Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीपूर्वपदाधिकारी स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचारी ठहर

पूर्वपदाधिकारी स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचारी ठहर


काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन उच्चपदस्थ पूर्व पदाधिकारी स्वास्थ्य उपकरण खरिदमा भएको अनियमिततामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका सदस्यहरु बलभन्द्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले विहीबार स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको ठहर गरेको हो । ३० असार २०७६ मा अख्तियारले तत्कालीन उपकुलपति बीपी दास सहित ८ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

पूर्वउपकुलपति बलभद्रप्रसाद दास, पूर्वरजिष्ट्रार नन्दकुमार थापा र पूर्वनिर्देशक अरविन्दकुमार सिन्हालाई भ्रष्टाचारमा दोषी ठहर गर्दै विशेष अदालतले एकरएक वर्ष कैद र २५ हजार रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिएका छन् ।

अख्तियारले बीपी दासमाथि चार करोड ८ लाख, अस्पताल निर्देशक सिन्हामाथि ३ करोड ७५ लाख, तत्कालिन रजिष्ट्रार थापामाथि एक करोड ९६ लाख, रजिष्ट्रार श्रेष्ठमाथि ५६ लाख रुपैंया विगो मागदावी गरेको थियो । कम रकम कबोल गर्ने बोलपत्रको आधार र तथ्य विश्लेषण नगरी बढी कबोल्ने पक्षलाई ठेक्का दिएर राज्यकोषमा नोक्सानी पु-याएको आरोप अख्तियारले लगाएको थियो ।

यस्तै लेखा प्रमुख दाहालमाथि २ करोड ३४ लाख र डेपुटी म्यानेजर श्रीवास्तवमाथि १ करोड ७४ लाख रुपैंया विगो मागदावी थियो । सप्लायर्सहरुमध्ये चेतन अग्रवालमाथि एक करोड ४ लाख र उमेश अग्रवालमाथि ६० लाख रुपैयाँ विगो मागदावी थियो ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया