Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगके रवि लामिछानेको लोकप्रियता घट्दैछ ?

के रवि लामिछानेको लोकप्रियता घट्दैछ ?


काठमाडौं । मिसन ८४ भनेर २०८४ सालको आमनिर्वाचनमा बहुमत ल्याएर सरकार बनाई देशको ढुकुटी दोहन गर्ने सपना बोकेको रास्वपाको लोकप्रियता घट्दै गएजस्तो देखिन्छ । एक वर्ष पहिलेको जति लोकप्रियता देखिएन । इलामको उपनिर्वाचनमा रास्वपाको उम्मेदवार मिलन लिम्बुले आफ्नो धरौटी समेत जोगाउन सकेन । सायद अब मिलन लिम्बु कतै सागसब्जी बेच्दैछ होला । त्यसो त भ्रष्टाचारीलाई टुँडीखेलमा लगेर नाकको डाँडी फुट्ने गरी हान्न मन लाग्छ भन्ने रवि लामिछाने अहिले गृहमन्त्री भइरहँदा सहकारीको अरबौं रकम ठगी गरेर फरार जीबी राईलाई अहिलेसम्म समात्न सकेन वा समात्न चाहेन । त्यसो त रवि लामिछाने गृहमन्त्री भइरहँदा कति जना भ्रष्टाचारीको नाकको डाँडी भाच्ने हो त्यो त हेर्न बाँकी नै छ । राजनीतिक एजेण्डाभन्दा पनि भ्रष्टाचारीको एजेन्डा लिएर राजनीतिमा आएका रास्वपाले भ्रष्टाचार नियन्त्रण गर्नको लागि सबैभन्दा पहिले त राजनीतिक बा, राष्ट्रिय भाउजु र राष्ट्रिय भाउजुको पोइको नै फाइल खोल्न पर्ने हुन्छ भने नेकपा माओवादीको क्यान्टोनमेन्टमा भएको भन्ने भ्रष्टाचारको फाइल खोल्नपर्ने हुन्छ के त गृहमन्त्री रवि लामिछानेले यी फाइलहरू खोल्छ । त्यसैगरी रवि लामिछाने सरकारबाहिर रहँदा सरकारले चाहे भने जहाँतहीँ बसको भए पनि एक हप्तामा अपराधीलाई समात्न सक्छ भनेर भन्ने रास्वपाको सभापति रवि लामिछाने गृहमन्त्री भएको दुई महिनाभन्दा बढी भइसक्दा पनि सहकारी ठग जीबी राईलाई समात्न सकेका छैनन् वा समात्न चाहेका छैनन् । आपूm सत्ताबाहिर रहँदा बाघ बन्ने आफू सत्तामा रहँदा बिरालो बन्ने त नेताहरूको विशेषता नै हो । त्यसो त स्वयं रवि लामिछाने पनि सहकारी ठगी प्रकरणमा जोडिएका छन् । त्यति मात्र नभई पछिल्लो समयमा रास्वपाका मन्त्री डोलप्रसाद आचार्य र सहमहामन्त्री बुर्लाकोटीसमेत सहकारी ठगी प्रकारणमा जोडिएको चर्चा छ । कतिपयको भनाइमा त रास्वपालाई सहकारी ठग दल भनेर नामकरण गरे पनि भयो भनेर पनि भन्न गरेका छन् । रवि लामिछाने स्वयं गृहमन्त्री भइरहँदा पनि सहकारी ठग जीबी राईलाई समात्न सकेका छन् कतै लहरो तान्दा पहरो जाने भनेर त होइन । त्यसो त मन्त्री डोलप्रसाद अर्यालको २३ लाख रुपैयाँ सहकारीमा फसेकाले उठाइदिन आमनागरिकहरूलाई अनुरोध गरेका छन् । मन्त्रीले त आफ्नो सहकारीमा फसेको रकम निकाल्न सकेन भने जनताको रकम कसरु्री उठाइदेलात भन्ने पनि भन्ने गरेका छन । त्यसो त सहकारी ठगहरूमा ठूलाठूला व्यापारीदेखि राजनीतिक दलका ठूलाठूला नेताहरू मन्त्री समेत संग्लन रहेका कारणले यसको समस्याको समाधान नभएको बताउँछन् सरोकारवालाहरू । कतिपय सहकारीका ठगहरूको ठूलाठूला नेताहरू मन्त्रीहरूसँगको साँथगाँथले र नेताहरू नै सहकारी ठगको साझेदारी भएको कारणले पनि सहकारी ठगहरूलाई कारबाही गर्न नसकिरहेको वा गर्न नचाहेको भनेर पनि बजारमा चर्चा छ ।

त्यसो त सहकारी ठगी प्रकरणमा जोडिएको रवि लामिछानेलाई गृहमन्त्री बनायो भनेर प्रधानमन्त्री प्रचण्डको आलोचना भइरहेका छन् र हिन्दमा एउटा भनाइ छ । अपने काम निकल्वानेके लिए गधाको भी बाप बनाना पर्ता हे भनेजस्तै भएको त होइन प्रचण्डलाई भनेर पनि चर्चाहरू चल्ने गरेका छन् । आफ्नो सत्ता जोगाउन बनाउन जुनै काम पनि गर्न पछि पर्दैन नेपालका नेताहरू । प्रचण्डको नेतृत्वको सरकारलाई महाठग गठबन्धनको सरकार भनेर भन्नेहरू पनि त्यही सरकारमा टासिन पुगेका छन् लाजै नमानी । नेपालका राजनीतिक दलका नेताहरूलाई सत्तामन्त्री प्रधानमन्त्रीबाहेक अरू नदेखिने रहेछ सत्ताको लागि मन्त्री बन्नको लागि आफ्नो इमान जमान नैतिकता भन्ने कुन चराको नाम हो थाहा हुँदैन । सत्ता शक्तिको लागि नै राजनीति गरेको भन्नेहरू पनि नभएको होइन । जुन जोगी आए पनि कानै चिरेको भने जस्तै । जनताको लागि काम गर्न भ्रष्टाचारलाई निर्मुल पर्न वा देश र जनताको लागि केही गर्छ भनेर सोझा सिधा मतदाताहरूलाई झुक्याएर सांसद बनेका प्रतिनिधिसभामा गएका आफूलाई पुराना राजनीतिक दलहरूभन्दा अलग्गै सम्झिने राजनीतिक दलहरू पनि सत्ता पाए मन्त्री पाएपछि महाठग गठबन्धनको सरकारमा मन्त्री बन्न पुगे । त्यसैगरी पछिल्लो समयमा रास्वपाका सभापति र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको लोकप्रियतामा कमी आएको सरोकारवालाहरूको भनाइ रहेका छन् । त्यसो रवि लामिछानेको सामाजिक सञ्जालमा पनि साइबर सेनाहरू त्यति सक्रिय देखिँदैन भनेर पनि भन्ने गरेका छन् । साइबर सेनाहरू कमी भए पनि एउटा न्युज टीभी च्यानलमा भने रविको गुणगान गाउने गरिरहेका छन् । न्युज २४ टीभी च्यानका धेरै जसो कार्यक्रमहरूमा रास्वपा र रास्वपाका नेताहरूको मात्र प्रशंसा गर्ने गरिरहेका छन् भनेर कतिपय दर्शकहरूले भन्ने गरिरहेका छन् ।

त्यसो त रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेपछि व्यापक आलोचना भइरहेका छन् । आम मतदाताहरूको आशा र भरोशा गरेका रवि लामिछाने पनि सत्तामुखी भएको कारणले रवि लामिछानेको समर्थकहरू नै रविको आलोचना गरिरहेका छन् । त्यसैगरी आफू सत्ताबाट बाहिरिन पुगेको झोकमा नेपाली काँग्रेसले रवि लामिछानेको विरोध गरिरहेका छन् । रवि लामिछानेको सरकारी ठग प्रकरणमा नाम जोडिएकाले सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्छ भनेर संसद् समेत अवरुद्ध गरिरहेका छन् । अहिले त नेपाली काँग्रेसको साथमा राप्रपा र नेपाल एकीकृत समाजवादी दल पनि जोडिन आएका छन् । त्यसो त रवि लामिछानेलाई शंका गर्नेहरू पनि नभएका होइन । अहिले पनि रवि लामिछानेसँग दुई वटा नागरिकता दुई वटा राहदानी रहेका छन् भनेर पनि भन्ने गरेका छन् । त्यसो त रवि लामिछाने त्यस्तो व्यक्ति हो जो आपूm नेपालको नागरिकता बन्न चाहँदैन भनेर नेपालको नागरिकता त्यागेर १० वर्ष अमेरिकाको नागरिक भएर बसेको व्यक्ति हो । नेपाल देश भन्ने नै मन पर्दैन मलाई नेपाली भन्नको मन पर्दैन भनेर नेपालको नागरिक त्यागेर अमेरिकामा बसेको व्यक्तिलाई अहिले किन नेपालको माया लागेको होला त भन्नेहरू पनि छन् । कोही त यसमा पनि अमेरिकीहरूको कुनै राजनीति लुकेको छैन भनेर भन्नेहरू नभएका होइनन् । रवि लामिछाने अमेरिका छोडेर किन नेपाल आएर राजनीतिमा लागेत यति छिट्टै राजनीतिमा चर्चित बन्न रवि एक्लोबाट सम्भव छर कतै यसमा विदेशीहरूको हात त छैन ? भन्ने पनि प्रश्न उठिरहेका छन् आमनागरिकहरू माझ । के त रवि नेपाल आएको नेपालको विकास गर्न नेपाललाई समृद्धि राष्ट्र बनाउनका लागि हो कि त अमेरिकाको एजेन्ट भएर आएको हो भनेर पनि शंका गर्नेहरू नभएका होइनन् । त्यसो त नेपालका नागरिकहरू मतदाताहरू सिधा सोझा छन् । कसैले दुई शब्द राम्रो बोलीदियो भने दुई÷चार वटा काम गरिदियो भने कसैले केही सघाइ दियो भने मद्दत गरिदियो भने त्यसलाई भगवान्जस्तै ठान्ने गरेका छन् ।

रवि लामिछाने गृहमन्त्री भएको दुई महिना नाघिसक्यो तर पनि भ्रष्टचारीहरूको फाइल समेत खोल्न सकेका छैनन् । सुन तस्करीमा दोषी ठहरिएका नेकपा माओवादीका नेता कृष्णबहादुर महराको फाइल फास्सफुस्स भए । त्यसैगरी बाँसबारी जुत्ता कारखानाको जग्गा खाने चौधरी ग्रुपको फाइल पनि फास्सफुस्स भए । ठूलाठूला व्यक्तिहरूले विभिन्न स्थानको सार्वजनिक जग्गाहरूको अतिक्रमण गरिरहेको समाचारहरू मिडियामा आइरहँदा पनि गृहमन्त्री मौन छन् । यी नेताहरू सबै उस्तै–उस्तै सरकारबाहिर रहँदा एउटा कुरा, सरकारमा रहँदा एउटा कुरा । विभिन्न राजनीतिक दलका नेताहरू चाहे पुराना होस् चाहे नयाँ सबै हिन्दी चलचित्र मिस्टर इन्डियाको मोगाम्बोजस्तै हिन्दी चलचित्रको नायकको अनिल कपुरजस्तै बन्न सकेका छैनन् र बन्न पनि चाहँदैन यी नेताहरू ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x