Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबैंकको ब्याजदरले र पुँजीबजारमा कति प्रभाव पार्छ ?

बैंकको ब्याजदरले र पुँजीबजारमा कति प्रभाव पार्छ ?


काठमाडौं । बैंकको ब्याजदरले सेयरबजारमा प्रभाव पार्ने गरेको बताउँछन् सरोकारवालाहरू । भनिन्छ, बैंकको ब्याजदर र सेयरबजारको अन्तरंग सम्बन्ध रहन्छ भनेर भन्ने गरेका छन् । बैंकको ब्याजदर बढे सेयरबजार घट्ने बैंकको ब्याजदर घटे सेयरबजार बढेन भन्ने पनि गरिन्छ । तर पनि अहिले बैंकको ब्याजदर घटिरहँदा पनि नेप्से बढ्न सकिरहेको छैन । कतिपय बैंकहरूले त ब्याजदर एकल अंकमा झारिसकेका छन् । बैंकको ब्याजदर घटिरहँदा पनि नेप्से १८ सय र २१ सय अंकको लाइनमा घुमिरहेका छन् । नेप्सेले २२ सय अंक पार गरेर बढ्न सकिरहेका छैनन् । पछिल्लो समयमा सेयरबजारको लागि रामै्र वातावरण बनिरहेको छ । बैंकको ब्याजदर कम हुँदैछन् बैंकमा तरलताको पनि अभाव नरहेको सरोकारवालाहरू बताउँछन् । तर पनि सेयरबजारले गति लिन सकिरहेका छैनन् । त्यसो त पछिल्लो समयमा कारोबारको रकममा भने वृद्धि भइरहेका छन् । त्यसो त सेयरबजार राम्रो हुनको लागि सरकार अर्थमन्त्री केन्द्रीय बैंकको गभर्नर पनि सेयरबजारप्रति सकारात्मक हुनपर्छ । सरकार सेयरबजारमैत्री हुनुपर्छ भनेर जानकारहरू बताउँछन् । पछिल्लो समयमा नेपाल राष्ट्र बैंकको गभर्नर सेयरबजार प्रतिसकारात्मक नहुँदा सेयरबजारले के–कस्तो अवस्था भोग्नुपर्यो । विगतका दिनहरूले बताउँछन् । त्यसो त सेयरबजारमा उतारचढाव त भइरहन्छ । नेप्से कहिले बढ्छ त कहिले घट्छ, सधैं एकैनाशको रहँदैन सेयरबजार भनेको विष्णु भगवान्को चक्र जस्तै हो भनेर पनि भन्ने गरिन्छ । यो घुमिरहन्छ कहिले बियरिसमा त कहिले बुलिस ट्रेन्डमा सेयरबजार घटबढ नहुँदा लगानीकर्ताहरूले कसरी लाभ लिने त ? यसकारणले पनि सेयरबजारमा उतारचढाव भइरहनेलाई सामान्यरूपमा लिनुपर्ने हुन्छ । यो बजारको ब्युटीनेस नै हो । नेप्से ३२ सय अंकसम्म पुगेको पनि थियो भने १८ सय अंकमा ओर्लेको पनि थियो सायद नेप्से ३२ सय अंक पुगेको नेपालको सेयरबजारको इतिहासमा पहिलो नै हो । त्यसो त नेप्से धेरै बढेपछि नेपाल राष्ट्र बैंकले ब्रेक लगाउँछ भनेर पनि भन्ने गरेका छन् त्यसो त नेप्से ३२ सय अंक पार गर्दा धेरै लगानीकर्ताहरू सेयरबजारमा छिरेका थिए । तिनीहरूको लागि चोक्टा खान गएको बुढी झोलैमा डुबेर मरी भन्ने उखान जस्तै भए । त्यो त यसको जिम्मेवार नेपाल राष्ट्र बैंकको गभर्नरलाई दिने गरेको पनि देखियो ।

कतिपय सेयरबजारका जानकारहरूको भनाइमा ३२ सय अंक पार गरिरहँदा नेपाल राष्ट्र बैंकले त्यस बेलाको मौद्रिक नीतिमा सेयर कर्जामा चार र १२ को क्याप लगाइदिएको कारणले सेयरबजार ओरालो लागेको र यसमा त्यसबेला केही तथाकथित सेयरबजारका सेयर लगानीकर्ताहरूको नेता भन्नेहरूले यसको विरोधमा आन्दोलन गरेको कारणनले पनि सेयरबजार ओरालोको यात्रामा गएको भन्नेहरू पनि नभएको होइन । उकालोको यात्रा गरिरहेको नेप्सेलाई ब्रेक लगाउने काम गभर्नर साहेबले गरेको भनेर गभर्नर साहेबलाई दोष दिने पनि नभएको होइन । त्यसो त अहिले भने गभर्नर साहेब सेयरबजारप्रति सकारात्मक रहेको देखिएको छ । बैंकको ब्याजदर वृद्धिका कारण पनि गभर्नर साहेब नै भएको बताइरहेका छन् सरोकारवालाहरू । पछिल्लो समयमा तरलताको अभाव देखाई बैंकहरूले ब्याजदर वृद्धि गरेको कारणले सेयरबजार बढ्न नसकेको हो भन्नेहरू पनि नभएको होइन । कतिपय लगानीकर्ताहरूको भनाइमा पनि बेकहरूले निक्षेपकर्ताहरूलाई दोहोर अंकले ब्याज दिने गरेका कारण सेयरबजारमा नकारात्मक प्रभाव पारेको बताइरहेका छन् । एकातिर बंैकको ब्याजदर वृद्धिले सेयरबजारमा लगानी गर्नभन्दा बैंकमा राख्ने फाइदा हुने गरेको बताउने गरेका छन् भने अर्कोतर्फ बैकको ब्याजदर वृद्धिले बैंकबाट कर्जा लिएर सेयरमा लगानी गर्नेहरूले चर्को ब्याजदरका कारणले सेयर बजारमा लगानी गर्न डराएको बताउँछन् । लगानीकर्ताहरू सेयरबजारप्रति लगानीकर्ताहरूको आकर्षण बढिरहेको अवस्थामा पनि बैकहरूको ब्याजदर उच्च रहेको कारणले सेयरबजारमा लगानी गर्न डराउको लगानिकर्ताहरूको भनाइ रहेका छन । तर अहिलेको अबस्था भने त्यसो रहेन तर पनि सेयर बजार किन बढ्न नसकिरहेको भन्नेहरू पनि नभएका होइनन् । अहिले पनि सेयरबजारको लागि हात्ती आयो हात्ती फुस्सा भइरहेका छन् । कतिपय जानकारहरूको भनाइमा नेपाल राष्ट्र बैंकको विद्यमान गभर्नर रहेसम्म सेयरबजारले गति नलिने बताउँछन् । विद्यमान गभर्नर नेकपा एमालेको कार्यकर्ता भएको बताउँछन् जानकारहरू । दलको निर्देशनअनुसार काम गर्ने गरेको कारणले पनि सेयरबजारमा साढे द्रूत गतिमा दगुर्न नसकेको बताउँछन् सरोकारवालाहरू । त्यसो त गभर्नर साहेबको पदावधि सकिले बेलामा त सेयरबजारको लागि राम्रो गर्नु नि गभर्नर साहेब भनेर भन्नेहरू पनि नभएका होइनन् ।

त्यसो त बैंकको ब्याजदर वृद्धि हुँदैरहँदा यसले सिमित व्यक्तिहरूलाई भने यसले लाभ हुने गरेका छन् । तर यसले अर्थतन्त्रलाई भने नकारात्मक असर गर्ने गरेका छन् । बैंकको ब्याजदर वृद्धिले एकातिर वस्तु सामानहरूको लागत बढ्ने हुन्छ भने अर्कोतिर महँगी समेत बढ्ने गरेका छन् । यसले आम नागकिलाई समेत महँगीको मारमा पार्ने गरेका छन् । त्यसो त बैंकको ब्याजदर वृद्धिले कतिपयलाई भने लाभ हुने गरेका छन् । बैंकका निक्षेपकर्ताहरूलाई भने यसले फाइदा हुने गरेको छ । बैंक तथा वित्त कम्पनीहरूमा बचत गरेकाहरूलाई भने यसले फाइदा दिने गरेका छन् । तर यसरी लाभ लिनेहरू भने सीमित मात्रामा मात्र हुने गरेका छन् । बैंक तथा वित्त कम्पनीहरूले बचतकर्ताहरूलाई निक्षेपकर्ताहरूलाइ दिने ब्याज दर बढे सगै बैक तथा बित्त कम्पनीहरूले दिने कर्जामा पनि ब्याजदर वृद्धि हुन जान्छन् । यसले व्यापार व्यवसायमा उद्योगीहरूको उतपादनहरूमा वस्तु सामानहरूको लागत बढ्न गई बैंकमा निक्षेप गर्ने निक्षेपकर्ताहरूलाई समेत यसले प्रभाव पार्ने गर्छन् । यसले सिमित ब्यक्ति बिशेषहरूलाइ केहि फाइदा गरेता पनि समग्र अर्थतन्त्रलाइ नै नकारात्मक असर गर्ने गरेकाले बैंकको ब्याजदर कम हुनुपर्ने जानकारहरू बताउँछन् । त्यसो त पछिल्लो समयमा बैंकहरू पनि मिटरब्याजी भए, बैंकहरूले नाफा मात्रै कमाए, ठूलाठूला भवनहरू बनाए भनेर राजनीतिक दल एमालेको अध्यक्ष केपी ओलीदेखि सांसदहरूदेखि मेडिकल माफिया भनेर भन्ने गरेका व्यापारीहरूले समेत बैंकको आलोचना गरिरहेका छन् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

ताजा अपडेट