इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
काठमाडौं । पेशागत स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै इको प्यानल नेपाल प्रालिले आफना कर्मचारी तथा मजदुरहरुको स्वास्थ्य परीक्षण गरेको छ । कम्पनीले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित झौखेलमा रहेको कारखानामाा चिकित्सकलाई बोलाएर कर्मचारी तथा मजदुरहरुको निःशुल्क स्वास्थ्य परीक्षण गराएको हो ।
कर्मचारी तथा मजदुरहरुको प्रेसर, सुगरलगायतको जनरल स्वास्थ्य परीक्षण गराएको कम्पनीले जनाएको छ । ख्वप अस्पताल च्याम्हासिंहका डा निर्जना वजिक्वले उनीहरुलाई सेवा दिएकी थिइन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णभक्त दुवालले कर्मचारी स्वस्थ भए मात्रै कम्पनी राम्रो हुने भन्दै सामाजिक उतरदायित्वअन्तर्गत कर्मचारी तथा मजदुरहरुको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको बताए । यो कामलाई निरन्तरता दिँदै निःशुल्क औषधि वितरण गर्ने योजना पनि रहेको उनले सुनाए । स्टाफ हेल्थ चेक अप क्याम्प (कर्मचारी स्वास्थ्य जाँच क्याम्प) नाम दिइएको यो क्याम्पमा कर्मचारी तथा मजदुर गरी तीन दर्जनले स्वास्थ्य सेवा पाएका थिए ।
कम्पनीको भक्तपुरको सल्लाघारीमा रहेको कर्र्पाेेरेट कार्यालयका कर्मचारीहरुको पनि स्वास्थ्य परीक्षण गरिएको थियो । इको प्यानलले झौखेलको कारखानाबाट इको प्यानल उत्पादन गर्दै आएको छ । स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री नै इको प्यानल हो । पछिल्लोपटक इको प्यानल नेपालले आफ्नो भगिनी कारखानाको रुपमा झौखेलमै यूपीभीसी झ्यालढोकाहरुको उत्पादन पनि थालेको छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया