Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगवातावरण सबैका लागि चुनौती

वातावरण सबैका लागि चुनौती


विश्वनाथ खरेल
जनसंख्या वृद्धि र आर्थिक विकासको गतिसँगै वातावरणीय तथा पर्यावरणीय ह्रास हुँदै जानु प्राकृतिक नियम नै हो । मूलतः समृद्ध जीवनयापनको लागि आर्थिक एवं भौतिक विकास हुनु पनि पर्दछ । यो मानवीय सभ्यताको शाश्वत नियम हो । जल, थल, वायु, जीव तथा वायुमण्डलजस्ता प्राकृतिक सम्पदाहरूको भरिभराउ कतिपय राष्ट्रहरूमा छन् भने कैयौँ राष्ट्रहरूमा सिद्धिने अवस्थामा पुगिसकेको छ । यसरी अथाह भण्डार भएका राष्ट्रहरू खासगरी विकसित राष्ट्रहरू पर्दछन् भने विकासशील राष्ट्रहरूमा विद्यमान प्राकृतिक सम्पदाहरूको भण्डार उचितरूपमा परिचालन गर्न सकिएको देखिदैन ।

पर्यावरण उचितरूपमा सन्तुलन कायम हुन सकेमा त्यसको प्रभाव प्राणीहरूको जीवन अनुकूल हुन्छ भने वातावरणमा असन्तुलन उत्पन्न भएमा प्राणी मात्रमा नकारात्मक प्रभाव पर्नु स्वाभाविकै हो । यस धर्तीमा प्राणी मात्रमा सबैभन्दा बुद्धिमानी मानव जाति नै जसले आफू रहने वातावरणलाई सन्तुलन या असन्तुलन पार्ने कार्य मनुष्यबाटै भएको छ । मानव, पशिुपंक्षी, खोलानाला प्राकृतिक सम्पदा र जलवायुको संयोजनबाट नै वातावरणको सिर्जना हुन्छ ।

विश्वमा आज आएर यो समस्याले के विकसित के अविकसित सबै राष्ट्रहरू भयभीत भएका छन् । कतिपय विकासशील देशका मानववर्गले सफा नीलो आकाश देख्न विरलै पाउँछन्, न शान्त स्वच्छ पर्यावरणमा बस्न सकेका छन्, न त कालगतिले मर्न पाएका छन् । यी सबै तथ्य साबित भइसकेका छन् । यसरी व्यापकरूपमा सहरीकरण, कलकारखानाहरू, उद्योगधन्दाहरू आदि निर्माणको कार्य र वैज्ञानिक चमत्कारको कारणले गर्दा प्राकृतिक वातावरण दिनप्रतिदिन प्रदूषण हुँदै गएको छ । यसर्थ रूपमा पर्यावरण सधै एकैनासको रहिरहँदैन । मानव विकसित वातावरणको प्रभावमा आफू पनि विकसित बन्न खोज्दछ । आज आए पर्यावरणले मानवलाई रचनात्मक सुकार्यतर्फ डो¥याइरहेछ ।

पर्यावरण संरक्षण आज सम्पूर्ण भावी सन्ततिहरूको चिन्ताको विषय बन्न गएको छ । सोको कार्यान्वयन गर्दा एकीकृत दृष्टिकोणले दिगो विकासको अवधारणालाई मनन गर्नुपर्दछ । अहिलेको असन्तुलित वातावरणले विश्वलाई नै एक ठूलो चुनौती दिएको छ । यो अन्तर्राष्ट्रिय समस्या भएकोले यस्तो बिकरालपूर्ण स्थितिलाई महसुस गरी समाधानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न किसिमका क्रियाकलापहरू प्रत्येक साल जुन ५ तारिखलाई विश्व वातावरण दिवस को रूपमा संसारमा नै मनाइन्छ । विश्वको वर्तमान स्थितिलाई अवलोेकन गर्दा कुल जनसंख्याको ७० देखि ८० करोड अर्थात् १५ प्रतिशत जति मानव पयावरणीय असन्तुलन तथा मरुभूमीकरणबाट पीडित हुँदै आएका छन् भने प्रत्येक वर्ष दुई करोड ७० लाख हेक्टर भूमि मरुभूमीकरण हुँदै आएको छ र पाँच लाख हेक्टर कृषियोग्य भूमि वर्षेनि विनाश हुँदैछ भन्ने कुराको पुष्टि राष्ट्रसंघीय वातावरण कार्यक्रमको एक अध्ययनले प्रस्ट पार्छ ।

संसारमा स्वस्थ र स्वच्छ पर्यावरणले नै स्वस्थ जनशक्ति तयार गर्ने मात्र नभएर उद्योगको लागि कच्चा पदार्थको आपूर्ति तथा कृषि उत्पादन र उत्पादकत्व बढाउन उपर्युक्त स्थिति पैदा गर्छ । पर्यावरण सन्तुलनबाट एकतर्फ भू–क्षय, वाढी पहिरोजस्ता घटनालाई रोक्ने सक्षम हुन्छ भने अर्कोतर्फ सहरी वातावरण सहरी क्षेत्रमा स्थापित कलकारखाना तथा मोटर र इन्जिनको धूवाँहरूले अनेकौं रोगहरूलाई निम्त्याउने स्थितिलाई नियन्त्रण गर्ने सफलता ल्याउन सकिन्छ । आज पर्यावरणको संरक्षण र सम्वद्र्धन संसारको सबैभन्दा जटिल समस्या बन्न गएको छ ।

पर्यावरण संरक्षण र सम्वद्र्धन सम्बन्धमा चालेको कदमहरू गलत छैनन् । जुनकुरालाई समयमा नै सोच्न र समाधानका उपायहरू अवलम्बन गर्न सकेनौँ भने एउटा देशको मात्र नभई विश्वसामुमा यसका थुप्रै समस्याहरू थपिँदै गएका छन् । यस्तो किसिमका जटिल समस्याहरूलाई समाधान गर्न युद्धस्तरको रणनीति अपनाउनुपर्ने परिस्थिति सबैको सामु खड्किएको छ । मानवीय हितसँग प्रत्यक्षरूपमा गाँसिएको पर्यावरणको संरक्षण तथा सम्वर्द्धन गर्नुपर्ने सबैको परमकर्तव्य भएको छ । यसर्थ वातावरणलाई चीरकालसम्म चलाइराख्न जनसंख्याको वृद्धिलाई रोकी वनजंगललाई बढाउँदै लैजानुका साथै कुनै पनि जीवात्माको अन्त्य हुन नदिनु हो ।

अन्तमा, भन्नुपर्दा अन्त्यमा भन्नुपर्दा विश्वमा महामारीको विशेष परिस्थितिका कारण नै मानव मात्रले गने प्रकृतिमाथिको थिचोमिचो नै हो । वातावरण विनाशका कारण उत्पत्ति भएका कोरोना जीवायुजस्ता सम्भावित महामारीजन्य रोगहरूलाई दिगो रूपमा निराकरण गर्न सकिन्छ । यसको लागि वातावरण संरक्षण र संवद्र्धन गर्ने क्रममा मानव समुदायहरू लाग्नुपर्ने टड्कारो आवश्यकता रहेको देखिन्छ । नेपालमा बढ्दो जनसंख्याका आवश्यकता परिपूर्तिका क्रममा साधनहरूको अत्याधिक उपयोगले गर्दा जल, स्थल र वायुजस्ता प्राकृतिक स्रोतका आधारहरू विकृत हुँदै गएका छन् । आश्चर्यलाग्दा भिरालो जमीन र भू–भौतिक संरचनाले खेतीयोग्य भूमिको विस्तारका सम्भावनालाई सीमित तुल्याएको मात्र होइन, पर्यावरणको पनि इङ्गित गरेको छ ।

प्रकृतिकै एक अंशका रूपमा रहेको मानव प्राकृतिक स्थितिबाट एक कदम अगाडि उभिनमा केही सफलता पाएको आभास हुन्छ । एउटा तथ्य यो पनि छ कि प्रकृतिलाई जित्ने जिजीविषाले गर्दा नै मानव स्वयंले आफ्नै लागि अर्को समस्याको खाडल सिर्जना गर्दै आएको छ । आजको युगमा पर्यावरणीय समस्याका रूपमा देखापरेका वायु, औद्योगिक ध्वनि, फोहरमैला, ओजोन तह विनाश, हरितगृह प्रभावजस्ता विविध समस्याहरू मानवताको मूल्य र मान्यतालाई झन–झन् खाडलमा हालिरहेको छ । यसरी वातावरण असन्तुलित पर्यावरणले विश्वलाई नै एक ठूलो चुनौती दिएको छ । यसको साथसाथै चुरे तथा मध्य पहाडी भेगको १९ हजार एक सय ३४ वर्ग किलोमिटर जमीन भू–क्षयका कारण अत्यन्त रुखो भई खेतीका लागि अयोग्य भइसकेको छ ।

यदि यही अनुपातमा वनजंगलको फँडानी भइरहने हो भने आगामी एक दशकभित्र पहाडी क्षेत्रको तथा दुई दशकभित्र तराई क्षेत्रको वनजंगल नष्ट हुन पुगी मुलुकले खडेरी र भू–क्षयजस्ता प्राकृतिक विपतिहरूको सामना गर्नुपर्ने सम्बन्धित क्षेत्रका विज्ञहरू चिन्तित रहेका छन् । यसरी तीव्र गतिमा भएको वनजंगलको फँडानीले वातावरणीय विनाशको दृष्टिले पनि उत्तिकै जिम्मेवार रहेको देखिन्छ । जुन अनुपातमा वनजंगलमाथि अतिक्रमण बढ्दै गइरहेको छ, सोही क्रममा वातावरणीय प्रदूषण पनि बढिरहेको छ ।

अनियमित वर्षा, भू–क्षय, बाढी पहिरो, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, उच्च तापक्रम र शीतलहरजस्ता प्राकृतिक विसंगतिहरू मूलतः वन फँडानीकै कारणहरूले भएका हुन् । यसका अतिरिक्त अनियन्त्रित जनसंख्या वृद्धि, अव्यवस्थित सहरीकरण, जथाभावी तवरमा भौतिक निर्माण, थोत्रा–पुराना र प्रदूषणयुक्त मोटर गाडीहरूको प्रयोग र फोहरमैलाको अव्यवस्थापन आदिजस्ता कारणहरूले गर्दा नेपालमा जल, थल, वायु र ध्वनि प्रदूषणको समस्या उत्पन्न भई वातावरणीय विनाश भइरहेको छ । यसको प्रतिकारको लागि उभिएको वातावरणीय समस्यालाई समाधान गर्दै लानमा देखापरेको चासोलाई कार्यरूपमा परिवर्तन गर्नका लागि सर्वप्रथम मानवीय मनस्थितिलाई सजग राखेर सम्पूर्ण जीवात्माको संरक्षण गरी पृथ्वीलाई नै पर्यावरणयुक्त बनाउनु सबैको साझा कार्य हो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया