राखेको छ ।
सबै वडामा सडकको पहुँच विस्तार भएसँगै अस्पताल आउन र जानसमेत सहज हुने विश्वास लिएको उपध्यक्षले उल्लेख गरे । अहिले पालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेकाले वडामा रहेका स्वास्थ्य संस्थाबाट सिफारिस गरिएका बिरामीलाई बाहिर उपचारका लागि लैजान सहज भएको बताइएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश, स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया