कानको उपचार सेवा विस्तार गर्दै दाङको नेत्रज्योति संघ
काठमाडौं । नेपाल नेत्रज्योति संघ दाङले लमहीमा आँखासँगै कान उपचारको सेवा सञ्चालन गर्ने प्रयासमा जुटेको छ । लमही आँखा अस्पतालअन्तर्गत् कान उपचारका लागि आवश्यक तयारी भइरहेको नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासकीय अधिकृत शमशेर थापाले बताए । आँखा अस्पताल कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही अस्पतालले आयोजना गरेको ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले लमही नगरपालिका–५ रातोडाँडास्थित नगर विकास समितिले उपलब्ध गराएको पाँच कठ्ठा जमिनमा भवन निर्माण गरेर कानसम्बन्धी समस्याका बिरामीलाई सेवा दिने प्रयासमा संघ रहेको जानकारी दिए । उनले भवन निर्माणसँगै कानसम्बन्धी विशेषज्ञ सेवा दिन सके देउखुरीसँगै जिल्लाका कानसँग सम्बन्धित बिरामीले सेवा लिन पाउने बताए ।
‘लमही नगर विकास समितिले उपलब्ध गराएको पाँच कठ्ठा जमिनमा कान उपचारका लागि अस्पताल निर्माण गर्ने कुरा थियो तर प्राविधिक कारण जग्गा आउन नसक्दा समस्या भएको थियो’, उनले भने, ‘अहिले फेरि अर्को ठाउँमा जग्गा उपलब्ध गराउने कुरा छ । उक्त जग्गामा भवन निर्माण गरेर कानसम्बन्धी सेवा दिने तयारीमा छौँ ।’
कार्यक्रममा प्रमुख प्रशासक थापाले लुम्बिनी प्रदेशमा विभिन्न कारणले एक लाख ९५ हजार एक सय २० जना आँखासम्बन्धी समस्या भएका बिरामी रहेको जानकारी दिए । उनका अनुसार त्यसमा एक लाख १२ हजार नौ सय ६४ जना मोतियाविन्दुका कारणले अन्धोपन भएका बिरामी रहेका छन् । प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रूपन्देहीमा २३ हजार सात सय पाँच जना मोतियाविन्दुका बिरामी छन् ।
यस्तै, कपिलवस्तुमा १४ हजार आठ सय ७१, दाङमा १४ हजार चार सय २७, बाँकेमा १३ हजार पाँच सय ४६, बर्दियामा १० हजार छ सय ४१, नवलपरासीमा आठ हजार तीन सय २२, गुल्मीमा पाँच हजार पाँच सय ९१, पाल्पामा पाँच हजार चार सय ३५, प्युठानमा पाँच हजार तीन सय ५०, रोल्पामा पाँच हजार दुई सय चार, अर्घाखाँचीमा चार हजार चार सय ५८ र रुकुममा एक हजार दुई सय ९१ जना मोतियाविन्दुका बिरामी रहेको उनले जानकारी दिए ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया