दादुरा रोगबाट सर्तक रहन १ वडा दादुरा रोगबाट सर्तक रहन १ वडा कुपण्डोलको आह्वानको आह्वान
ललितपुर । ललितपुर महानगरपालिका वडा नं १ दादुरा रोगबाट सर्तक रहन १ वडा कुपण्डोलको आह्वानका विभिन्न विद्यालयमा दादुरा रोगको शंकास्पद विरामी भेटिएको पाइएको छ । हालसम्म लक्षण देखिएका १० जना विद्यार्थीहरुको रिपोर्ट परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र पाटन अस्पतालमा पठाइएको छ ।
सोमबार ललितपुर महानगरपालिका १ वडाका वडा अध्यक्ष निर्मल तण्डुकारको अध्यक्षतामा बसेको आकस्मिक बैठकले दादुरा रोग नियन्त्रण तथा रोकथामको लागि स्वास्थ्यकर्मी परिचालन, तथ्यांक संकलन, औषधीको व्यवस्थापन, जनचेतनाको कार्यक्रम अघि बढाउने निर्णय गरिएको थियो ।
उक्त बैठकमा ललितपुर महानगरपालिकाका प्रवक्ता एवम् सामाजिक विकास समितिका संयोजक राजु महर्जन, जनस्वास्थ्य अधिकृत सरिता महर्जन, नाइटिँगेल स्कुल र नार्गाजुरा एकेडेमीका प्रिन्सिपल लगायत सरोकारवाला निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
दादुरा रुवेलाको महामारीलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि बिरामी देखिएका विद्यालय बन्द गर्ने तयारी समेत भइरहेको जनाइएको छ । आधारभूत स्वास्थ्य केन्द्र १ वडाका प्रमुख मघुकरमणि आचार्यका अनुसार दादुरा सरुवा रोग भएको हुँदा यसको लक्षण देखिएमा छुट्टै आइसोलेसन बस्न र तत्काल वडामा जानकारी गराइदिन समेत अनुरोध गरेका छन् ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया