पर्यटन प्रवर्द्धनमा नागरिकको भूमिका
काठमाडौं । सन् २०१९ को अन्त्य हुँदै गर्दा र सन् २०२० को सुरु हुँदै गर्दाको समयको हो । जुनबेला नेपाल सरकारले विभिन्न कार्यक्रमसहित सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने औपचारिकरूपमा घोषणा गरेको थियो । हुन त सो कार्यक्रम महात्वाकांक्षी रहेको थियो । किनभने त्यसबेला १० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने औपचारिक घोषणा गरिएको थियो । जबकि त्योबेला (सन् २०१७/२०१८/२०१९ ताका) नेपालमा वार्षिकरूपमा लगभग साढे १० लाख, ११ लाखदेखि १२ लाख चानचुन विदेशी पर्यटक मात्रै नेपाल भ्रमणमा आइरहेका थिए । तर नेपाल सरकारले भने झण्डै ५० प्रतिशत बढी अर्थात् सन् २०२० मा २० लाख विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउने महात्वाकांक्षी योजनासहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ भव्यरूपमा मनाउने औपचारिकरूपमा घोषणा गरेको थियो ।
ऊबेला २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने कार्यक्रमलाई नेपालका निजी क्षेत्रका विविध खाले पर्यटन व्यवसायीले पनि आ–आफ्नो तर्फबाट पनि विदेशी पर्यटकलाई विभिन्न सहुलियत र छुटका आकर्षक कार्यक्रमहरू ल्याएका थिए । यसरी हेर्दा नेपाल सरकारले विश्वका धेरैभन्दा धेरै देश र ती देशका नागरिकलाई नेपाल हुने विभिन्न खाले पर्यटकीय सम्भावना र भइरहेका विभिन्न पर्यटकीय गतिविधि सम्बन्धमा उद्देश्यमूलक जानकारीहरू दिने र प्रचारप्रसार गर्ने उद्देश्यले सन् २०१९ को डिसेम्बर महिनाको सुरुदेखि नै विभिन्न अनौपचारिक तथा औपचारिक कार्यक्रम गर्न सुरु गरिसकेको थियो । तर दुर्भाग्य के भइदियो भने सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको दक्षिणपूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट अचानक कोरोना फैलिन सुरु भयो । सामान्यरूपमा कोरोना फैलिन सुरु भएको केही समयपछि नै कोरोनाले विश्वव्यापी महामारीको रूप लिएपछि नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई भव्यरूपमा मनाउने घोषणा गरेको कार्यक्रमलाई स्थगित ग-यो ।
सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ को अवसरमा विभिन्न कार्यक्रमहरू सुरु भइसकेको थियो । साथै, धिमा गतिमा भए पनि आफ्नै ढंगले कार्यक्रम चल्दै थियो । सोही अवसरमा निजी क्षेत्रका पर्यटन व्यवसायी तथा पर्यटन उद्यमीले पनि ‘नेपाल भ्रमण–२०२०’ को अवसरलाई टेवा पुग्ने किसिमका विभिन्न कार्यक्रमहरू गरेका थिए, गर्दै थिए । सो अवसरमा देशका विभिन्न क्षेत्रका खासगरी पर्यटनसँग सम्बन्धित रहेर उद्योग–व्यवसाय गर्ने निजी क्षेत्रका धेरैजसो उद्योगी–व्यवसायीजस्तै ट्रेकिङ एजेन्सी, ट्राभल एजेन्सी, पर्वतारोहण संघ, होटल संघ नेपाल, होमस्टे, -याफ्टिङलगायत पर्यटनसँग सम्बन्धित उद्योगी–व्यवसायीले नेपालमा भ्रमण गर्न आउने विदेशी पर्यटकलाई विभिन्न खाले छुट र अतिरिक्त सेवा, सुविधा, सहुलियतका योजनाहरू ल्याएका थिए, लागू गरेका थिए । जुनकुरो निजी क्षेत्रबाट गरिएको धेरै नै राम्रो काम रहेको थियो । किनभने निजी क्षेत्रको त्यस्तो कार्यक्रमले समग्र नेपाल र नेपाली पर्यटन क्षेत्रबारे विश्व पर्यटन बजारमा राम्रो सन्देश जाने थियो ।
पूर्वी पहाडी जिल्लामा अवस्थित इलाम जिल्लाका होटल व्यवसायी संघले गरेको सम्भवतः नेपालभरिकै होटल, लज, गेस्ट हाउस, होमस्टे, रेस्टुरेन्टसँग सम्बन्धित व्यवसायीका लागि एक अनुकरणीय र मननीय काम गरेको थियो । त्यो हो, ‘नेपाल भ्रमण वर्ष–२०२०’ को अवसरमा सन् २०१९ को अन्तिम रात बिताउन इलाम जिल्लाको सदरमुकाम इलाम बजारमा बास बस्न पुगेका विभिन्न देशका पर्यटकलाई एक रूपैयाँ मात्रै शुल्क लिएर ‘एक रात बास र दुई छाक खाना’ सित्तैमा (कम्प्लिमेन्ट्री) उपलब्ध गराउनु । इलामेली होटल व्यवसायीले गरेको सो कामका सम्बन्धमा राष्ट्रिय समाचार समिति (रासस) ले समाचार बनाएको थियो । सो समाचारलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले प्रचारप्रसार गरेका थिए । यसरी भ्रमण वर्ष सन् २०२० को पहिलो दिन लाग्ने र सन् २०१९ को अन्तिम रात बिताउने विदेशी पर्यटकलाई इलाम जिल्लाको सदरमुकाम इलाम बजारमा सञ्चालित होटलहरूले एक रूपैयाँ मात्रै शुल्क लिएर विभिन्न देशका पर्यटकहरूलाई ‘एक रात बास र दुई छाक खाना’ सित्तैमा (कम्प्लिमेन्ट्री) उपलब्ध गराउनुलाई कम आँक्न हुँदैन । त्यसो त संयोगले सन् २०१९ को अन्तिम रात बिताउन इलाम बजार पुगेका विभिन्न देशका पर्यटकहरूले यसरी कहिल्यै कल्पना नगरेको फल प्राप्त गरेपछि (‘एक रात बास र दुई छाक खाना’ सित्तैमा अर्थात् कम्प्लिमेन्ट्रीमा पाएपछि) आश्चर्यमा परेको भनी समाचारमा उल्लेख गरिएको थियो । निश्चय नै उनीहरूले आफूहरू आश्चर्यमा मात्रै नपरेर आफूहरू आफ्नो देशमा फर्केर गएपछि इलामको मात्रै नभएर समग्र नेपालको पर्यटन र नेपाल भ्रमण वर्षको प्रचारप्रसार गर्ने बताएको भनी समाचारमा जनाइएको थियो । सानो होस् वा ठूलो, सकारात्मक काम–कुरोले मान्छेलाई सधैँका लागि सकारात्मक बनाउँछ भन्ने उदाहरण पनि हो, इलामेली होटल व्यवसायीले त्यसबेला गरेको कामले देखाएको नतिजा अर्थात् विदेशी पर्यटकले गरेको प्रण ।
नेपालका पर्यटन व्यवसायीजस्तै ट्रेकिङ, ट्राभल, होटल, होमस्टे, -याफ्टिङ, जंगल सफारी, शिकार पर्यटन, निकुञ्ज पर्यटनलगायत पर्यटनसँग सम्बन्धित व्यवसायीले नेपालमा भ्रमण गर्न आउने विदेशी पर्यटकलाई सन् २०२० को अवधिभर विभिन्न खाले र अतिरिक्त सेवा, सुविधा, सहुलियत र छुटहरू दिने भनी केही महिनाअघि नै घोषणा गरेका थिए । त्योबेला ट्राभल एजेन्सीको छाता संगठन ‘नाट्टा’ले ग्राहकलाई १० प्रतिशत छुट दिने घोषणा गरेको थियो भने ट्रेकिङ एजेन्सीको संगठन ‘टान’ले २० प्रतिशत छुट दिने घोषणा गरेको थियो । त्यस्तै गरेर होटल, लज तथा होम स्टेहरूले बेडमा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने जनाएको थियो । चाहेमा नागरिकस्तरमा पनि केही गर्न सकिन्छ भन्ने उदाहरण इलामेली होटल व्यवसायीका साथै समग्र नेपाली पर्यटन व्यवसायीले केही उदाहरणीय काम गरेर देखाएका थिए ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया