कैलाश यात्राको अनुभूति
काठमाडौं । काठमाडौंबाट ‘एक्सप्लोर भ्याकेसन’को टिमले २४ भदौ २०८० मा दश दिनको मानसरोवर र कैलाशको परिक्रमा गराउने उद्देश्यले ४१ जनाको टिम दुईवटा बस लिएर टिम लिडर सुष्मा गुरुङ्गको नेतृत्वमा काठमाडौंबाट बिहान ७ बजे प्रस्थान ग-यो । नुवाकोटको थापागाउ“मा बिहानको खाजा खाएर हामी त्यहाँबाट विदुर हुँदै बेत्रावतीबाट रसुवागढीमा साँझ पुगियो । कैलाश पर्वत मानसरोवरको सबैभन्दा ठूलो चुनौती नै लेक लाग्नु वा हाई अल्टिच्युटबाट ग्रसित हुनु हो । यसको लागि रसुवागढीदेखि नै हरेक दिन खाना खाएपछि दीर्घरोगी र साधारण मानिसहरूलाई सोधेर कसैलाई आधा र कैसैलाई फुल ट्याब्लेट हाइ अल्टिच्युटको औषधी दिने रहेछ । त्यसपछि धेरैजसोले आफ्नो घरायसी औषधी पनि लगेको पाइयो । कसैले लसुन, अदुवा, कपुर, टिमुर आदि लिएर गएका थिए । हाम्रो टिमका धेरैजसोले यसको पनि भरपूर सेवन गरियो हामी होटल रिभरभिउमा रात बसियो ।
भोलिपल्ट बिहान खाजा खाएर हामी आफ्नो नाकाबाट अध्यागमनको काम पूरा गरेर विदेशी भूमिमा पाइला टेकियो त्यहाँबाट पनि इम्मिग्रेसन पास गरेर तिब्बतको भूमिमा हामीलाई नेपाली टिम लिडर आरके गुरुङ्गले तिब्बती गाइड र तिब्बती गाडीको व्यवस्था गरेर बस्नु भएको रहेछ ।
तिब्बत साइडमा दुईवटा बस र एक भ्यान लिएर खाना बनाउने र हेल्पर समेत गरेर कुल ५१ जनाको यात्रा त्यस ठाउँबाट २५ कि.मि. पर गएर केरुङ्गको उचाइ २९०० मिटरको होटल मुस्ताङ्गमा बसियो । त्यस होटलको किचेन लिएर हाम्रा कुक र सहयोगीहरूले नेपाली खाना बनाएर खुवाए भने हामीहरू त्यहाँको बजार तथा मन्दिरहरू घुमघाम गरियो । धेरैजसो मानिस र पसलहरू नेपालीका हुँदा गुम्बा पनि प्यागोडा शैलीमा बनाएकाले गर्दा नेपालमै घुमेको अनुभव भयो । रात छिप्पिँदै गएपछि हामी होटलमा आ–आफ्नो रूममा सुत्न गयौँ र भोलिपल्ट बिहान नास्ता गरेर केरूङबाट हामी रमणीय दृश्यहरू अवलोकन गर्दै भजनहरू गाउँदै रमाउँदै सागातिर लागियो । साढे चार घण्टाको हिँडाइपछि ५३ सय मिटर उचाइको अग्लो पहाड गाडीबाट चढ्दा पनि श्वासप्रश्वास गर्न गारो अनुभव भएको र धेरैको अनुहारमा रातो र शरीरमा तातोपनको फिलभएको थियो भने हाम्रा गाइडहरूले नसुत्नु भनेको थियो । हाल चाइना सरकारले यो पहाडलाई तल फेदीबाट सुरुङ्गमार्ग बनाउँदै छ ।
त्यस ठाउँबाट तल झर्दै गर्दा नुनको ठूलोठूलो ताल देखियो । त्यस तालको अलिक तलतल गएपछि कैलाशबाट आएको ब्रह्मपुत्र नदीको पुल क्रस गरेपछि लासाबाट कैलाश र केरूङ्गबाट कैलाश जाने दुवैको संगम हो ब्रह्मपुत्र नदी । त्यहाँबाट हामी रमणीय दृश्य हेर्दै जाँदा जंगली घोडा पनि बाटामा देखियो । ४५०० मिटर उचाइमा सागा पनि पुगियो र सागामा द ग्राण्ड होटलमा बास बसियो । सागाबजार राम्रो थियो हामीबजार घुम्न थालियो । हाम्रा सहयोगीहरूले किचेन लिएर खाना बनाउन थाले र बेलुकाको खाना खाइयो र कोठातिर गएर निन्द्रा देवीको आराधना गर्दै सुतियो ।
भोलिपल्ट सागाबाट हामी बिहान नास्ता गरेर मानसरोवरतिर लागियो । बाटामा दृश्यहरू अवलोकन गर्दै जाँदा चौरी चरिरहेको, ठाउँठाउँमा भेडा, च्याङ्ग्रा चरिरहेको र जंगली घोडाहरू दौडिरहेको हेर्दै आज पनि हामीले वनभोज खाएजस्तो बाटो नजिकको चौरमा चौरी चरेको र भँेडा चरेको हेरेर खाना खाइयो । त्यहाँबाट रमाइलो दृश्य हेर्दै पाँच घण्टामा सफरपछि मानसरोवरको छेउमा पुगेपछि बोर्डरबाट आएको चाइनिज गाडी मानसरोवर नजिकै छाडेर मानसरोवरको परिक्रमाको लागि त्यहाँकै चाइनिज गाडीले मानसरोवरको यात्रा गराउँछ र त्यसैले दार्चिनसम्म पु¥याउँछ । मानसरोवरको दक्षिणपट्टिको भागबाट जल पनि लिइयो र त्यस ठाउँबाट कैलाशको पनि दर्शन गरियो । एक घण्टा रमणीय ठाउँमा बसेर फोटो पनि खिचियो । यस ठाउँबाट पहिलोपटक कैलाश देख्न पाउँदा सारै रमाइलो र खुशीको अनुभूति भयो ।
त्यहाँबाट हामी मानसरोवरको किनाराको होटल भएतिर लागियो । होटल भने ठूलो २००, ३०० अट्ने एक कोठामा चार/पाँचवटा खाटमा सुत्नुपर्ने तर दिसापिसाबको लागि भने बाथरुम थिएन । बाथरुम नहुँदाको मजा खुला आकाश रातको समय बाथरुम युज गर्दा पनि स्वर्गीय अनुभूति भयो ।
मानसरोवर स्नान गर्ने र कैलाश पर्वतको परिक्रमा गर्ने व्यक्ति जिन्दगीमा जानेर वा नजानेर गरेका सबै पापहरू मेटी शरीरमा भएका सबै रोगहरूबाट मुक्त पाइने र कैलाश परिक्रम (कोरा) गर्ने व्यक्ति सिधै ब्रह्मलोकमा पुग्न सक्छ भन्ने आमविश्वास छ । यो कुरा रामायणमा लेखिएको पाइन्छ ।
भोलिपल्ट बिहानै मानसरोवरमा स्नान गरी पूजा पाठ गरियो र नजिकैको छिउ गुम्बा र नयाँ बन्न लागेको बजार पनि घुमघाम गरियो । छिउ गुम्बाभित्र भएका गुरू रिम्बोच्छे शाक्यमुनि पद्म सम्भवको दर्शन पनि गरियो र गुम्बाको माथिबाट मानसरोवर ताल र कैलाशको भ्युज राम्रो देखिन्छ । त्यस ठाउँबाट विभिन्न कोणमा फोटोहरू लिइयो । त्यहाँबाट हामीहरू होटलतिर आइयो, खाना तयार भइसकेको रहेछ र हामीहरूले खाना खाइयो र आ–आफ्नो सामानहरू प्याक गरेर हाम्रा टिम लिडरलाई बुझाइयो । हामी ४७ सय मिटर उचाइमा रहेको दार्चिन शहरतिर लागियो । जम्मा एक घण्टाको सफर भएकाले हामी आरामले दार्चिन पुगियो । यस ठाउँमा धेरै राम्राराम्रा होटलहरू रहेछन् । हामीहरू हिमालयन कैलाश होटलमा बसियो । आफ्नोआफ्नो कोठामा सामान राखेर यो कैलाशको बेसक्याम्प बजार हेर्नका लागि हामीहरू हाम्रो टिम गाइड आरके गुरुङ्गले बजारतिर लगेर भन्नुभयो– भोलि कैलाश परिक्रमाका लागि छुटेका केही सामानहरू छ भने यस बजारमा लिनु भनेपछि हाम्रा साथीभाइहरूले आवश्यकताअनुसार अक्सिजन बोतल, ट्र्ेकिङ्ग लौरो, वर्षादि, चस्मा र गिफ्ट सामानहरू किनियो र यति उचाइमा पनि सारै राम्रो फूलहरू फुलेको देख्दा गरे के हँुदो रहेनछ भन्ने यस ठाउँले देखाएको छ ।
साविकैजस्तो हाम्रो कुक टिमले नेपाली खाना बनाएर बेलुकाको खाना खाइयो । त्यसपछि सबै जना आ–आफ्नो रूममा गएर भोलिको तयारी त कोही रूमबाट कैलाश हेरेर रमाइलो लिइरहेको पाइन्छ । त्यसपछि भोलिपल्ट बिहान नास्ता गरेर दिनको प्याकेज खानालिएर देरापुकतिर लागियो । यो बस त यमद्वारसम्म मात्र जाने रहेछ । १५/२० मिनेटमा नै यमद्वार पुगियो । यमद्वारको उत्तरपट्टि रहेको टहरामा मरेको मानिसको लासलाई राख्ने र बिहानै लामा गुरूहरूले मन्त्रवाचन गरेर लासलाई काटेर टुक्राटुक्रा पारेर गिद्धलाई खुवाउने ठाउँ पो रहेछ ।
यमद्वार तीन चोटी परिक्रमा गरेर कैलाशपर्वत परिक्रमा गर्ने र परिक्रमा नगर्ने यहीँबाट छुट्टिएर जाने देरापुकतिर जाने र नजाने जति त्यहीबाट कैलाश परिक्रमा सकेर फर्कने रहेछ । हाम्रो टोलीमा जम्मा ५१ जनाको टोली थियो । यहाँबाट कोराको लागि ५१ जनामध्ये ३६ जना परिक्रमा लाग्ने बाँकी १५ जना दार्चिनमै हामीलाई कुरेर बस्नुहुन्छ । ३६ जनामध्ये ६ जना तीर्थयात्रीको सहयोगमा आर.के. गुरूङ्गको नेतृत्वमा परिक्रमामा सामेल थियो भने ३० जना धार्मिक तीर्थयात्री थिए ।
यमद्वारमा तीनपटक परिक्रमा गरेर हामीहरूको सामूहिक फोटो खिचेर देरापुकतिर लागियो । सारै रमाइलो खोलाको तिरैतिर शितल र रमणीय वातावरण जाडो र गरम कुनै थिएन । बाटोमा कोरा गर्ने मानिसहरू पनि धेरै नै संख्यामा बाटोमा भेटिन्थ्यो भने उनीहरूलाई हाम्रो साथीहरूले केही खानेकुरा पनि दिए र बाटोमा न्याउरीमुसोभन्दा केही ठूलो ममुथ पनि देखियो भने कालो ठूला कौवा, चिल, परेवा, भँगेरा, चौरीले भारी बोकेको र घोडामा परिक्रमा गर्ने मानिसहरू पनि बोकेको पनि देख्न सकिन्छ । खोला कलकल बगिरहेको, माउन्ट कैलाश टलटल टल्किरहेको देख्दा हामी साह्रै भाग्यमानी रहेछौँ भन्ने अनुभूति भयो । हामी घरदेखि हिँडेबाट केरूङमा राति पानी परेकाले होला यात्राभर साह्रै सफा आकाशले गर्दा मानसरोवर ताल, राक्षस ताल र कैलाश पर्वत साह्रै सफा तथा टलक्ल टल्केको देख्न पायौँ । बिहानै हामीहरूलाई दिएको प्याकेज लन्च खोलाको नजिकै एक होटलमा बसेर हामीले लन्च खाएर होटलको पनि खाना चाख्ने भनेर मेरा साथी सुदर्शन खड्काले चाइनिज चाउमिन बनाउन लगाइयो । मैले र मेरा साथीहरूले सो चाउमिन खायौँ । पिरोले गर्दा अलिक गाह्रो परेको थियो । दक्षिण साइडतिरबाट कैलाशपर्वतको फोटो खिचियो, सानो बजार घुमियो । यस ठाउँमा घोडाको व्यवस्था पनि हुँदोरहेछ । यस ठाउँमा हाम्रा यात्रुहरूले कैलाश पर्वतको अवलोकन गर्दा कसैले नागले बेरेको जस्तो देखे, कसैले हात्तीजस्तो देखे, कसैले गंगाको जटाजस्तो देखे, कसैले ॐ आकार देखे भने मैले शिवलिङ्ग जस्तो देखेँ । सबैले आ–आफ्नो कल्पनामा रमाएर जे सोच्न थाले त्यस्तै देख्न थाले ।
दार्चिनबाट छ किलोमिटर हिँडेपछि देरापुकबास बस्न पुगियो, होटल भने तीन सय जतिमानिस अट्ने रहेछ । तर हालत चाहिँ मानसरोवरको जस्तै । कैलाशको उत्तरी फेस साह्रै राम्रो देखिन्थ्यो हामीले होटलमा आ–आफ्नो रूमबाट पनि राम्रोसँग कैलाशपर्वत देख्न सकिन्थो । होटलबाट १०–१५ मिनेट उकालो चढेपछि कैलाशपर्वत नजिकैबाट धेरै कल्पनाअनुसार कैलाशपर्वतको पहाड फेरिरहेको देख्न सकिन्छ । सबैजना रमाइलो मनाउँदा दुईजना भने हाइ अल्टिच्युटले गर्दा देरापुकबाट एम्बुलेन्समा दार्चिनै फर्किनुभयो भने बाँकीले रातको खाना खाइयो र आ–आफ्नो कोठामा सुत्न गइयो भने म मेरो कोठाबाट ननिदाउँदासम्म कोठामा कैलाश हेरेर ध्यानमा बसियो र निन्द्रादेवी सुरू भएपछि सुतियो भने बिहान सबेरै उठेर त्यसपछि बिहानको नास्ता लिएर दिउँसोको खाजा प्याकेज पनि बोकियो र लागियो सबैभन्दा अग्लो ढुङ्गे बाटो । यसको उचाइ ५६३३ मिटरभन्दामाथिको पहाड छ घण्टाको उकालो उक्लेपछि आइपुग्यो डोल्माला भञ्याङ्ग पुगियो । यस भञ्याङ्गमा बुद्ध धर्मालम्बीहरूले पाँच रंगको मन्त्र लेखेको ध्वजापता चडाउँदै रहेछन् भने धुप पनि हाल्दा रहेछन् । अलिक हिउँ पग्लिएको पानीले गर्दा अलिक चिप्लो बाटो भएकाले सारै होसपूर्वक हिँड्नुपर्दो रहेछ । यहाँसम्म आइपुग्दा अँध्यारोमा नै हिँडेकाले हो कि सबै जना तितरवितर भइसकेकाले कसैलाई पनि एकै साथ भेट्न सकिएन । धेरै उचाइको ढुङ्गेबाटोको चढाइमा २८ जनामध्ये एक जना मथुरा खड्का भने हिँड्नलाई गाह्रो भएकाले उहाँलाई त्यस ढुङ्गेबाटोको लागि एक घोडाको व्यवस्था गरेर डोल्माला भञ्याङ्गसम्मको सुविधा दिइयो र घोडाबाट उत्रनेबित्तिकै उहाँलाई हाइ अल्टिच्युटले गर्दा अक्सिजन कमी हुन गयो र हाम्रो टिम लिडर आरके गुरुङ्ग घोडासँगै भएकाले तुरुन्तै अक्सिजन दिएर ओरालोतिर अगाडि बढाउन थाले । ओरालो लागेपछि सजिलो हुँदै गयो ।
डोल्मालापासबाट झर्दा गौरीकुण्ड बाटैमा देखियो तर धेरै गहिराइमा भएकाले सारै कठिन यात्रा भएकाले हाम्रो गु्रपमध्ये एक जना त्यस कुण्डमा जानु भएकाले हामीहरूमाथि बाटैमा कुरेर बसेको हँुदा गौरीकुण्डको डिलमा हाम्रो गु्रप सबैजना भेट भयो ।
गौरीकुण्ड महादेव र पार्वतीको स्नान गर्ने ठाउँ र गणेशको जन्म स्थान पनि हो भन्ने धार्मिक किम्बदन्तीमा पाइन्छ । अब ओरालोतिर लागियो लगभग दुई घण्टा जति ओरालो हिँडेपछि १६ किमि तेर्साे बाटो हिँडियो र जुटुलपुक पुगियो तर त्यहाँ पनि होटल सारै राम्रो तर उही बाथरुम भने छैन । यस ठाउँको उचाइ ४७९० मिटर रहेछ । यस ठाउँबाट मथुरा खड्कालाई भोलिपल्ट गाडी मगाएर दार्चिनसम्म जानुभयो भने बाँकी भोलिपल्ट बिहानै अधेरीमा चिया खाएर हामी फलामले घेरेको बाटो तल खोला बगिरहेको डरलाग्दो बाटो ३/४ घण्टा हिँडेपछि पुगियो गाडी चढ्ने ठाउँ । त्यस ठाउँमा सानो पसलहरू भएकाले बस नआउन्जेल चिया पानी खाइयो र गाडी आएपछि गाडीमा बसेर १५/२० मिनेटमा पुगियो दार्चिन ।
कैलाश परिक्रमा (कोरा) पूरा भयो । हाम्रा केही साथीहरू दार्चिनमै हाम्रो प्रतीक्षामा बसिरहनु भएको थियो र हामीलाई देखेर सारै खुशीले एकले अर्कोलाई अँगालो मारेर खुशी साटासाट गरियो । त्यसपछि नास्ता खाएर लागियो दार्चिनबाट सागातिर, ५०० किमिभन्दा लामो तीन घण्टाको यात्रापछि बाटोको साइड चौरमा बसेर वनभोज खाएको जस्तो गरेर खाना खाइयो । त्यसपछि लागियो गन्तव्यतिर राति हाम्रो पुरानो होटल ‘द ग्राण्ड होटलमा’ । राति हाम्रा सहयोगीले खाना बनाउन थाले भने कोही साथीहरू सागाबजारतिर घरको लागि कोसेली किन्न थाले । हाम्रा केही साथीहरू भने त्यहाँको खानाको स्वाद लिन थाले र अरूले होटलमा हाम्रा सहयोगीहरूले बनाएको खानाखाएर आ–आफ्नो रूममागएर आराम गरे पछिभोलिपल्ट नास्ता गरेर ५ घण्टाको बाटो केरुङ्गतिर लागियो । सागाबाट केरुङ्ग बेलैमा पुगियो । कठिन धार्मिक यात्रा भए पनि अनुभवी र राम्रा सहयोगीहरूले गर्दा यात्रा सहज भएकाले धार्मिक यात्राका टिम लिडर श्री मधुसुदन खड्काज्यूले बेलुका ६ बजे होटल मुस्ताङ्गमा आरकेको टिमलाई धन्यवादको कार्यक्रममा बताउनुभयोे ।
होटलमा आ–आफ्नो कोठा लिएपछि सबैजना केरुङ्ग बजार घुम्नमा व्यस्त भएको थियो भने जब रातप-यो त्यसपछि बेलुका छ बजे सबै होटलको लबीमा सामेल भएर कार्यक्रम सुरुवात भयो । मधुसुदन खड्काबाट आरके गुरुङ्ग र सुष्मा गुरुङ्गलाई खादा लगाएर स्वागत गर्नुभयो । अरू केही यात्रुहले पनि खादा लगाएर स्वागत गर्दै धन्यवाद दिएका थिए । केही व्यक्तिहरूले मन्तव्य पनि राखेका थिए । मधुसुदन खड्काज्यूले छोटो मन्तव्य दिनुभएको थियो । उहाँले जुटुलपुकबाट दुई जनालाई एम्बुलेन्सबाट दार्चिन पु¥याएकोमा र मथुरा खड्कालाई डोल्मा लामापास भञ्याङ्गमा तुरून्त अक्सिजन दिएकोमा आरके गुरुङ्गलाई विशेष धन्यवाद सहित नगद उपहार समेत दिनुभयो भने दुवैलाई त्यस टिमलाई पनि नगद दिनको लागि आ–आफ्नो इच्छाअनुसार सहयोगको आह्वान समेत गरेर उनले गु्रपलाई पनि आफूले नगद दिनुभयो र सबैजसोले आरके गुरुङ्गको गु्रपलाई आफ्नो–आफ्नो इच्छाअनुसार सबैले दिए र जम्मा भएको रकम एकमुष्ट आरके गुरुङ्गको हातमा राखिदिए । त्यसपछि नाचगान र रमाइलो गरियो त्यसपछि खाना खाएर सुत्न गइयो ।
बाटोमा भजन नाचगान गर्दै रमाउँदै चाइना बोर्डर नजिकैको झर्नाको रमाइलो अवलोकनसँगै फोटो खिच्दै नाच्दै रमाउँदै त्यस ठाउँमा खाना खाइयो र बोर्डरमा चाइनाको समयअनुसार १० बजे आइपुग्यो । १० बजे बोर्डर पुगेको हामी १२ बजेसम्म लाइनमा बसियो भने १२ बजेपछि खानाको लागि अध्यागमन शाखा बन्द भयो । दुई बजे खुलेपछि हामीले २.३० बजे चाइनाबोर्डरबाट अध्यागमनको काम सकेर नेपाल प्रवेश गरियो । नेपालको पनि हालत अध्यागमन शाखामा सर्बर बिहान १० बजेदेखि नचलेकाले त्यहाँ पनि त्यस्तै हालत भएकाले हामी अध्यागमनको काम नसक्दै रसुवागढी ‘होटल रिभर भिउ’मा आएर खाना खाइयो र नेपालको अध्यागमनमा ३.३० बजे सर्बर खुलेकाले खाना खाएर सबैजना अध्यागमन शाखा गएर पासपोर्टमा आगमनको छाप लगाइयो ।
काम सकिएपछि टिमुरेबाट पाँच बजे नेपाली बसबाट काठमाडौंतिर लागियो । धुन्चेको बाटो लामो हुने भएकाले मैलुङ्गको बाटो तुप्चे हुँदै त्रिशुलीबजार बट्टार हुदै गँगटे, झोर, टोखा काठमाडौं छ घण्टामा काठमाडौं सुकेधारामा ल्याएर राम्रोसँग अवतरण गरियो । अनि सबैजना छुट्टियौँ, आ–आफ्नो बासस्थानतिर लागियो ।
भगवान्को कृपा सदासर्बदा रहिरहेको अनुभुति भएको छ । यति गाह्रो यात्रा फूलको थुङ्गाजस्तो शरीर भएकोजस्तो अनुभूतिभएर सम्पन्न भएकाले दैवीशक्तिले नै सम्भव भएको जस्तो लाग्यो । दैविक शक्तिको महिमा अपरम्पार छ । बयान गर्न म सक्दिनँ । यसरी हाम्रो मानसरोवर र कैलाशपर्वत यात्रा पूर्णरूपमा सम्पन्न भयो । मानसरोवर र कैलाशपर्वत जानको लागिउपयुक्त समय वैशाखदेखि भाद्रसम्मको समयलाई मानिन्छ । ॐ नमःशिवाय, जय शिव शंकराय
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया