Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकांग्रेसको चारतारे झण्डाको अन्तर्य !

कांग्रेसको चारतारे झण्डाको अन्तर्य !

श्रीविलास दाहाल


काठमाडौं । हिजो आज नेपाली कांग्रेसमा पठनपाठन विचार विमर्श, चर्चा परिचर्चाको धेरै स्खलन भएको छ । हाय पैसा, हाय पद छ । कांग्रेसी पनि कम्युनिस्टजस्तै भनेर सुनाउने गरेर नपुर्याउने भइसके वैचारिक विचलनका उपचार गरिएन भने कांग्रेसलाई कामिन्ताङ बन्नबाट कसले रोक्ने ? यही चिन्ताले यो चर्चा गरिएको हो ।

नेपाली कांग्रेसको चारतारे झण्डाको आफ्नै कथा र व्यथा छ । राष्ट्रिय कांग्रेस र प्रजातान्त्रिक कांग्रेस एकीकरण गरेर नेपाली कांग्रेस बनाउने प्रयास भएका बेला समस्या नआएका होइनन् । सर्वप्रथम डिल्लीरमण रेग्मीले जो त्यसबेला राष्ट्रिय कांग्रेसका सभापति हुनुहुन्थ्यो । पार्टी विलय गर्न मान्नु भएन । त्यति मात्र कहाँ हो र ? आजीवन राष्ट्रिय कांग्रेस अँठ्याएरै बस्नु भो । तर लाजिम्पाटमा एउटा पुस्तकालयचाहिँ बनाउनुभयो ।

विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण समशेर, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्याय दृढ भएर लाग्नुभएको थिएन भने नेपाली कांग्रेस राजनीतिक पार्टी बन्ने थियो कि थिएन भन्न गाह्रो छ । त्यसैले नेपाली कांग्रेस राजनीतिक पार्टी बन्ने थियो कि थिएन भन्न गारो छ । त्यसैले नेपाली कांग्रेस राजनीतिक पार्टी बन्ने थियो कि थिएन भन्न गाह्रो हो । तर सूर्यप्रसादजी धेरै बर्ष के–कति कारणले हो पाखा पर्नुभयो उपेक्षित हुनुभयो । जेहोस् वर्तमान सभापति शेरबहादुर देउवाले चार जनालाई धेरै वर्षपछि सम्मान प्रदान गर्नुभयो । जसले हिन्दी भाषाको देरआए दुरुस्त आये अर्थात् ढिलै भए पनि छोरै भयो भन्ने उखान पनि चरितार्थ भयो । तर अन्यायामा परेका अझै धेरै सिद्धान्तवादी आस्थावान साथी कांग्रेसमा छन्  । हिजो आज कांग्रेसमा अवसरवादी र परिवारवाद हाबी भएको छ ।

तर पार्टी बनाउन अहिलेजस्तो सजिलो थिएन । पहिलेको कलकला राजनीतिक दृष्टिले धेरै चेतनशील थियो । सिद्धान्त चाहियो, पार्टीको झण्डा चाहियो, चुनाव चिह्न चाहियो, घोषणापत्र, प्रवक्ता, नेता कार्यकर्ता समर्थक र जनता चाहियो । सुवर्णजीले पार्टी खोलेपछि कार्यकर्ता परिचालन गर्न झण्डा चाहिन्छ भनेर एउटा कोठाभरि चारतारे झण्डा बनाएर राख्नुभएको रहेछ । साना र झिनामसिना कुरामा वीपीलाई खासै चिन्ता नभए पनि चासो राख्ने मान्छे, भाषण गर्ने, राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने उहाँको स्वभाव यस्तै थियो । व्यापक सम्पर्क, सबैका सानाठूला धनी गरिबका कुरा सुन्ने धैय, उचित तर्क र उदाहरणबाट सबैको चिल बुझाउने क्षमता, लेखन, पठनपाठनमा बढी रुचि र उदाहरणबाट सबैको चित्त बुझाउने क्षमता, लेखन एवं पठनपाठनमा बढी रुचि, चारतारे झण्डा देख्नेबित्तिकै लौ एकदम राम्रो, यति राम्रो झण्डा त मैले कल्पना गरेकै थिइनँ । पास भयो जसले समस्या, समय र अलिकति भए पनि खर्चै बच्यो । यो चारतारे झण्डा सुवर्णजीको कल्पना र रचना हो । यसको व्याख्या भएको छैन । त्यसैको प्रयास हो, यो झण्डा सप्ताहमा काठमाडौंमा म एक हप्ता उहाँसँगै छु । नेपाल टिभी, भाषण, पत्रपत्रिकामा सँगै यो कुरा उठेको थियो भने यसको श्रेय सुवर्णजीलाई दिइएको थियो । चारतारे झण्डाको व्याख्याअघि रुख चिह्नको पनि कुरा गरौं, यसको पनि कथा छ । वीपी सिरहा जिल्लाको भ्रमणमा सिरहाका ठूला धनी जमिनदार देवनाथ बाबुको घरमा बस्नुभएको रहेछ । सिरहा र कोइरालाको सम्बन्ध पनि महत्वपूर्ण खालको छ । वीपीका पिताजी कृष्णप्रसाद कोइराला सिरहा भन्सारको हाकिम हुँदा प्रधानमन्त्री चन्द्र शमशेर जबरालाई गरिब किसानको जमरा परेका कपडा र पाटेको टोपीको कोसेली पठाएर कोपभाजन बन्नुभो ।

देवनाथ बाबुको आँगनमा ठूलो पिपलको रुख रहेछ । देवनाथजीले भन्नु भएछ, वीपी बाबु आँगनमा ठूलो पिपलको रुख रहेछ । देवनाथजीले भन्नु भएछ, बीपी बाबु कांग्रेसको चुनाव चिह्न पिपलको रुख रहेछ, देवनाथजीले भन्नु भएछ, ‘वीपी बाबु कांग्रेसको चुनाव चिह्न पिपलको रुख राख्नुभएको हो नि ? यो पिपल र पारिजात त त्रेतायुगमा अयोध्याका रामले दुर्वाषा ऋषि र उनका साठी हजार शिष्यलाई स्वागत सत्कार भोजन गराउन कल्पवृक्ष कि सन्तानलाई मृत्युलोकमा ल्याएको पौराणिक मान्यता छ । पूजा गर्न पारिजातको फूलको रुख तपाईंले कार्यकर्ताका लागि आयोजना गरेको योजना साठी हजार नभए पनि साठी जना जनता थिए नि होइन ? लौ चुनाव चिह्न पास भनेर हसाउनु भएछ । यो कथा मलाई २०३६ सालको जनमत संग्रहमा लहानमा प्रदीपजीका बुबा मित्रलाल गिरीले सुनाउनुभएको हो । पण्डित जगनाथ गुरागाईँले गुुणरत्न माला भन्ने किताबमा वर्णन गर्नुभाको छ । नेपाली कांग्रेसको चारतारे झण्डा, चुनाव चिह्न कल्पवृक्ष पिपलको रुख, यी र यस्ता कांग्रेसका रत्न हुन् यसको व्याख्या गरिँदैन । आखिर गौतम बुद्धले पनि भारतको गयामा पिपलकै रुखमुनि तपस्या गरेर ज्ञान पाएका हुन् ।

No description available.

अब चारतारे झण्डामा चारोटा ताराको व्याख्या तिर लागौं । सर्वप्रथम राष्ट्रियता, त्यसपछि लोकतन्त्र, अनि समाजवाद चौथो बौद्धिक सनातन धर्म सापेक्ष, सनातन धर्म नै यस्तो धर्म हो । यसबाट चारबुँदे आठ र पुराण ऊ पनि पद, स्मृति, सबै निकायले पनि यो रहन्छ । झारपात, तुलसी, पर्वतहरू, नदी र ढुंगामाटा सबै पवित्र छन् । तैतीस कोटी देवीदेवता छन् । त्यसैले यो सनातन (प्राचीन) धर्म हो । यसमा कुनै एउटा पुस्तक, एउटा जमात छैन । संसारमा जुनसुकै धर्ममा एउटा महापुरुष, एउटा धर्म ग्रन्थ र एउटा जमाना हुन्छ । त्यसबाट एउटा निकाली दियो भने सकियो तर सनातन धर्ममा त्यस्तो छैन । उदाहरणका लागि बुद्ध धर्मबाट बुद्ध संघ अथवा त्रिपिटक ग्रन्थ निकालिदिने हो भने बुद्ध धर्म कहाँ रहन्छ ? त्यस्तै, इसाई धर्मबाट इसुु र बाइबलमध्ये एउटा निकाले सिंगै धर्म सकियो । इस्लाममा पनि पैगम्बर अथवा कुरान निकालिदिने हो भने इस्लाम धर्म कहाँ रहन्छ ? त्यसो हुनाले यी सबै सम्प्रदाय हुन् । बौद्ध धर्ममा पनि महायान, हिनयान, बज्रायान गरी अनेका शाखा फैलिएका छन् । क्रिश्चियन धर्ममा पनि रोमन क्याथोलिक परिशिष्ट र अनेक शाखा फैलिएका छन् । बौद्धिक सनातन धर्म एउटा अथाह महासागर हो । बौद्धिक सनातन धर्म, हाम्रो यस्तो अमूल्य सम्पति हो, यो पक्षलाई हामीले उपेक्षा गरेर अघि बढ्न सकिन्नँ । सहअस्तित्वलाई उपेक्षा गर्नुपर्छ भन्ने मेरो आशय होइन । हाम्रा ऋषिमुनिहरूले उदार चरितानाम् बसुधैव कुटुम्बकम् अर्थात् उदार चरित्र भएकालाई यो विश्वनै कुटुम्ब हो भनेका छन् । फेरि ऋषिमुनिहरूले धर्मको परिभाषा पनि गरिदिएका छन् । संस्कृतमा श्लोक छ ‘धृति क्षमा दमोस्तेयम् शौचमिन्द्रियनिग्रह, धिर्विधा सत्यमक्रोधो दशकम् धर्म लक्षणम् ।’ यसको अर्थ हो माथिका यी दश लक्षण भएको मान्छे नै धार्मिक व्यक्ति हो । धृतिको अर्थ मान्छेमा धैर्य हुनुपर्छ, मान्छे क्षमाशील हुनुपर्छ, मान्छेले मनलाई नियन्त्रणमा राख्नुपर्छ, चोरी गर्नुहुँदैन । सरसफाई हुनुपर्छ, आफ्ना इन्द्रीयलाई बसमा राख्नुपर्छ धैर्य हुनुपर्छ । मान्छे क्षमाशील हुनुपर्छ, मान्छेले मनलाई नियन्त्रणमा राख्नुपर्छ, चोरी गर्नुहुँदैन, सरसफाइ हुनुपर्छ, आफ्ना इन्द्रीयलाई बसमा राख्नुपर्छ, धैर्य हुनुपर्छ, विद्धान हुनुपर्छ, सत्यवान र कोध्रमाथि विजय गर्ने यिनै दशवटा धर्मका लक्षण मानिएका छन् । यसप्रकार धर्मको वैज्ञानिक परिभाषा कमै पाइन्छ । वैदिक सनातन धर्मले वैज्ञानिक र पूर्ण मानवको व्याख्या गरेको छ । यस्तो वैज्ञानिक धार्मिक परिभाषा अन्यत्र पाइँदैन । राष्ट्रियताको व्याख्या गर्दा पनि वीपीले राष्ट्रियताको लागि राजतन्त्र नै नेपालमा ठीक छ भनेका थिए । आखिर शाहवशंका राजाहरूले नै नेपाल एकीकरण गरेका हुन् तर विकासका लागि भने लोकतन्त्र चाहिन्छ । समाजवादको विषयमा समानताको व्याख्या गर्नुभएको छ । एउटा सानो सम्पन्न परिवार नेपाली कांग्रेसले राष्ट्रियता, लोकतन्त्र, समाजवादका विषयमा पर्याप्त अभ्यास गरेको छ । सनातन वैदिक धर्मलाई महत्व दिएको छैन । संसारमा धर्मका आधारमा धेरै राष्ट्र चलेका छन्, इस्लामका प्रतीक चिह्न राष्ट्रिय झण्डामा राख्ने धेरै छन् । बाइबलमा हात राखेर कसम खाने राष्ट्र पनि छन् । बौद्ध धर्मलाई राष्ट्रिय धर्म मान्ने पनि छन् । सनातन धर्म सापेक्ष त एउटा नेपाल मात्र हो ।

नेपालको यो अमूल्य र प्रभावी संस्कारलाई मास्न नेपालका कम्युनिट र नेपालका क्रिश्चियन लागिपरेका छन् । छिमेकी भारतका आफ्नै समस्या छन् । चीनले आफूलाई कम्युनिस्ट भने पनि त्यो आवरण मात्रैै हो । मूलरूपमा चीन राष्ट्रवादी नै हो विकासवादी हो । धनवान् र बलवान् हुन चाहन्छ । नेपाली कांग्रेसले आफ्नो मूल सांस्कृतिक आस्थालाई पटक्कै बिर्सनुहुँदैन ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x