Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमानव स्वास्थ्य र हाम्रो वातावरण

मानव स्वास्थ्य र हाम्रो वातावरण


अच्यृतप्रसाद पौडेल चिन्तन

काठमाडौं,बैशाख १०
विश्वभरि महामारीको रूपमा अगाडि बढेको कोरोना भाइरसका कारण हाम्रो देश चैत्र ११ देखि १ हप्ताका लागि लकडाउन भएको छ । त्यसो त छिमेकी देश भारत पनि यसैका कारण ३ हप्ताका लागि लकडाउनको घोषणा गरिएको छ । लामोे समय लकडाउन हँुदा आम जनमानसमा पर्ने मनोेवैज्ञानिक त्रासबाट मनोरोगीहरूको संख्या बढे भने देशलाई अर्को समस्या थपिन सक्छ त्यसमा पनि बेलैमा अध्ययन गर्नु पर्छ ।

हामीकहाँ लकडाउन भएको भोेलिपल्ट चैत्र १२ गते बिहानको काठमाडाँैको हावा स्वीकृत मापदण्डभित्र रहेको र वायुमापन केन्द्रले ग्रीन सिग्नल दिएको खबर बाहिर आएको छ । वातावरण संरक्षणकै क्रममा सरकारले लकडाउनपूर्व केही दिनअघि मात्र काठमाडौँ उपत्यकाको वायुको गुणस्तर व्यवस्थापन कार्य योजना २०७६ स्वीकृत गरेको छ । सामान्य अर्थमा वात भनेको हावा र आवरण भन्नाले त्यसको वरिपरिको ढकनी भन्ने बुझिन्छ ।

विद्युतीय गाडीमा भन्सार छुटलगायत केही सहुलियतका योजनालाई अघि सारेको छ । तर, प्रत्येक साता सफा गर्ने गरिएकोे वाग्मती सफाइ अभियान भने कोेरोनाको त्रासले रोकिएको छ । विभिन्न खाले प्रदूषणका कारण विश्व वातावरण बिगँ्रदा मानव स्वास्थ्य भनौँ आम जनजीवन संसारमै जोखिममा छ । वातावरणकै कारण मुटु रोग, स्ट्रोक, फोक्सो आदिका समस्याले वर्षेनी संसारमा ७० लाख मानिसले ज्यान गुमाइरहेका छन् ।

हामीले सास फेर्ने वायुमण्डलमा आँखाले देख्न नसकिने धूलाका कणहरू हुन्छन् । विश्व स्वास्थ्य संगठनले पीएमको मात्रा प्रतिघनमिटर २५ सम्म सामान्य मानेको छ तर संसारभरि उसले यसलाई १० मा झार्ने प्रयास पनि गरेको छ । हाम्रो सरकारी मापदण्ड ४० हो । तर, हाल राजधानी काठमाडौँ उपत्यकाको वायुको गुणस्तर लकडाउन गरेकोमा बाहेक स्वीकृत माप दण्डभित्र छैन । हाल औसत ४४ दशमलव ५ भनिए पनि कुनै बेला एक सय ४६ सम्म पुगेका खबर बाहिर आएका थिए । त्यसो त विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा बढीमै संसारका झण्डै ९३ प्रतिशत मानिसहरू बाँच्न बाध्य छन् । विश्वका विभिन्न ९८ प्र्रदूषणयुक्त देशमध्ये नेपाल ८औँ स्थानमा छ । विश्वकै ९५ प्रदूषित सहरमध्ये काठमाडौँ सहर २२औँ स्थानमा देखिन्छ ।

वातावरण विभागका अनुसार वायुको गुणस्तर मापनका लागि काठमाडौँँ उपत्यकामा नै ७ स्थान र पोखरामा ३, पूर्वको दमक, झुम्का, धनकुटा, सिमरा, त्यस्तै सौराहा, लुम्बिनी, दाडः, नेपालगञ्जमा एक–एक गरी २१ स्टेशन रहेका छन् । प्रदूषण नियन्त्रणकै लागि यूरो चारका गाडी भित्र्याउने, ५ वर्षभित्र १० स्थानमा विद्युतीय रिक्सा सन्चालन गर्ने, विद्युत् चार्जका लागि मोबाइल स्टेशनहरू स्थापना गर्ने, इँटालगायत अन्य उद्योगहरूका चिम्नीलाई प्रदूषणरहित बनाउने विभिन्न कार्य योजना पनि अघि सारेको देखिन्छ । सिमसारकोे संरक्षण र जलवायु परिवर्तनको चासोलाई हामीले बढी ध्यान दिनसके हाम्रो वातावरण राम्रो वातावरण बन्न सक्छ । सामान्य अर्थमा सिमसार भन्नाले पानीले भिजेको, पानी भएको जमीनलाई सिमसार भनिन्छ । पानीको मुहान, हिलो, दल दल क्षेत्र, धान बालीका लागि उपयुक्त क्षेत्र, भूमिगत जलस्रोत, वर्षामा पानी बढ्ने प्राकृतिक वा मानव निर्मित स्थायी वा अस्थायी पानी जमेको, बगेको, नदीबाट प्रभावित, धापिलो, दलदल, ताल, जलाशय वा भनाँै कृषि भूमि समेतलाई सिमसारको रूपमा हेर्ने चलन छ ।

रामसार महासन्धिले सिमसार भनेको प्राकृतिक वा कृत्रिम, स्थायी वा अस्थायी, जमेको वा बगेको, नुनिलो वा स्वच्छ पानीले ढाकेको जमीन हो । नेपालमा कृषियोग्य भूमि प्रशस्त भए पनि खासमा सिमसार भूमि भने तराई, पहाड, हिमाल गरी अन्तर्राष्ट्रिय महत्व बोकेको सिमसार भूमि कुल भूमिको ५ प्रतिशत मात्र रहेको बुझिन्छ । यसरी हेर्दा यहाँ सिमसारले ओगटेको क्षेत्र करिब ६० हजार पाँच सय ६१ हेक्टर छ ।

नेपाल रामसार महासन्धिको पक्ष राष्ट्र भएपछि कोशीटप्पु वन्यजन्तु आरक्ष, बीस हजारी ताल, जगदीशपुर जलाशय, घोडाघोडी ताल, रारा ताल, शेफोक्सुण्डो ताल, माई पोखरी, गोसाइँकुण्ड, पोखरामा रहेका विशेष ९ वटा तालको समूहसमेत जोड्दा रामसार सूचीकृत सिमसारक्षेत्रको संख्या १० नाघेको देखिन्छ । सन् १९९७ मा रामसार महासन्धिमा हस्ताक्षर भएको दिन फेब्रुअरी २ लाई संस्मरण गर्दै सिमसार दिवस मनाउने गरिएको छ । सन् १९९८ देखि हरेक वर्ष नयाँ नाराका साथ मनाउने पनि गरिएको छ । नेपालमा राष्ट्रिय सिमसार नीति २०१२, ५ वर्षे राष्ट्रिय रामसार रणनीति २०१८ र सिमसार समितिको अगुवाइमा सिमसार संरक्षणको प्रयास भइरहेको देखिन्छ । सिमसारमा आउने परिवर्तनललाई विश्वव्यापी जलवायु परिवर्तनको असरसँग जोडेर पनि हेर्ने गरिएको छ ।

विगत केही समय यतादेखि जलवायु परिवर्तनसँगै नेपालमा सिमसार क्षेत्रका रूपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यान क्षेत्रमा व्यापक परिवर्तन आएको छ । प्राकृतिक स्रोतको अधिकतम दोहन भएको छ, जसले गर्दा सिमसार क्षेत्रमा पानीको अभाव भएको छ, सुख्खा क्षेत्रको वृद्धि भएको छ । पानीको अभावमा कृत्रिम पानीको व्यवस्थापन सजिलो छैन । नेपालमै राम्रो मानिने चितवन राष्ट्रिय निकुञ्जमा समेत हाल ५८ वटाभन्दा बढी कृत्रिम तालहरू बनेका देखिन्छन्, सिमसार क्षेत्रमा आएको ह्रासकै कारण त्यहाँ एकसिङ्गे गैँडाको लागि घोेलको अभाव देखिन्छ ।

नेपालमा सिमसार क्षेत्रमा एक सय ७२ भन्दा बढीका लोपोन्मुख प्रजातिका वनस्पति र प्राणीहरू रहेका छन् । हाल नेपालमा स्थायी र अन्यत्रबाट बसाइसरी आउने जलपन्छीको संख्या सिमसार क्षेत्रको विनाशकै कारण घटिरहेको छ । चितवन मात्रै होइन पर्सा, बाँके, शुक्लाफाँटालगायत काठमाडौँको टौदह, चोभार, चराकै स्वर्ग मानिने सुनसरी समेतमा पानीको अभाव भएको छ । काठमाडौँको टौदह चोभारमा सुख्खा बन्दरगाहको चर्चा छ भने नेपालको पूर्वीक्षेत्र गुराँसको राजधानी हो । राष्ट्रिय गौरवको आयोजना भन्दै हाल कोशी कोरिडरमा विद्युत् प्रसारण लाइनअन्तर्गत ८ हजारको संख्यामा त्यसक्षेत्रमा रुख कटान हँुदै छन् । विकासले विनास निम्त्याउनु हुन्नथ्योे । सिमसार, जलवायु र मानव सभ्यतालाई धावा बोलिने गरी निम्ता गरिएको विकासले मानवलार्ई कहाँ पु¥याउँछ ? सुनसरीमा औद्योगिक र मानव अतिक्रमणका कारण कोशीटप्पुक्षेत्र साँघुरिएको छ । त्यहाँको जगदीशपुर तालमा हरेक वर्ष २५ हजारभन्दा बढी जलपन्छीहरू विचरण गर्न आउँथे भने यस वर्ष केवल १७ हजारको तथ्याङ्क बाहिर आएको छ । बाघ, गैँडा, हात्ती, अर्नाजस्ता ठूला जनावरका लागि पानीको आपूर्ति भइरहनु पर्ने र निरन्तर त्यहाँ चिस्यानको आवश्यकता पर्छ । गर्मीमा तिनीहरू घोलमा खेल्ने गर्छन् । प्रशस्त पानी भएको र हरियाली भएकै स्थानमा पाटे बाघले आप्mनो बासस्थान बनाउँछ ।

सिमसार भनौँ नदी, वन, जलाशयको अतिक्रमणकै कारण आज मानव आक्रान्त बनेको छ । ध्वनि, वायु एवं जल प्रदूषणका कारण कडा रोगको उच्च जोखिममा छ आज आम मानव । अधिक कार्बनको उत्सर्जनले कडा रोगको उच्च जोखिममा पनि छ । मानव सभ्यताको इतिहास लामो अर्थात् ५५ करोड वर्ष नाघिसकेको छ । ढुंगे युगको मान्छे आजको विकासक्रममा आइपुग्नु चानचुने कुरा होइन, साँच्चै भन्ने हो भने मान्छे पहिले फिरन्ते अवस्थामा नै थियो । जब–जब मानवले बस्ती बसाउँदै आयो उसले आपूmलाई नदी, जलाशय, खोलानालकै छेउ छाउ मन परायो । इन्दस नदीको वरपर हिन्द, मिश्र, रोम, मेसोपोटामिया जे भने पनि ठूला मानव सभ्यता सिमसार, नदी, खोलानाला, जलाशय वरपरबाटै सुरु भएको देखिन्छ । विश्व प्रसिद्ध सहर न्यूयोर्क, लण्डन, संघाइ, ढाका, दिल्ली, क्वालालम्पुर सबैजसो मुख्य सहरहरू नदी, खोला, सागर छेउछाउ नै छन् अहिले पनि ।

नेपालको राजधानी काठमाडौँ सहर बस्ती बस्नुपूर्व यहाँ रहेको पानीलाई वरदा र मोक्षदा शक्तिको प्रयोग गरी चोभारको डाँडो काटी पानी बाहिर पठाई सहर बसालेको इतिहास छ । भनिन्छ पानीको स्रोत मनपर्ने नेपालका अधिकांश क्षेत्रमा हाल पनि नाग देवता विराजमान छन् । काठमाडौँ उपत्यका मात्र होइन हाम्रा ठूला भनिएका मुख्य सहरहरू भद्रपुर, चन्द्रगढी, दमौली, पोखरा, विदुर बट्टार, जोमसोम, नारायणघाट, बुटवल, बेनी, महेन्द्रनगर सहर सबैजसो नदी खोला सिमसार क्षेत्रनजिकैै रहेका छन् । कार्बन उत्सर्जनको प्रमुख कारक मानिस नै हो तर प्रकृतिलाई नबिर्सने हो भने सिमसार, वन, नदी खोला नालाहरूले मानव उत्सर्जित कार्बनलाई सोसेर लिन्छ । विश्व खाद्य संगठन भन्छ माटोभित्र ३० प्रतिशत कार्बन संचित छ ।

जल, जमीन, वन, ऊर्जालाई खलल पु¥याउँदा जलवायु परिवर्तन र त्यसको नकारात्मक असरलाई मानव संसारले स्वीकार नगरी सुखै छैन । प्रकृतिले कार्बन लिन्छ, अक्सिजन दिन्छ । तर, मानवको अभिन्न अंग बनेको प्रकृतिको चरम विनाशतिर स्वयं मानव नै उन्मुख छ हिजोआज । संसारकै प्रसिद्ध मुलुकमा बढी चीसोका कारण मानिसको अवसान भएको छ । गत वर्ष माइनस ७० डिग्रीको सेल्सियस अमेरिकामा र अष्ट्रेलियामा प्लस ४७ डिग्री सेल्सियसको खबर बाहिर आएको थियो । प्लस ४७ डिग्री सेल्सियसको कथा व्यथाले के पूर्व, के पश्चिमा मुलुक सबैतिर सकस भइराखेको अवस्था छ । मान्छेले थाहै नपाएको कोरोनो भाइरस रोगसमेत मडारियो चीनबाट र संसारलार्ई थर्कायो । हजारौँले ज्यान गुमाए ।

पानी प्रदूषित हुनुमा, पानीमा जलचर नपाइनुमा मानव निर्मित प्रदूषण कार्बन उत्सर्जन नै हो । वन जंगलले, पानीले, जमीनले, नदी, सिमसारले कार्बनलाई सोसेर लिन्छ । विश्व स्वास्थ्य संगठनको भनाइमा पनि माटोभित्र ३० प्रतिशत कार्बन सञ्चित छ । कार्बन अक्साइडकै कारण आज मानव कडा रोगको उच्च जोखिममा छ । सबैभन्दा बढी कार्बन सोसेर लिने वन नै हो । वन, नदीनाला, सिमसार क्षेत्रको अतिक्रमणले मानव आफँै मृत्युको मुखमा परिरहेको छ । विश्व सिमसार दिवसको हालैको नारा जलवायु परिवर्तन र सिमसार भन्ने रहेको थियो । ताल, नदी, इनार, खोला, वन, जलाशयहरूको संरक्षण गर्ने काम स्थानीयकै हो, स्थानीय सरकारकै हो, सबैको हो ।

नेपालको अधिकतम तापक्रम हरेक वर्ष औसत शून्य दशमलव शून्य छ डिग्री सेल्सियसले बढेको छ । अन्य क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा यसको दर बढी छ । विश्व जनसंख्याको शून्य दशमलव चार प्रतिशत मात्र नेपालमा बस्छन्, विश्वको कुल हरितगृह ग्यासको करिब शून्य दशमलव शून्य २५ प्रतिशत मात्र नेपालले उत्सर्जन गर्छ तथापि वायुमण्डलमा नेपाल उच्च जोखिममा छ । विगत एक शताब्दीमा नेपालको उच्च भू–भाग हिमाली क्षेत्र सगरमाथाको हिमभाग तीन सय ३० फिट गलेको छ । फलस्वरूप नयाँ हिमतालको निर्माण हुनगएको छ भने यसै शताब्दीको अन्त्यमा नेपालको नदी नालाहरूमा पानीको बहाब भारी मात्रामा घट्ने छ । पानीको बहाबको कमीकै कारण भोलिको दिनमा ऊर्जा संकट थपिने सम्भावना बढी छ । नेपालको वार्षिक वर्षा क्रममा पनि व्यापक हेरफेर भएको छ । यसपालिको वर्षाले गरेको ताण्डव नृत्य कसैबाट छिपेको छैन । लामो समय खडेरी पर्ने वा तीव्र वर्षा हुने क्रम देखापरेको छ । अहिले रात र दिन दुवैमा चिसो कम छ । एक सय मिमि वा सोभन्दा बढी परिमाणमा पानी पर्ने दिनहरूको संख्या पनि बढ्दै छ ।

यता मुसलधारे वर्षा यसै वर्ष पनि धेरै देखिए । खण्डवृष्टि, अतिवृष्टि र अनावृष्टिले हाम्रो मुलुक आक्रान्त भएको छ । पानी पर्ने समय र यसको अवधिमा परिवर्तन भएको छ । एकातिर हिमनदीहरू पातलिएका छन् भने अर्काेतिर हिमतालको आकार बढ्दै गएको छ । जलवायु परिवर्तनकै कारण कृषि, जलस्रोत, वन, जैविक, विविधता, मानव स्वास्थ्य, पर्यटन र समग्र पूर्वाधारमै प्रभाव पारेको छ । हिजोआज भूस्खलन, बाढी, पहिरोजस्ता प्राकृतिक दुर्घटनाबाट धनजनको ठूलो विनाश भएको छ । तराई, पहाड र हिमाली क्षेत्रमा सबैतिर परेको असर र प्रभावको यकिन तथ्य समेत हामीकहाँ छैन । जलवायु परिवर्तन बारेको चेतना, अनुकूलनका अभ्यास र नवीकरणीय ऊर्जाको प्रयोग र प्रवद्र्धन गर्न जानेनौं हामीले । यसबारे प्रगति धीमा गतिमा छ । सन् २००९ देखि मात्र मुलुकले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय एजेण्डा प्रयोगमा ल्याएको हो । अन्तरिम योजना २०६४ ले मात्रै वातावरण व्यवस्थापन एवं जलवायु परिवर्तनको विषयलाई प्रत्यक्ष सम्बोधन गरेको पाइन्छ । दिगो विकास एजेण्डा २०५९ र सहस्राब्दी विकास लक्ष्य २०५८ ले पनि सम्बोधन सम्मचाहिँ गरेको हो ।

वायुमण्डलमा जल वायु परिवर्तन नियमित प्रक्रिया हो । तथापि उद्योग क्षेत्र र यातायातमा खनिज इन्धनको अधिक प्रयोगले यसको प्रक्रिया थप बढेको हो । वनविनाश, मानववस्तीको विकास, सहरीकरण, हरितग्यासको अधिक उत्सर्जनले जलवायु परिवर्तनमा तीव्रता आएको हो । सन् १९९२ मेमा संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि तयार भएको र यसैको जुनमा रियो द जेनेरियोमा वातावरण र विकाससम्बन्धी संरास सम्मेलनमा हस्ताक्षर खुला भई १२ जुन १९९२ मा नेपालले हस्ताक्षर गरी सन् १९९४ देखि नेपाल यसको पक्षमा आएकाले यति बेलादेखि नेपालमा यसबारे चासो बढेको हो । जलवायु परिवर्तनमा मानव क्रियाकलाप नै मुख्य कारण हो । हरित गृह ग्यासको उत्सर्जनमा वृद्धि हुँदा वायुमण्डल तात्ने हुनाले स्थान विशेषरूपमा जलवायु परिवर्तनबाट प्रभावित हुन्छ । फलस्वरूप अतिवृष्टि, अनावृष्टिको बढोत्तरी र ऋतुकालको छिटो छिटो परिवर्तन हुनेगर्छ । बेमौसममा गुुराँस फुलेका उदाहरण हामीले देखिसकेका छौं । मानव जीवन प्रकोप प्रभावित हुने कारण पनि बेमौसमी प्रभाव नै हो । यसको प्रत्यक्ष प्रभाव गरीव, विकासोन्मुख, भूपरिवेष्ठित र पर्वतीय मुलुकहरूमै बढी पर्ने गर्छ ।

हाम्रो इकोसिस्टममा परेको प्रभावबाट पनि यसलाई सहजै अनुमान लाउन सकिन्छ । जलवायु परिवर्तनको जोखिमबाट बच्ने उपाय भनेको जन चेतना नै हो, अनुकूलनका अभ्यासहरूको प्रवद्र्धन हो, नवीकरणीय ऊर्जाको प्रयोग हो । जलवायु परिवर्तनको प्रभावले खाद्यान्नमा संकट त आउँछ नै । खाने मुख थपिने तर उत्पादनहरू भने कम हुने कारण भागदौड प्रतियोगिताले समग्र सर्भाइभल सिस्टममै असर पर्छ भविष्यमा । यस अर्थमा हाम्रो भविष्य थप जोखिममा छ ।हामीकहाँ जलवायु पविरर्तनले आर्थिक र समग्र सामाजिक विकासका क्षेत्रमा परेको प्रभाव असर पर्नसक्ने प्रभावबारे यकिन गर्ने संयन्त्र अझ भनों वैज्ञानिक संयन्त्रको कमी छ । जोखिम क्षेत्रहरूको पहिचानको समस्या छ । हरितगृह ग्यास उत्सर्जन न्यून गर्ने संयन्त्रको विकास हुन सकेको छैन । सामाजिक र आर्थिक विकासलाई जलवायुमैत्री बनाउनु कम कठिन छैन ।

साथै उपल्लो र तल्लो तटीय भू–भागमा परेको र पर्नसक्ने प्रतिकूल प्रभावलाई न्यून गर्ने रणनीति तय गर्न सकिएको छैन । विकास निर्माण, बसाइसराइ, औद्योगिकीकरण, सहरीकरणजस्ता पूर्वाधार विकासका लागि हुन् विनाशका लागि होइनन् । प्राकृतिक क्षेत्रले भरिपूर्ण हाम्रो मुलुकले जलवायु परिवर्तनबाट हुनसक्ने लाभलाई लिन सक्नुपर्छ हानिलाई होइन । जलवायु परिवर्तनसम्बन्धी स्थलगत कार्यक्रमहरू गर्दा अत्यधिक खर्च स्थानीय त्यहीँकै लागि गर्नु बेस हुन्छ । प्राकृतिक स्रोतको व्यवस्थापन जलवायुमैत्री हुनुपर्छ ।

पूर्वाधार विकासलाई जलवायु समयानुकुल बनाउन जरुरी छ । स्वच्छ र नवीकरणीय ऊर्जा विकास, कार्बन व्यापारमा कटौती र दिगो विकासतर्फ अग्रसर हुन जरुरी छ । स्रोत व्यवस्थापन गर्दा भोलिको पुस्तालाई बिर्सनु हुन्न । पुनः नवीकरणीय र वैकल्पिक ऊर्जा, सोलार ऊर्जा वृद्धि गरी हरितगृह ग्यासको उत्सर्जन न्यून गर्नु पर्दछ । हिमाल, पहाड, चुरे, तराई क्षेत्र, प्राकृतिक सम्पदाले भरिपूर्ण छन् तिनको सन्तुलित र गतिलो दोहन गर्न सकिन्छ । बाँझो, छोडेको जमीन, पर्ती, बाढी पहिरोग्रस्त, भिरालो जमीनमा लाभदायक रुखबिरुवा रोप्न सकिन्छ । प्रकोप व्यवस्थापन गर्न बीमा नीतिहरू तय गर्न सकिन्छ । वर्षाको पानी संकलन, मुहानको भरपुर संरक्षण, पर्यावरणीय सरसफाइ, डढेलो नियन्त्रण, वन क्षयीकरणमा रोक, नदी किनारामा बस्ती विकासमा रोक, फोहोर मैलालाई स्रोतको रूपमा व्यवस्थापन गर्ने, प्रकोप नियन्त्रणका लागि पूर्वतयारी र समग्रमा इच्छाशक्ति नै आजको आवश्यकताको हो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया