काठमाडौं,नेपाल नेत्रज्योति संघले सुनसरीका दुई हजार दुई सय जनाको निःशुल्क आँखा परीक्षण गरेको छ । संघले विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर राखी आँखा परीक्षण गरेको हो ।
संघले पूर्वाञ्चल आँखा उपचार कार्यक्रमअन्तर्गत नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा शिविर राखेको थियो । शिविरमा दुई हजार एक सय ९९ जनाको आँखा परीक्षण गर्दा दुई सय ४२ जनामा मोतियाविन्दुको समस्या देखिएको थियो ।
उनीहरूमध्ये एक सय ५४ जना बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रियासमेत गरिसकिएको संघले जनाएको छ । बाँकी बिरामीहरूको पनि निःशुल्क शल्यक्रिया गरिने अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.रक्षा पन्तले जानकारी दिइन् । गत जेठ १ र २ गते आयोजना गरिएको उक्त शिविरमा दृष्टिदोष भएका नौ सय १९ जना बिरामीहरूलाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो ।
शिविरमा मोतियाविन्दु देखिएका बिरामीहरूलाई विराटनगर आँखा अस्पतालमा ल्याई निःशुल्क शल्यक्रिया गरिएको थियो । विराटनगर आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा.सुमित मिश्र र डा.प्रीति अग्रवालको नेतृत्वको टोलीले शिविरमा सेवा प्रवाह गरेको थियो ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया