Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपहिचानको प्रश्नः तपाईँ को हुनुहुन्छ ?

पहिचानको प्रश्नः तपाईँ को हुनुहुन्छ ?


काठमाडौं । तपाईं को हुनुहुन्छ ? तपाईं त्यही व्यक्ति हुनुहुन्छ, जसले पटक–पटक भद्रता देखाएर भद्र व्यक्तिको रूपमा पहिचान बनाउनुभएको छ । अथवा तपाईं कवि हुनुहुन्छ, तपाईंले पटक–पटक कविता लेखेर आफ्नो पहिचान बनाउनुभएको छ । यस्तो कविताको हरफहरू त तपाईंले हजारौँ र लाखौँ लेखिसक्नुभयो । म कवि होइन । किनकि म लहडमा मात्र एक दुई कविता कोर्छु । तपाईं समाजसेवी पनि हुनुहोला किनकि समाज सेवाको काम तपाईंले कैयौँ गरिसक्नुभएको छ । अवसर पाउनेबित्तिकै तपाईं यो काम गर्नुहुन्छ । समाज सेवा नै तपाईंको छनौटको विषयवस्तु पनि हो ।

माथिका हरफहरूबाट के बुझिन्छ भने कुनै पनि चरित्र विधा वा क्षेत्रमा आफ्नो पहिचान बनाउन आफ्नो कामलाई निरन्तरता दिनुपर्छ । पटक–पटक दोहोर्याउनुपर्छ । एकपटक गरेको कामले मान्छे त्यही हो भनेर सधैंका लागि पहिचान बन्न सक्तैन । कसै–कसैलाई लाग्न सक्छ, एउटा पुस्तक लेखेपछि आफू लेखक भइसकेँ । एउटा गीति एल्वम निकालेपछि आफू गायक भइसकेँ । ऊ लेखक त भयो नै किनकि किताब लेख्नेलाई लेखक नै भन्छन् । गायक पनि भयो होला, किनकि गीति एल्बम निकाल्ने त गायकले नै हो नि । तर समाजले उसलाई योरूपमा सधैँ चिनिरहँदैन । किनकि उसको पहिचान योरूपमा बनेकै छैन । पहिचान नै बन्ने गरी कुनै क्षेत्र वा विधामा चिनिन निकै मेहनत र कठोर त्याग गर्नुपर्ने हुन्छ ।

यसो भनिरहँदा यस धर्तीमा अनेकौँ लहलहाउँदा टुसाहरू, आँकुराहरू र पाउलाहरू उम्रिरहेका हुन्छन् । कतिपय आशालाग्दा विभिन्न विषय र विधाका प्रतिभाहरू हुन्छन् । उनीहरूले छिट्टै प्रगति गर्न पनि सक्छन् । उनीहरूलाई प्रोत्साहन गर्नु आवश्यक हुन्छ । यानेकि उनीहरूले यसमा निरन्तरता दिन सकून् । पहिचान बन्न स्वयं छनौटका कुनै पनि काममा निरन्तरता हुनैपर्छ । यो एउटा सामाजिक जीवनको ध्रुवसत्य नियम हो । समाजमा कोही डाक्टर होला, कोही इन्जिनियर होला, कोही कृषक होला, कोही व्यापारी होला, आफ्नो पहिचान बनाउन अथक प्रयत्न र निरन्तरको प्रयासपछि मात्र सबैले यो सफलता हासिल गरेका हुन् । कुनै पनि काममा निरन्तरता वा बार–बार दोहोर्याउने कर्मबाट यो एउटा बानी बन्छ, चरित्र बन्छ यसपछि मात्र पहिचान बन्छ ।

हिन्दू धर्मशास्त्रमा रत्नाकर नाम गरेका एक डाँकु नै पछि वाल्मीकि ऋषि बनेको एउटा उदाहरण छ । पटक–पटक दोहोर्याउने कर्मसँगै व्यक्तिको चरित्र र पहिचान फेरिन पनि सक्छ । यतिखेर तपाईंको आफ्नो सोचाइ परिवर्तन गर्ने विचार बनेको पनि हुन सक्छ । यदि तपाईं नकारात्मक विचारबाट सकारात्मकतिर विचार गर्न लाग्नुभएको हो भने यो राम्रो कुरा हो । हो, तपाईंले आफ्नो सोचाइ र स्वप्नलाई परिवर्तन गरेर अनि अथक मेहनत गर्दै नयाँ कर्ममा अभ्यस्त बन्दै जानुभयो भने तपाईँको पहिचान समाजमा नयाँ बन्न सक्छ ।

हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई तपाईंले देख्नुभएको छ । अनुहार देख्नेबित्तिकै तपाईं हास्न थाल्नुहुनेछ । उहाँहरूले एक दुई शब्द पनि बोल्न थालेपछि त तपाईं खित्कै छोड्न थाल्नुहुन्छ । यसो किनभयो होला ? किनकि उहाँहरूले हास्यव्यङ्ग्य क्षेत्रमा एउटा पहिचान बनाउनुभएको छ । हास्यव्यङ्ग्यको कैयौं कार्यक्रम उहाँहरूले सञ्चालन गरिसक्नुभयो । उहाँहरूले औँला घुमाउँदा, टाउको चलाउँदा, कदम अगाडि बढाउँदा पनि हाँसोको फोहोरा उठ्छ । व्यक्ति देख्नेवित्तिकै तपाईंको दिल दिमागमा हसाउने मान्छे हो भन्ने पर्छ । किनकि उहाँहरूले आफ्नो सारा जीवन नै त्यसैमा खर्चिनुभयो । यति मात्र होइन उहाँहरूको कलामा समाजलाई असल बाटोमा डोर्याउने सन्देशहरू पनि हुन्छन् । नकारात्मकतिरको व्यङ्ग्यवाण र सकारात्मकतिरको स्वतःस्फुर्त उद्देश्य र लक्ष्यले भरिपूर्ण कला भएकाले सुनमा सुगन्ध पनि मिसिएको हुन्छ । यस्तै, हास्यव्यङ्ग्य क्षेत्रमा दिपकराज गिरी, दीपाश्री निरौला, सीताराम कट्टेल, जीतु नेपाल आदि पहिचान बन्दै र बनाउँदै गएका नामहरू हुन् ।

यसैले व्यक्ति त्यही हो, पटक–पटक उसले जे गर्छ । तपाईं, म, तिमी, हामी, ऊ उनी हामीहरू तपाईंहरू सबैमा यो नियम लागू हुन्छ । यसबाट व्यक्तिको पहिचान कसरी बन्छ पुष्टि भयो । निरन्तरता वा पटक–पटक दोहोर्याउने, लत बसाल्ने, त्यस कर्मप्रतिको शोख र चासोले व्यक्तिको पहिचान बनाउन मद्दत गर्छ ।

अब म राजनीतिक क्षेत्रमा आएका स्वतन्त्र र नयाँ अनुहारहरूको बारेमा केही कुरा गर्नेछु । उदाहरणका लागि बालेनको डोजर भन्नेवित्तिकै आजकल एउटा पहिचान बनेको छ । बालेनको डोजर आएपछि यसले कसैलाई छोड्दैन । जतिसुकै पावरवाला होस्, जतिसुकै धनी पुँजीपति होस् केही फरक पर्दैन । बालेनको डोजरले भत्काउन खोजेको कुरा भत्काएरै छाड्छ भन्ने मानिसहरूको मनमा पार्न मेयर बालेन सफल हुनुभएको छ । काठमाडौं महानगरभित्र बनेका अवैध संंरचना हटाउन मेयर बालेन सधैं प्रतिबद्ध हुनुहुन्छ भन्ने सन्देश प्रवाह भइरहेको छ ।

श्रम र श्रमदानका कुराको सार्वजनिक जीवनमा कतिको महत्व छ भन्ने कुराको ज्ञान दिन धरानका मेयर हर्क साङपाङ सफल हुनुभएको छ । उहाँले श्रमलाई ज्यादा महत्व दिनुभयो । श्रमदान र चन्दा दानकै भरमा उहाँले ठूला–ठूला खानेपानीको आयोजना सीमित समयमा सम्पन्न गर्नुभयो । मेयर हर्कको श्रमप्रतिको लगाव र चर्चा यति चुलियो कि उहाँलाई कतिले कुल्ली मेयर पनि भन्न भ्याए । चुनाव जितेको भोलिपल्टदेखि आजसम्म सार्वजनिक श्रममा उहाँको निरन्तरता देखिन्छ । जिन्दगी शारीरिक श्रम नगरेकाले पनि धरान गएर श्रम गर्न थाले । कति त व्युटिसियनहरू पनि पुगेका थिए । जसका नङ्गहरू भने लामा–लामा थिए । कति त विदेशी महिला पुरुष पनि धराने खानेपानी आयोजनामा साबेल र बेल्चा चलाइरहेका भेटिन्थे । धरान उपमहानगरपालिकामा एउटा श्रमपार्क पनि बन्यो । यसरी एउटा श्रम गरे के हुदैन ? भन्ने श्रमको पहिचान बन्यो धरान । पहिचानको लागि अथक परिश्रम खर्चिनुपर्छ । कडा मेहनत आवश्यक छ भन्ने उदाहरण धरानले दिन भ्यायो ।

यस्तै, परनिर्भरताबाट देशलाई बचाउनु छ । यसका लागि देशले नै आत्मनिर्भर अर्थतन्त्रका लागि निरन्तर प्रयास गर्नु आवश्यक छ । यसमा राज्यको नेतृत्वकर्ता सजग सादगी परिश्रमी र निरन्तर लाग्ने हुनुपर्छ । राम्रा कामहरूको पटक–पटक पुनरावृत्ति, पराधीनता अस्वीकृत मानसिकताको निरन्तरताले भविष्यका सन्ततिहरूमा पनि यो बानी बन्छ, चरित्र बन्छ, नेपालको एउटा पहिचान बन्छ ।

यसैगरी बाहुन क्षेत्री किन हरेक क्षेत्रमा अघि, जनजाति र तल्लो भनिएको जात किन पछि ? भन्ने एउटा अहम् महत्वको मुद्दा छ । यसमा पनि केही कर्म र केही त्यसै कर्मको निरन्तरताले काम गरेको छ । भर्खरै बाहुन क्षेत्रीको विरोध गरेर अरू जातजाति अघि बढ्न सक्ने वा शिक्षित तथा कुसल भई जाने भन्ने होइन । यसले त झन् द्वन्द्व निम्तिने छ । देशमा भएका जनशक्ति समेत डुब्नेछ । केही वैज्ञानिक कारणहरू छन् । निरन्तरताभित्र यसका कारणहरू खोतल्नु आवश्यक छ ।

१) केही जनजातिभित्र आफ्नै रगतका सन्तानहरू बीच विवाह गर्ने चलन अहिले पनि बाँकी छ । हाडनाताको सम्बन्धवाट जन्मेको बच्चा मानसिकरूपमा कमजोर हुन्छ भन्ने वैज्ञानिक धारणा छ ।
२) जाँड रक्सीको ज्यादा प्रचलनले दिमागमा स्थायीरूपमा असर पर्दै जान्छ । निरन्तरको कुनै कर्म वा बानी नै वंंशाणुगतरूपमा पनि यसको असर सर्दै र स्थायित्व ग्रहण गर्दै जिनमा देखा पर्न कुरा डार्बिनको सिद्धान्तले नै पुष्टि गरिसकेको कुरा हो ।
३) बाहुन क्षेत्री बिहानै उठ्ने नित्य कर्म गर्ने, स्नान गर्ने टुप्पी कसेर पढ्ने संंस्कार बस्दै गयो । ज्ञान गुणको कुरामा बढ्ता ध्यान दिने कुराको निरन्तरता भयो ।

केही नकारात्मक थिति त बाहुनले बसाए होलान् नै आफूमा सकारात्मक अवस्था सिर्जना गर्न पनि माथि भनिएको कर्ममा निरन्तरता दिई सकारात्मकताको प्रवाह सञ्चार गर्न उनीहरू सक्षम भएको देखिन्छ । कतिपय कुरा त आदिम समाजको निरन्तर बिकास र पहिचानले पनि काम गरेको छ । यसैले भर्खरै बाहुन क्षेत्रीको विरोध गरेर आफू माथि पुग्ने स्वप्नदेखि माथिका कर्महरू जो बाहुन क्षेत्रीले गर्दै आएका छन् । त्यसैबाट सिक्न र अभ्यस्त बन्न आवश्यक छ । समय त अवश्य खर्च हुनेछ । सकारात्मक जिन्दगीको विज्ञान संवत् पाटो भनेको फेरि पनि त्यही हो ।

राज्य सञ्चालकले जातीयरूपमा कोटा प्रणाली लागू गरेर सक्षमलाई होइन तुलनात्मकरूपमा कम सक्षमलाई स्थान दिँदा अन्याय हुने मात्र हैन कि समाज पनि पछि पर्दै जान्छ । उन्नति प्रगति गर्ने व्यक्तिको भावना मर्दै जाने हुन्छ । यस्तो कर्मलाई प्रोत्साहन दिनु भनेको सिकारुलाई ड्राइभरको लाइसेन्स दिनुजस्तै हो । समाज कुन भड्खालोमा पुग्ने हो भन्न सकिन्नँ ।

यसैले सक्षमता पनि पटक–पटक गरिने प्रयासको निरन्तरता हो । पटक–पटकको कर्म, अथक प्रयास र अभ्यासको निरन्तरता नै व्यक्तिको पहिचान बन्ने एक मात्र आधार हो ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x