Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोना कहर : लकडाउन र नेपाली जनजीवन

कोरोना कहर : लकडाउन र नेपाली जनजीवन


निनाम कुलुड. ‘मंगले’
कोभिड–१९ को सुरु कथा : यो लेखको सुरुमै जानकारी गराऊँ कि, सन् २०१९ को डिसेम्बर अन्त्यतिर सुरु भएको र हाल विश्वको लगभग हाल विश्वको लगभग सबै देशहरू अर्थात् विश्वमा रहेका एक सय ९३ सार्वभौम सत्ता भएको देश तथा अरुको अह्रनखटनमा रहने वा भनौँ स्थानीय (सरकार) सत्ता, राष्ट्रिय झण्डा र अलग मुद्राबाहेकका सबै हकधिकार अरु देशले लिएको (केही टापु देशहरू) गरी दुई सय २० देशहरू रहेको मानिन्छ । ती दुई सय २० वटा देशमध्ये दुई सय १० वटा देशमा ‘नोबेल कोरोना भाइरस’ (कोभिड–१९) ले आफ्नो प्रभाव जमाएको छ । तर, ‘नोबेल कोरोना भाइरस’ (कोभिड–१९) को सुरुवात कहाँबाट र, कसरी सुरु भयो त ? सो बारेमा तल केही चर्चा गरिएको छ ।

चिनियाँ डाक्टर तथा लेखक प्राडा वाङ चुङले ‘नोबेल कोरोना भाइरस’ (कोभिड–१९) को सुरुवात कहाँबाट, कहिले र कसरी सुरु भयो ? सो बारेमा एक लेख लेखेका थिए । सो लेख नेपालको एक अनलाइन (सहयोगी रातोपाटी अनलाइन) ले २ फागुन, २०७६ मा प्रकाशित गरेको थियो । प्राडा वाङ चुङले आफ्नो सो लेखमा उल्लेख गरेअनुसार, सन् २०१९ को डिसेम्बर २६ मा ‘शांघाई सार्वजनिक स्वास्थ्य क्लिनिकल सेन्टर’को वैज्ञानिक अनुसधान परियोजनाले वुहान सहरीया केन्द्रीय अस्पताल तथा वुहान रोग नियन्त्रण र रोग रोकथाम केन्द्रबाट पठाइएको अस्पस्ट कारणले ज्वरो लागेको बिरामीको नमुना संकलन गरेको थियो । डिसेम्बर २६ मै हुवेई प्रान्तको परम्परागत चिनियाँ र पश्चिमी चिकित्साको एकीकृत अस्पतालअन्तर्गत श्वासप्रश्वास चिकित्सा विभागका निर्देशक झाङ जी सियनले आफ्ना बिरामीहरूलाई उपचार गराउने क्रममा ४ जना असामान्य निमोनिया लागेका बिरामी भेटे । यसरी ‘कोरोना भाइरस निमोनिया’को प्रकोप आकस्मिकरूपमा सुरु भयो । जसलाई सुरुमा ‘नोबेल कोरोना भाइरस’ (एनसीभी) नाम दिइयो भने, हाल ‘कोरोना भाइरस डिजिज–२०१९’ को छोटकरी नाम (कोभिड–१९) ले चिनिन्छ ।

सुरुमा चीनको दक्षिण–पूर्वी हुवेई प्रान्तको राजधानी वुहानबाट फैलन सुरु भएको ‘नोबेल कोरोना भाइरस ‘नोबेल कोरोना भाइरस डिजिज–१९’ (कोभिड–१९) नामक संक्रामक रोगको महामारीले हाल विश्वलाई नै आतंकित पारेको त माथि नै उल्लेख भएको छ । संयुक्त राष्ट्र संघअन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि यो रोग (कोभिड–१९) लाई विश्वभरि फैलिएको महामारी (प्यान्डेमिक) भनी सन् २०२० को मार्च ११ मा घोषण गरेको छ ।

यसरी हेर्दा चीनबाट सुरु भएको नोबेल कोरोना भाइरस (कोभिड–१९) नामक संक्रामक महामारीले आजका मितिसम्म विश्वका लगभग २८ लाख ३३ हजारभन्दा बढी मानिसहरूलाई बिरामी बनाएको छ भने एक लाख ९७ हजार चार सय बढी मानिसहरू (कोभिड–१९) को माहामारीको भाइरसका कारण बिरामी भएर मरेका छन् । त्यसो त २८ लाख ३३ हजार बिरामी भएका मानिसमध्ये आठ लाख सात हजार तीन सयभन्दा बढी मानिसहरू यो महामारीबाट निको भएर घर फर्केका छन् भने ५८ हजार छ सयभन्दा बढी मानिसहरू अझै पनि सिकिस्त बिरामी रहेका छन् । हुन पनि गर्मी लागेपछि आफैं कम हुँदै जाला वा निमिट्यान्न होला कि ! भनी सुरुमा विज्ञहरूले आशा गरेका थिए । तर, यो (कोभिड–१९) को महामारी अप्रिलको सुरु–मध्यतिर आइपुग्दा नपुग्दै विश्वकै विकशित र सुविधासम्पन्न देशहरूमा झनै फैलँदै गएपछि विज्ञहरूले पनि यसै भन्न नसक्ने अवस्था आएको छ । त्यसैले अझै पनि (कोभिड–१९) को संक्रामक भाइरसको महामारीका कारण कति मानिसहरू बिरामी हुने हुन, कति मानिसहरू मर्ने हुन् ? हामी जस्ताले अहिले नै किटेर यसै भन्न सक्ने अवस्था छैन ।

यसरी सन् २०१९ को डिसेम्बर अन्त्यतिर सुरु भएको र फेब्रुअरी को सुरु–मध्यतिर विश्वको लगभग एक सय ९३ देशमा फैलिएको (कोभिड–१९) को संक्रामक रोगलाई केही देशले भने, आफ्नो देशमा लक्षण देखा पर्नेबित्तिकै ‘नोबेल कोरोना भाइरस डिजिज’ (कोभिड–१९) ले आफ्नो देशमा पनि महामारीको रूपमा फैलिहाल्छ कि ! भनेर भविश्वलाई दृष्टिगत गरी पहिले नै सावधानी अपनाएकोले गर्दा हालसम्म पनि ती देशमा (कोभिड–१९) ले उनीहरूलाई ठूलो स्केलमा सताएको छैन । यस्तो देशमा खासगरी सिंगापुरलगायत देशहरू पर्छन् । जुन देशहरूले प्रशस्त बेला छँदै र ‘नोबेल कोरोना भाइरस डिजिज–२०१९’ अर्थात् (कोभिड–१९) रोगको संक्रमणले आफ्नो देशमा व्यापकरूपमा फैलीनुअघि नै प्रभावकारी ढंगले पाइला चालिहालेको गर्दा पर्यटकीय र व्यापारिक देश भएर पनि सिंगापरमा ‘नोबेल कोरोना भाइरस डिजिज–१९ अर्थात् (कोभिड–१९) रोगको संक्रमणले धेरै ठूलो रूपमा टाउको उठाउन पाएन ।

हुन त हाल सिंगापुरमा १२ हजारभन्दा बढीलाई (कोभिड–१९) को महामारीले बिरामी भएका छन् भने (कोभिड–१९) को महामारीले बढी प्रभावित देशको रूपमा सिंगापुर २८औं देशको रूप रहेको छ । जब कि सुरुमा एक हजारको हाराहारीमा मात्रै सिंगापुरे जनताहरू (कोभिड–१९) को संक्रमणले प्रभावित वा भनौं संक्रमित भएका थिए । वास्तवमा (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारीबाट बच्न तलसम्म (संक्रमित व्यक्तिले अर्को व्यक्ति वा पूरै घरपरिवार र समाजलाई) संक्रमित नगरोस्/भाइरस नसारोस् ! भनेर अपनाउने सबैभन्दा उत्तम उपायको रूपमा ‘लकडाउन’ नै देखिएको छ । त्यसैले (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारी तलसम्म नफैलियोस् भनेर धेरै देशहरूले ‘लकडाउन’ वा संकटकाल लागू गरेका छन्, लागू गरेको मात्रै होइन कि, (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारी तलसम्म नफैलियोस् भन्ने हेतुले लागू गरेको ‘लकडाउन’ वा संकटकालले प्रभावकारी देखिएपछि ‘लकडाउन’लाई अरु समय थप गरेका छन् ।

यता नेपाल सरकारले पनि (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारीको कारण नेपालीहरू बिरामी अर्थात् (कोभिड–१९) को महामारीको ‘पोजिटिभ’ भएकाहरूबाट अरु व्यापकरूपमा नफैलियोस् भन्नका लागि विश्वका अन्य केही देशहरूले झैं ‘लकडाउन’कै उपाय अवलम्बन गरेको छ । विसं २०७६ चैत ११ गतेदेखि एक हप्ताका लागि लागू भएको थियो । तर, चैतको १४÷१५ गते सुदूरपश्चिममा (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारीका प्रभावित भएर आएका (विदेशबाट आएका) बाट आफन्तमा (कोभिड–१९) नामक संक्रामक भाइरस सरेको देखिएपछि अर्थात् भाउजु नाता पर्नेमा ‘पोजिटिभ’ देखिएपछि चैत २४ गतेसम्म लकडाउन थप गरियो । तर, त्यहीबीचमा देशको विभिन्न ठाउँमा पनि (कोभिड–१९) नामक संक्रामक भाइरसको पोजिटिभ भएका मानिसहरूको संख्या बढ्दै गएपछि सरकारले फेरि लकडाउन थप्यो ।

वैसाख १/२ गतेतिर उदयपुरलगायत जिल्लामा एकैचोटि ठूलो संख्यामा (कोभिड–१९) को महामारीको ‘पोजिटिभ’ देखिएपछि सरकारले एकैचोटि वैखाख १५ गतेसम्मलाई लकडाउन थपेर लागू गरेको छ । अझै पनि लकडाउन थपिने हो वा हट्ने हो ? के हुने हो ? अहिले नै कसैले केही भन्नसक्ने अवस्था छैन । हुन त पछिल्लो पटक सरकारले अवस्था हेरेर (कोभिड–१९) को महामारीको ‘पोजिटिभ’ वा भनौं प्रभाव नदेखिएको ठाऊँमा खोल्दै जाने र (कोभिड–१९) को महामारीको ‘पोजिटिभ’ धेरै देखिएको वा भनौं प्रभावित भएका ठाउँहरूमा लकडाउन कायमै राख्ने मनस्थितिमा रहेको देखिन्छ । जन उपाय धेरै उत्तम उपाय हुन सक्ने देखिन्छ ।

हुन पनि विश्वका लगभग २ चौथाइ जनसंख्या (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारीको आतंक र त्रासबीच ‘लकडाउन’ र ‘संकटकाल’को सामना गर्दै कष्टकर जीवन बाँचिरहेका छन् । त्यसो त राज्य व्यवस्था राम्रो भएको, सरकार विश्वासिलो एवं दह्रो भएको र, सुशासनको ग्यारेन्टी भएको देशको जनताहरूलाई त ‘लकडाउन’ र ‘संकटकाल’ले व्यक्तिगत स्वतन्त्रताको मात्रै चिन्ता थपेको छ । उनीहरू आफूले चाहेअनुसार घुमफिर गर्न चाहेअनुसारको गर्न मात्रै पाइरहेका छैनन् । अर्थात् उनीहरूलाई ‘लकडाउन’ र ‘संकटकाल’ अवधिभरि कसरी

बाँच्ने ? भन्ने र अहिले के खाने भरे के खाने ? भोलि के … ? भन्ने खासै चिन्ता भने छैन । किनभने, ती देशका सरकारले नै आफ्नो जनताहरूका लगि सबै कुरोको व्यवस्था गरी दिएको छ । किन कि, ती देशका सरकार तथा राज्य प्रमुखहरू र नीति निर्माण गर्ने तहमा बसेकाहरूलाई ‘मानव पुँजी’ भनेको के हो ? भन्ने राम्रोसँग बुझेका छन्, आत्मसात गरेका छन् । तर, नेपाल, भारत, पाकिस्तान, बंगलादेश आदि देशका सरकार प्रखुम, राज्य प्रमुख र नीति निर्माण तहमा बसेकाहरूलाई त ‘मानव पुँजी’ न मानव सु… ! उनीहरू जसरी बाँचून् मतलब छैन !


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया